Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, November 7, 2015

कोरियामा नेपाली सहकर्मी द्वारा मारिएका राउतको नाममा अक्षयकोष स्थापना

कोरियामा नेपाली सहकर्मी द्वारा मारिएका राउतको नाममा अक्षयकोष स्थापना तथा रकम हस्तान्तरण

अशोक मैनाली/ काभ्रे ।

०७ नोभेम्बर , २०१५



कोरियामा आफ्नै नेपाली सहकर्मी द्वारा मारिएका सुदीप राउतको नाममा अक्षयकोष स्थापना गरिएको छ ।
कोरिया प्रवेश गरेको १५ दिनमै आफ्नै कम्पनीमा काम गर्ने भोजपुरका परशुराम राई द्वारा राति सुतेको अवस्थामा चिर्पटले हानी हत्या गरिएका काभ्रेका स्व रावतको परिवारको राहतको निम्ति काभ्रे सम्पर्क समिति कोरियाको पहलमा संकलित १०५६२५५ /- ( दश लाख छपन्न हजार दुइसय पचपन्न रुपैंया ) रकम स्व.राउतको नाममा अक्षय कोष स्थापना गरि उनको परिवारलाई हातान्तरण गरिएको छ ।
काभ्रेको शंखुपाटीचौर स्थित श्री शंखेश्वर मा.बि.मा काभ्रे सम्पर्क समिति द्वारा आयोजित 'अक्षय कोष स्थापना तथा सहयोग हस्तान्तरण' कार्यक्रममा प्रमुख अतिथि सोहि क्षेत्रका सांसद रामहरी सुबेदी, बिशेष अथिति प्रमुख जिल्ला अधिकारी मदन भुजेल तथा कार्यक्रमका सभापति तथा काभ्रे सम्पर्क समिति कोरियाका अध्यक्ष गणेश तिमल्सिना द्वारा संयुक्त रुपमा सहयोग रकम हस्तारण गर्दै अक्षय कोष स्थापना गरिएको हो ।
त्यस्तै राउतका माइली छोरीको अध्यन खर्चको लागि किम्हे माइग्रेन्ट हाउसबाट यज्ञराज सुबेदीको बिशेष पहलमा आगामी ५ बर्षको लागि बार्षिक ६ लाख कोरियन वनका दरले प्रदान गरिने भएको छ ।दोषीले आफ्नो दोष स्वीकार गरिसकेकोले अब अदालत बाट सजाय सुनाउन मात्र बाँकी रहेको जानकारी गराउदै कोरियामा यस्तो घटना आगामी दिनमा नदोहोरियोस भन्ने कामनाका साथ काभ्रेलिको दुख सुखमा सदैब काभ्रे सम्पर्क समितिको साथ रहने कुरा अध्यक्ष तिमल्सिनाले बताउनु भएको थियो।बिशेष अतिथि मदन बुजेलले बिदेशमा रहेर आफ्नो भबिष्य निर्माण गर्नुका साथै बाँकी समय समाजिक क्षेत्रमा पुण्य कार्यप्रति लगाएकोमा खुशी ब्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि सांसद सुबेदीले सहयोगले एउटा घरको पिडा र समस्यामा ठुलो राहत मिलेको र प्रवासबाट एकजुट भएर आफ्नो क्षेत्रको लागि गरिएको परोपकारी सामाजिक कार्यको मुक्त कण्ठले प्रशंसा गर्नुभयो।शिब प्रसाद आचार्य द्वारा संचालित कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधि, राजनितिनिक दलका प्रतिनिधि,बुद्दिजिबी,समाजसेवी,पत्रकार तथा स्थानिय बासिहरुको बाक्लो उपस्थित रहेको थियो।
नेपाली सम्पर्क समिती कोरियाका अध्यक्ष प्रेम शाह ,पूर्व अध्यक्ष लोचन राई ,योङ्ग स्टार ग्रुपका अध्यक्ष लोक लामा ,चितवन सम्पर्क समिती कोरियाका पुर्व अध्यक्ष तथा सहकार्य कृषी फर्मका अध्यक्ष कमल प्रसाद अर्याल लगायतको पनि उपस्थिती रहेको थियो ।
स्व. राउतका परिवारले सहयोगी सम्पूर्ण महानुभाब, संघ संस्थालाई गहभरि आँशु झार्दै धन्यबाद ब्यक्त गर्नुका साथै दोषीलाई कडा भन्दा सजायको माग राख्नुभएको थियो।कार्यक्रमको संयोजन तथा ब्यबस्थापन नेपाल योङ्ग स्टार फ़ाउण्डेशनले गरेको थियो।






No comments:

Post a Comment