नमस्ते नेपाल कोरिया
२७ फेब्रुवरी २०१६,कोरिया l
प्रबासमा रहेका सम्पूर्ण नेपाली नारीहरु एकजुट भै देश बिकाशमा टेवा पुर्याउ भन्ने मूल नाराका साथ् महिलाका लागि महिला संस्था वुमन फर वुमन दक्षिण कोरियाले अन्तर्राष्ट्रिय नारि दिवस कोरियामा भव्यताका साथ मनाउने भएको छ । आउदो मार्च २० तारिख आइतबारका दीन दोंग्देमुन स्थित नेपाल हाउसमा हुने उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण संघसंस्थाका प्रतिनिधि ,बुद्दिजीवी, पत्रकार लगाएत सम्पूर्ण नेपाली नारिहरुलाई उपश्थित भैदिनुहुन संथाले हार्दिक अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय नारि दिवस मार्च ८ तारिखमा पर्ने भए पनि समय अभाबका कारण मार्च २० मा गर्नु परेको संस्था कि अध्यक्ष्य मल्लिका थकालीले जानकारी गराउनु भएको छ ।
कोरियामा महिलाको लागि महिला भन्ने मूल अभियानका साथ खोलिएको यो संस्थाले कोरियामा बिसेष गरि विभिन्न कारणले दुख पाएका नेपाली महिला हरुलाई आबस ,खानपीन ,स्वास्थ्य उपचार आदिको व्यवस्था गर्दै आइरहेको छ ।
कार्यक्रम सम्बन्धि जानकारी यसप्रकार छ ।
स्थानः नेपाल हाउस दोंग्देमुन
मितिः मार्च २० तारिख आइतबार
समयः दिउसो ठिक १२ बजे
No comments:
Post a Comment