नमस्ते नेपाल कोरिया
०६ जनवरी ,२०१६
नेपाल अन्नपूर्ण सेवा समाजद्वारा कोरियाको थेगु सहरमा गत आईतबार आयोजित "तमु ल्होसार २०७२ " भब्यताको साथ सम्पन्न भएको छ। "आफ्नो भाषा भेषभुषा, धर्म सस्कार र सस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौ" भन्ने मुल नाराको साथ थेगुस्थित डिरिम वेडिङ्ग बफे हलमा आयोजित कार्यक्रममा गुरुङ सस्कृती झल्काउने विभिन्न सास्कृतिक झकिझकाउहरु प्रस्तुत गरिएको थियो।
हरि कृष्ण कुवर,अर्जुन राई, नरेस राई, कुमार राई, कुमार छेत्री र सुरेश राई जस्ता नव प्रतिभाहरुको प्रस्तुतिहरुले कार्यक्रमको माहोल उल्लासमय बनेको थियो।ओखलढुंगा सेवा समाजका अध्यक्ष मानसिङ गुरुङको प्रमुख आतिथ्य र सस्थाको अध्यक्ष नगेन्द्र मगरको सभापतित्व रहेको उत्त कार्यक्रमको सन्चालन बिल गुरुङबाट भएको थियो भने स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष यम गुरुङले दिएका थिए। भावना गुरुङ,आङ दोर्जे शेर्पा,मेख दुरा जस्ता विभिन्न संघसस्थाहरुका प्रतिनिधिहरुले कार्यक्रमको बारेमा आआफ्नो बिचार राखेका थिए।पत्रकार,बुद्धिजीवी,ब्यापारी,विद्यार्थी लगायत रोजगारीको शिलशिलामा कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै लमजुङ परिवार दक्षिण कोरियाले सहयोग स्वरूप १८ लाख वन सहयोग गरेका थियो ।
प्रवासी भुमीमा रहेर पनि हामीले आफ्नो परम्परा,भेषभुषा,भाषा,संस्कृति, रीतिरिवाजको संरक्षण,समबर्धन र जगेर्ना गर्न नबिर्सेको र कार्यक्रमको सफलताले सकारात्मक सन्देश गएको भन्दै अध्यक्ष मगरले आफ्नो अमुल्य समय खर्चेर कार्यक्रम सफल पारिदिनुहुने सम्पूर्ण महानुभाबहरुमा धन्यवाद ब्यत्त गरेका थिए।



No comments:
Post a Comment