Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, February 27, 2016

मार्च ६ तारिख नेपाल हाउस ब्यबस्थापनको लागी नया संचालक समिति गठन गरिने

नमस्ते नेपाल कोरिया 
२७ फेब्रुवरी २०१६ ,कोरिया l 
करिब २ वर्ष अघि देखि एन आर एन ए कोरियाकोसंयोजकत्वमा कोरियामा रहेका सबै संघ संस्था पदेन सदस्य रहने गरि गठित नेपाल हाउस व्यवस्थापन समितिको नयाँ व्यवस्थापन समिति यहि मार्च ६ तारिख गठन गरिने भएको छनेपाल हाउस लाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि गत वर्ष सलनालमा बृहत साँस्कृतिक कार्यक्रम गर्दै आर्थिक संकलन अभियान अन्तर्गत दश करोड वोन संकलन गर्ने लक्ष्य लिईएकोमा करिब १३ करोड वोन संकलन गरिएको थियो । अभियानमा नेपाल हाउस सचिवालय सहित कोरियामा रहेका ब्यबसायीहरु, संघ संस्थाहरु,पत्रकार लगायत कोरियामा रहेका समाजसेवी मनकारी महानुभावहरुको संयुक्त सहभगिता रहेको थियो । अभियान अत्यधिक सफल र ऐतिहांशिक भए पश्चात नेपाल हाउसलाई ओन्नाम दोंग सागरीबाट सिन्सल दोंगमा सारेर संचालन गरिंदै आएको छ । तथापी नेपाल हाउसको परिकल्पना अनुसार भने अझै पूर्ण हुन सकेको छैन|नेपाल हाउस कोरियामा रहेका सबै नेपाली समुदायको सरोकारको बिषय भएकाले यहि मार्च ६ तारिख कोरियामा क्रियासिल सबै किसिमका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ब्यवसायी  तथा नेपाली दाजु भाई दिदीबहिनीहरुलाई उपस्थित भै नयाँ कार्ययोजना सहित संचालक समिति गठन गर्ने प्रक्रियामा सहभागी भै दिनुहुन नेपाल हाउस व्यवस्थापन समितिका संयोजक बिनोद कुँवरले अनुरोध गर्नु भएको छ ।
स्थान :नेपाल हाउस सिन्सल दोंग
मिति :२०१६ मार्च ६ तारिख
समय : दिनको १:०० बजे
बिस्तृत :- नेपाल हाउस कोरियाको ब्लगमा हेर्न सकिनेछ l
http://nepalhousekorea.blogspot.kr/2016/02/blog-post.html

No comments:

Post a Comment