सउल जनवरी १०,
गोबिन्द गौतमनेपाली जनअधिकार मन्चले श्रम सहचारी अनिल गुरुङ र उपाध्यक्ष कृष्ण थिंगलाई बिदाई गर्दै बिस्तारित बैठक द्वारा पद पुर्ती सम्पन्न
नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाले कोरियाका लागि नेपाली राजदुत कमान सिंह लामाको प्रमुख आतिथ्यमा श्रम सहचारी अनिल गुरुङ तथा सस्थाका उपाध्यक्ष कृष्ण थिङ लाई सम्मान तथा बिदाई कार्यक्रम तुङ्देमुनमा रहेको डिआर इन्टरनेसनलको सभा हलमा सम्पन्न गरेको छ। यसै अबशरमा आफ्ना पुर्व अध्यक्ष सागर प्रसाद न्यौपानेलाई समेत मञ्चले सम्मान गरेको थियो।
कोरियामा लोकप्रिय छवि बनाउन सफल श्रम सहचारी अनिल गुरुङ आफ्नो कार्यकालको समाप्ती पछि केही समयमै नेपाल जाँदै हुनुहुन्छ भने उपाध्यक्ष थिङ पनि ई.पि.एस भिसाको बैधानिक अबधी चार बर्ष दस महिना समापन गरि नेपाल फर्कदै हुनुन्छ। उहाँहरुले कोरिया रहदा यहाँको नेपाली समुदायलाई आ आफ्नो क्षेत्रमा पुर्र्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको

मञ्चका कार्यबाहक अध्यक्ष गणेश कालिकोटेले बताउनु भएको थियो।उहाँकै अध्यक्षतामा सम्पन्न उक कार्यक्रममा प्रमुख अतिथी राजदुत लामाले हालसालै मिडियामा आफ्नो बारे आएको समाचार लाई खण्डन गर्नु हुदै प्रमाणित गरे जस्तो सुकै सजाय भोग्न तयार रहेको बताउदै श्रम सहचारी संगको आफ्नो कार्यकालको स्मरण समेत गर्नु भएको थियो। राजदुतावासको भाडा लगायका बिषयमा घोटाला गरेको समाचार सार्बजनिक भएपछी कोरियाका लागी नेपाली राजदुत लामा आफ्नो कार्यकालको अन्तिम समयमा विवादमा तानिनु भएको थियो। यस्तै गरि बिदाईलाई एक अबिस्मरणीय क्षणको रुपमा कहिल्यै नभुल्ने बताउदै श्रम सहचारी गुरुङ्ले कोरियामा आफ्नो कार्यकाल भरी आफूलाई सहयोग गर्नुहुने सम्पुर्ण कोरियाबासी नेपाली समुदाय प्रती धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो।
सकारात्म सोचका साथ आफ्नो ड्युटी नभुल्ने हो भने समाजको परिवर्तन सम्भव छ यहि नै आफ्नो सधैको सफलता मन्त्र भएको समेत उहाँले बताउनु भएको थियो।
कार्यक्रममा कोरियामा सक्रिय संघ सस्था विभिन्न राजनीतिक भातृ सस्थाका प्रतिनिधि , समाज सेवी बुद्धिजिवी विद्यार्थी पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्तिथि रहेको थियो।
कार्यक्रममा एनआरएनएका अध्यक्ष राजु क्षेत्री,जनजाति माहासङ अध्यक्ष चित्र बहादुर मोक्तान,जन सम्पर्क समितीका सभापती गिरिराज कुँवर,प्रवासी नेपाली मञ्चका उपाध्यक्ष दुर्गा प्रसाद न्यौपाने, त्यस्तै अतिथिहरुमा एन सी सी अध्यक्ष प्रेम शाह एनआरएनए उपाध्यक्ष जुनु गुरुङ,माहासचिब दिपक ंपुन,सस्थाका सल्लाहकारहरु दिलिप धिताल,लाल बहादुर महरा,चितवन सम्पर्क समिती अध्यक्ष इन्द्र न्यौपाने,हेलो नेपाल कोरिया न्युज डट कमका सम्पादक पुस्पराज लामिछाने,किसन गौतम तथा नेपाली समुदायको उपस्तिथि रहेको थियो।
कोरियामा रहेका सम्पुर्ण राजनीतिक दलका संगठन हरु एक आपसमा सहकार्य गर्दै सामाजिक काममा केन्द्रीत हुन जन सम्पर्क, समिती दक्षिण कोरियाका नव निर्बाचित अध्यक्ष कुँवरले अपिल समेत गर्नु भएको थियो। कार्यक्रमको संचालन मञ्चका माहासचिब लाल काजी बस्नेतले गर्नु भएको थियो भने शिव बस्यालले स्वागत मन्तव्य राख्नु भएको हो।
सम्मान कार्यक्रम पश्चात बसेको बिस्तारित बैठकले नेपाली जनाधिकार मञ्च दक्षिण कोरिएको रिक्त रहेका पदहरु समेत परिपुर्ती गरेको छ। यस क्रममा बिस्तारीत बैठकको सर्वसम्मत निर्णयमा गणेश कालीकोटे अध्यक्षमा चयन हुनु भयो भने द्वय चुडामणि अधिकारी र चन्द्र तामाङ उपाध्यक्षमा चयन हुनु भएको छ।अन्य पदहरुमा समेत पदपुर्ती गर्दै पुर्ण २७ सदस्यीय केन्द्रिय समीतीको निर्माण गरि मञ्चले आफ्नो क्षेत्रीय प्रतिनिधि तोकेर आसन्न महाधिवेशनलाई सफल र भब्य पार्ने उद्देश्यले क्षेत्रगत अधिबेशन समेत गर्ने निर्णय गरेको छ।
बुसान, आन्सान, ईन्छन, किम्हे, छनान, उईजम्बु, सुवन_फारान-फेन्थेक,थेजन लगायतका क्षेत्रमा क्षेत्रीय समिती निर्माण गर्दै अधिबेशन तयारी तथा कोरियामा मञ्चप्रती आस्था राख्ने सबै नेपाली समुदायलाई पुन: एक हुन र समाज बिकाशको प्रगतिशील आन्दोलनमा लाग्न अपिल समेत गरेको छ। पार्टी केन्द्रले आफ्नो बिस्तारित बैठकबाट पार्टी पुन: निर्माणमा लाग्न सबै आफू मातहतका संघ संगठनलाई गरेको अपिल संगै कोरियामा पनि मञ्चको माहोल तातेको अनुमान यहाका नेपाली समुदायले गर्न थालेको छ।
नयाँ शक्ति गठन गर्ने भन्दै केही साथिहरु बाहिरिनुलाई समेत मञ्चले सबैले आफ्नो अधिकारको प्रयोग गर्न पाउने भन्दै कुनै आश्चर्य नभएको धारणा सार्बजनिक गर्दै सबै साथीहरूलाई फुटेर भन्दा जुटेरमात्र समाजको सकारात्मक परिवर्तनको सम्भावना हुने यथार्थलाई कसैले भुल्न नहुने कुरामा सबैको ध्यानाकर्षण गराएको छ।
यस्तै मनोनित केन्द्रिय सदस्यहरु पुस्पराज तिमिल्सिना,बिनोद दाहाल र गोबिन्द गौतमले बैठकमा आफ्ना धारणा सहित संगठन लाई आफ्नो क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो।

No comments:
Post a Comment