Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, November 21, 2015

भारतीय दुतावास कोरियामा ज्ञापन पत्र बुझाउने कार्यक्रम सफल पार्न अनुरोध


दक्षिण कोरिया स्थित भारतीय दुतावासमा नेपालमा लगाइएको अघोषित नाकाबन्दीको विरुद्धमा कोरियाका संघ संस्थाले विरोध स्वरुप ज्ञापन पत्र बुझाउने भएका छन । नोभेम्बर २३ तारिख सोमबार एन आर एन को आव्हान र सपोर्ट नेपालको संयोजनमा कोरियाका ५० भन्दा बढि संघसंस्था (Nepali unity in korea(대한 네팔인 연대)ले संयुक्त रुपमा विरोध भेला गरी ज्ञापन पत्र बुझाउन लागेका हुन ।

कोरियाका संघ संस्थाले सामुहिक रुपमा नेपालमा मानविय संकट आउन सक्ने यस नाकावन्दीको विरोधमा बुभाउन लागिएको ज्ञापन पत्र मार्फत भारत सरकारको ध्यानाकर्षण गर्न लागिएको सपोर्ट नेपाल फाउन्डेशनका कार्यलय प्रमुख यज्ञराज सुवेदीले जानकारी दिएका छन । औषधी ईन्धन जस्ता अत्यावश्यक सामग्रीको अभावमा नेपालमा देखिएको समस्यालाई कोरियामा बस्ने नेपालीको तर्फबाट अन्तराष्ट्रियकरण गर्ने र विरोधगर्ने सो कार्यक्रमलाई सफल पार्न कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई सफल पार्न समेत सुवेदीले अनुरोध गरेका छन ।
यसैविच सपोर्ट नेपाल फाउन्डेशनले कोरिया स्थित सम्पूर्ण संघ संस्था तथा समुदायलाई देशको संकटको समयमा एकजुट हुन आव्हान गरेको छ । फाउन्डेशनले एक विज्ञप्ती जारी गरी नोभेम्बर २३ तारिख सोमबार हुन लागेको कार्यक्रममा सम्पूण नेपालीहरुमा सहयोगको अनुरोध समेत गरेको छ ।

यस अघि कोरियाका विभिन्न संघ संस्थाले नोभेम्बर २३ तारिख ज्ञापन पत्र बुझाउन कोरियाका संघ संस्था र समुदायलाई ऐक्ववद्धता जनाउन अनुरोध गरिएको थियो । त्यस अनुसार कोरियाका प्राय संघ संघ संस्थाले ऐक्यवद्धता जनाउने भएपनि कोरियामा रहेका सम्पुर्ण संघ संस्था तथा नेपाली समुदायको तर्फबाट संयुक्त रुपमा ज्ञापन पत्र बुझाउन लागिएको हो ।

सहभागी संघ संस्थाहरु


१गैर आवासिय नेपाली संघ (एन आर एन कोरिया)

२सपोर्ट नेपाल फाउन्डेशन

३नेपाली सम्पर्क समिति (एन सि सि)

४ नेपाली विधार्थी समाज (सोनसिक)

५ नेपाल पत्रकार महासंघ दक्षिण कोरिया

६नेपाल योंग स्टार फाउन्डेशन

७नेपाली जनसम्पर्क समिति ,दक्षिण कोरिया

८ प्रवासी नेपाली मञ्च दक्षिण कोरिया

९नेपाली जनअधिकार मञ्च दक्षिण कोरिया

१०सुदुर पश्चिम समाज

११काभ्रे सम्पर्क समिति दक्षिण कोरिया

१२नेपाल अन्नपुर्ण सेवा समाज थेगु

१३ईपिएस युथ नेपाल

१४परदेशी लाईफ डट कम

१५मकवानपुर कोरिया मञ्च

१६दाङ सम्पर्क समिति

१७धादिंङ समाज कोरिया

१८फेन्थेक नेपाली माईग्रेन्ट समिति

१९डायनामिक मोरंग कमिटी

२०अर्घाखाची कोरिया सम्पर्क मञ्च

२१ठकुरी समाज

२२धनकुटा सेवा समाज

२३किम्हे माईग्रेन्ट हाउस

२४नुवाकोट समाज दक्षिण कोरिया

२५ सिन्धु समाज , कोरिया

२६उङसाङ नेपाली समाज

२७.भक्तपुर समाज ,दक्षिण कोरिया

२८गोरखा परिवार

२९नेवा पुच दक्षिण कोरिया

३०वोमन फर वोमन

३१मेचीकाली ग्रुप

३२नेपाली वेभ टिभी

३३ विवेकशील नेपाली

३४कोरियामा नया शक्ति

३५सुर्खेत सम्पर्क समिति

३६.मिरयाङ नेपाली समाज

३७.तामाङ संघ

३८.फोनिज कोरिया

३९म्याग्दी सम्पर्क समिति
४०झापा मिलन समाज
४१रुपन्देही सम्पर्क समिति
४२मगर समाज
४३भोजपुर परिवार
४४मनांग परिवार
४५ओखलढुंगा सेवा समाज
४६सोलुखुम्बु सम्पर्क समिति
४७दोलखाली समाज

४८कोरिया सन्देश क्लब

४९.शेपा किदुंग ,दक्षिण कोरिया

५० नेपाली एकता समाज

(तथा कोरियाकासम्पूर्ण संघ संस्स्थाहरु)

No comments:

Post a Comment