Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, February 3, 2016

शेर्पा किदुक कोरियाको आयोजनामा गुथुक ग्याल्बो ल्होसार साँझ भब्य मनाईने


नमस्ते नेपाल कोरिया 
३ फेब्रुवरी २०१६ 
कोरिया l
आफ्नो भाषा भेषभुषा, धर्म सस्क्रीती, रितिरिवाज परम्परा तथा मुल्य मान्यता र पहिचानकोको संरक्षण,सम्बर्द्धन एबम प्रबर्द्धन गर्नुपर्छ भन्ने मुल नारा र उदेश्यका साथ शेर्पा किदुक दक्षिण कोरियाको आयोजनामा मनाईने लोसार कार्यक्रम प्रत्येक बर्ष झै यस बर्षपनी हर्सोउल्लासको साथ धुमधामसङ मनाईने भयेको छ।

ल्होसार नपालमा विभिन्न समुदायहरुमा तोला लोसार, सोनाम ल्होछार र ग्याल्बो ल्होसार गरि क्रमैसङ मनाईने प्रचलन रहि आयेको छ। तोलो अर्थात् तमु लोसार मुख्यतः गुरुङ समुदायमा मनाउदै आयेको ल्होसार हो। तेस्तै सोनाम ल्होसार मुख्यतः तामाङ तथा हेल्मु समुदायमा मनाईदै आयेको ल्होसार हो भने ग्याल्बो ल्होसार शेर्पा समुदायमा मनाईदै आयेको ल्होसार हो।
नेपाली तिथि र मिति अनुसार येसबर्ष भने सोनाम ल्होछार र ग्याल्बो ल्होसार २०७२ माघ २६ एकै दिन परेको छ।

अघिल्लो बर्ष आन्सानमा आयोजना गरिएको ग्याल्बो ल्होसार येसबर्ष भने सबैलाई पायक पर्नेगरी सौलको तोङ्ग्देमुनमा आयोजना गरिने भयेको छ। किदुकले 2014 को छुसक पार्टी सोही हलमा भब्यताको साथ आयोजना गरेको थियो। कार्यक्रमको मुख्य आकर्षणहरुमा DJ SESSION, स्थानीय कलाकार, शेर्पा परम्परागत सास्क्रीतिक झकिझकाउ साथमा खाप्सो, रात्रीभोज, पेयमा सोजुमेक्जु र छ्यङ्गुल रहेको छ।

कार्यक्रमकोलागी सम्पुर्ण तयारी पुराभैसकेको र अघिल्लो बर्षको कमिकमजोरीहरुलाई आत्मसात गर्दै येसपालिको शेर्पा ल्होसारलाई कोरियामा आयोजना गरिएको ल्होसार कार्यक्रमहरु मध्यकै भब्य ल्होसार बनाउनकोलागी किदुकले कुनै कसर बाकी नराखेको कुरा सस्थाका अध्यक्ष टेण्डि शेर्पाले बताउनु भयो। साथै शेर्पा किदुक द. कोरियाको आयोजनामा हुनलागेको येसबर्षको " मे फे टेलो ग्याल्बो ल्होसार गुथुक साझ " सास्क्रीतिक कार्यक्रमकोलागी कोरियाको विभिन्न स्थानहरुमा छरियेर रहनुभयेका सम्पुर्ण शेर्पा समुदायहरुमा गरिमामय उपस्थितिकोलागि हार्दिक आमन्त्रण गरेको छ। किदुकले विशेषगरि सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदिबहिनीहरुमा सकेसम्म आफ्नो पहिचान झल्काउने शेर्पा परम्परागत पोशाकमा आईदिनुहुनको लागी अनुरोधपनि गरेको छ।

बिस्तृत विवरण :-

मिति : 8 फेब्रुअरी 2016
समय : बेलुकी ७ बजेदेखी
स्थान : सौल सि सङदोङगु होअङसिम्री रो 342 खियोबो बिल्डिङ्ग
(पहिले छुसक पार्टी गरेको हल )
तोङ्ग्देमुन गेट नम्बर ३ बाट ट्याक्सिमा ५००० वोन
सम्पर्कको लागि :
टेण्डी लामा शेर्पा - 01059444326
ग्याल्बु शेर्पा - 01049968594
पेम्बा भोटे - 01042138200
आङ दोर्जी लामा शेर्पा -01073261215
तेम्बा शेर्पा - 01068690689
छोङ शेर्पा - 01026434919



No comments:

Post a Comment