Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, December 19, 2015

संचारकर्मी ऐश्वर्य श्रेष्ठको "दोन मान्ही फर"को म्युजिक भिडियो सार्बजनिक

नमस्ते नेपाल कोरिया सम्बाददाता
१९ डिसेम्बर,२०१५
सऊल, दक्षिण कोरिया l
केटी: हरमा हर ए कान्छा दोन मान्ही फर
केटा :हरी आफयो मरी आफयो
ए कान्छी साहु भन्छ नाजुंगे खेयन्छनायो
केटी: हरमा हर ए कान्छा दोन मान्ही फर 
केटा:ए कान्छी दोन मान्ही अतख्खे फर ?

'हरमा मा हर ए कान्छा दोन मान्ही फर' अर्थात् पैसा धेरै कमाउ नामको सुमधुर मर्मस्पर्शी गिती एल्बम को "दोन मान्ही फर"को म्युजिक भिडियो बजारमा आएको छ l अहिले चर्चाको शिखरमा रहेका सो म्युजिक भिडियो संचारकर्मी ऐश्वर्य श्रेष्ठले ल्याएका हुन् l उनी एक कुशल संचारकर्मी सगै गायकको रुपमा पनि परिचीत हुदैंछन् । बहुप्रतिभाका धनी श्रेष्ठ भोजपुरमा जन्मी धरानमा उच्च शिक्षासगै नेपालमा गहिरो पत्रकारीतामा अनुभव संगाल्दा संगाल्दै कोरिया प्रबेश गरेका हुन् ।
श्रेष्ठले "कुखुरी काँ "बोलको पहिलो कमेडी गीत बजारमा पस्किएसगै यो दोश्रो नया सांगीतिक कोसेली "दोन मान्ही फर" ल्याएका हुन् । कोरियामा कार्यरत प्रवासी नेपालीहरुको भोगाईलाई संचार गर्दै संगीतमा पनि जीवन्त उतार्ने जमर्को गरेका छन् । पुर्बेली लय भाकामा आधारीत रहेर कोरीयन र नेपाली दुवै भाषाका शब्दहरु मिश्रण गर्दै सो गीत रचना गरेका हुन् । उक्त एल्बममा रहेका सम्पुर्ण गीतको शब्द सिर्जना,संगीत र स्वर पनि स्वंयम श्रेष्ठले दिएका छन् । उनको स्वर सगै सुमधुर स्वरकी धनी सरु गौतमले पनि साथ् दिएकी छन् । उक्त शिर्ष गीत "दोन मान्ही फर"मा गीत प्रस्तुति सगै बुझाईमा सहजता ल्याउन ब्याख्यान पनि समेटीएको छ ।सो म्युजिक भिडियोमा गायक स्वयंम श्रेष्ठ सगै स्नेरिका ,धर्मेश,डम्बर लगाएत साथीहरुको सामुहिकरुपमा अभिनय रहेको छ l सो म्युजिक भिडियो डम्बर सुब्बाले निर्देशन गरेका हुन्l
सोहि गीतको म्युजिक भिडियो गत अक्टोबर १८ मा सम्पन्न वर्ल्ड माईग्रेन्ट फिल्म फेस्टिभल कोरियामा पनि बिशेष प्रदर्शनी भएको थियो ।दक्षिण कोरियामा नेपालीहरुले देखेका, भोगेका सबै बिषयहरुलाई आफ्नै मौलिक शब्दमा समेटेर कोरियामा कार्यरत नेपालीहरुको यथार्थ पिडा र बास्तबिकतालाई उजागर गरिएको श्रेष्ठ बताउँछन्।

भिडियो तलको लिंकमा हेर्नुहोला :

[Harama Hara - Aishwarya Shrestha and Saru Gautam | New Nepali Lok Song 2015 (Purbeli Geet)

];- [https://www.youtube.com/watch?v=Vyh6A1BAAmA&sns=fb&app=desktop]

No comments:

Post a Comment