Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 12, 2016

ईपीएस कोरियन भाषाको आवेदन अब अनलाइनमै

नमस्ते नेपाल कोरिया 
१२ जनवरी ,२०१६ कोरिया l
नवराज ढकाल काठमाडौं-
ईपीएस भाषाका परीक्षार्थीले अबदेखि अनलाइनबाटै आवेदन फारम भर्न पाउने भएका छन्। ईपीएस कार्यालयले आगामी साता अनलाइन सिस्टम तयार पार्न टेन्डर आव्हान गर्दैछ।   तीन महिनाभित्र सिस्टम तयार भइसक्ने ईपीएसले जानकारी दिएको छ। विगत दुई वर्षदेखि अनलाइनबाट आवेदन भराउने योजना बनाइए पनि सफ्टवेयर निर्माण कार्य अघि बढाउन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । अब ईपीएस कार्यालयले आफ्नै कोषबाट खर्च गर्ने गरी अनलाइन प्रणाली विकास गर्न लागेको हो।   इपिएस सञ्चालन कोषबाट खर्च गरेर अनलाइन आवेदन प्रणाली तयार पार्न लागिएको ईपीएसले जानकारी दिएको हो। यसका लागि ४४ करोड रुपैयाँ विनियोजन गरिएको छ। काम गर्न दक्षिण कोरिया जानेले कोरियन भाषा परीक्षा पास गर्नुपर्छ। यसलाई ईपीएस परीक्षा भन्ने गरिएको छ। ईपीएस कार्यालयका प्रमुख डिल्ली बास्तोलाले तीन महिनाभित्र अनलाइन सिस्टम तयार पारिसक्ने गरी काम अघि बढाइएको जानकारी दिए।’साधनस्रोतको अभाव छैन। ईपीएस कोष परिचालनबाट खर्च गरी सफ्टवेयर तयार पार्दैछौं।’   अहिलेको योजना अनुसार काम भएमा तीन महिनामै अनलाइन प्रणाली तयार भइसक्छ,’ उनले भने। आगामी चैत वा वैशाखमा सन् २०१७ का लागि कोरिया काम गर्न जानेको आवेदन माग्ने तयारी ईपीएस शाखाले गरेको छ।   काम गर्न कोरिया जाने क्रेज अत्यधिक बढेको छ। बर्सेनि देशभरका युवा आवेदन दिन राजधानी तथा केही प्रमुख सहरसम्म धाउनुपर्ने बाध्यता छ। आवेदक धेरै हुँदा ईपीएसलाई व्यवस्थापन गर्न निकै कठिनाई हुने गरेको छ।     विकट ग्रामीण क्षेत्रका युवा आवेदन दिन राजधानीसम्म धाउनुपर्दा समय र लागत खर्च बढेकाले ईपीएसले अनलाइन प्रणाली विकास गरी देशका जुनसुकै कुनाकाप्चाबाट पनि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। अनलाइन प्रणाली तयार भएपछि इन्टरनेट सेवा उपलब्ध भएका जुनसुकै ठाउँमा बसेर आवेदन दिन मिल्ने प्रमुख बास्तोलाले जानकारी दिए।
 -अन्नपूर्ण 

No comments:

Post a Comment