Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, October 28, 2015

नयाँ जीवन दिलाउन छोरालाई मृर्गौला


  • आत्मा विकास सेवा समाज दक्षिण कोरियाको पहलमा आर्थिक सहयोग प्रदान नयाँ जीवन दिलाउन छोरालाई मृर्गौला ,मृगौला पीडितलाई सहयोग

    राजकुमार गोले÷नयाँ पत्रिका काभ्रे÷जिल्लाको दुर्गम तथा विकट क्षेत्रमा पर्ने च्यासिङ्खर्क–२ च्याल्टीका मनोज कुमार रुम्बाको उपचारका लागि आत्मा विकास सेवा समाज दक्षिण कोरियाको पहलमा आर्थिक सहयोग प्रदान गरेको छ । १७ महिना अघि देखि दुबै मिर्गौलामा फेर्नुपर्ने समस्या देखिएपछि धुलिखेल अस्पतालमा हप्ताको दुई पटक डाइलोसिस गराइरहेका छन । निम्न आर्थिक अवस्था भएको उनको परिवारलाई सहयोगका लागि दक्षिण कोरियामा काम गर्दे आएका नेपालीहरुले रकम उठाउन सुरु गरेको जनाएको छ । मनोजका बुबा रुद्रबहादुर रुम्बाले छोराको उपचारका लागि १५ लाखभन्दा बढी रकम आवश्यक पर्ने बताएका छन् । आत्मा विकास सेवा समाज दक्षिण कोरियाले ३ लाख ४७ हजार रुपैयाँ प्रदान गरिएको छ । आत्मा विकास सेवा समाज दक्षिण कोरियाको पहलमा त्यहाँ श्रम गर्ने नेपालीहरुबाट उठाएको रकम जम्म पारि मनोजको परिवारको अवस्थाको बारेमा बुझेर सहयोग गरेको सानु कान्छा वाइबाले बताए । दक्षिण कोरियामा प्रवासी नेपालीको सहयोगमा रकम उठाइएको हो । ‘उनको बुबा रुद्रबहादुर रुम्बाले आफ्ना छोराको मृगौला प्रत्यारोपनको लागि मृगौला दिने पक्क भएपछि केही सहयोग हुने हेतुले सहयोग प्रदान गरेका हौँ वाइबाले भने ।’ नयाँ जीवन दिलाउन छोरालाई मृर्गौला सामान्य किसान परिवारमा जन्मिएका मनोज कुमार रुम्बाले जीवनको ३० वर्षको यात्रासम्म स्वदेशमै बसी सेवा गर्ने सोच बनाए । तर बिडम्बना उनको त्यो सोच, सोचमा मात्रै सीमित रहयो अझ भनौँ बाध्यतावश उनी विदेशिन बाध्य भए । स्वदेशमा रोजगारीको कुनै सम्भावना नभएपछि निम्नवर्गीय परिवारका मनोज कुमार रुम्बा विदेश त गए तर विदेशिएपछि झनै उनको सपनामाथी ठूलो बज्रपात भयो । विदेशमा गई घरपरिवारलाई सुखमा राखुँला अनि कमाएको केही पैसा लगानी गरी सम्पति कमाउँला भन्ने सोच बनाएका रुम्बालाई विदेशी भूमिदेखि नै गुडा दुख्ने समस्याले सताएपछि हाल दुवै मृर्गौलाको पीडित बने । उमेरले ३० वर्ष पुगेका मनोजले ५ वर्ष विदेशी भूमिमा पसिना बगाएका हुन् । लगातार ५ वर्षसम्म साउदीको क्याट्रिङ सर्भिसमा खेलेर संघर्ष गर्दै मनोज २०७० साल असार २९ गते घर फर्केए । सुरुमा उनलाई गुडा दुख्ने समस्यालो सताएको थियो । दिनानुदिन गुडा दुख्ने क्रम बढ्दै गएपछि २०७० साउन ८ गते बिर अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा युरिक आइसिट (बाथ रोग) भएको रिपोर्ट देखाएको थियो मनोजको स्वास्थ्यमा । विदेशी भूमिमा बगाएको पाँच वर्षे पसिनाले विदेश जाँदा लिएको पुरानो ऋण तिर्न मात्रै ठिक भएपछि स्वास्थ्य स्थिती ठीक नभए पनि फेरी विदेश जाने सोचमा आयो मनोज । गुडा दुख्ने समस्या पनि कहिले दुख्ने र कहिले नदुख्ने हुन थालेपछि चुचेपाटीस्थित लालधनुस मेनपावर कम्पनीमा मंसिर ८ गते पासपोर्ट एपलाई गरे मनोजले । विदेश जाने अन्तिम तयारी भएपछि उनले स्वास्थ्य परिक्षणको क्रममा रगत र पिसाब पनि जचाएँ । तर उनको स्वास्थ्यमा केही समस्या देखाएन । विदेशिने दिन जति नजिकिदै थियो उति नै स्वास्थ्य समस्याले च्याप्दै थियो मनोजलाई । विदेश जाने समय आउनै लाग्दा चैतमा एकाएक घाँटी दुख्नेदेखि नाकबाट रगम बग्नेसम्म भयो मनोजको । यसरी स्वास्थ्यमा खराबी देखेपछि २०७१ साल चैत्र ३० गते शिर मेमोरियल अस्पताल बनेपामा स्वास्थ्य परिक्षण गर्न पुगे मनोज । तर बिडम्बना अस्पतालले उनको दुवै मृगौलामा समस्या भएको रिपोट सुनाए । सोही दिन चिकित्सकले त्यहाँ उपचार हुन नसक्ने भन्दै मडिकल कलेज तथा शिक्षण अस्पताल इमाडोल–६ ललितपुरमा रिफर गरियो मनोजलाई । अस्पतालले दुबै मृगौला फेल भएको रिपोट दिएपछि उनलाई मर्नु र बाँच्नुको दोसातमा पु¥यायो । विदेशमा गएर पैसा कमाउला र परिवारलाई सुःख दिउँला भन्ने सपना अधुरै रहयो । अहिले उनी धुलिखेल अस्पतालमा उपचार गराई रहेका छन । घरको परिवार पाल्न ज्याला गर्नुपर्ने उनको बुबा रुद्र बहादुर रुम्बाले भने छोरोको उपचार गर्न घरको जाहे जेथा बेच्ने र लालपुर्जा समेत बन्धकीमा राखेर पनि मृगौला पिडित मनोजलाई बचाउन उनलाई हम्मेहम्मे परेको छ । छोराको उपचारको लागि कतैबाट सहयोग जुटाउन नसकेपछि दःुखीत छन बुबा रुद्रबहादुर । गाउँभरि बुबा आफ्नो छोराको उपचारको लागि ऋण खोज्दै हात थाप्दै हिडेपनि कहिले पाएनन् ऋण उनलाई । उता छोरा मनोज मृगौलाले काम गर्न छाडेपछि मृत्युको मुखमा अस्पतालको बेडमा छट्पटाई रहेको छ । डा. ले उनको उपचारको लागि धेरै खर्च बताइरहेका छन् । मृर्गौला गुमेपछि न दिन न रात केही थाहा छैन मनोजलाई । एकातिर पैसाको चिन्ता अर्को्तिर मृर्गौलाको । गोजीमा पैसा नभए पनि छोराको लागि मृर्गौलाको खोजीमा हिडे रुद्रबहादुर । तर एक वर्ष बिते उनले फेला पार्न सकेन मृर्गौला । पैसाको अभाव त छदैँ थियो । तै पनि मृर्गौला पाए हुन्थ्यो अनि पैसा जुटाउँला भन्ने सोचेका रुद्रबहादुरलाई हाल पनि समस्याले सताएको छ । कारण उही पैसा । कतै मृर्गौला नपाएपछि छोराको जीवन बचाउन आपैmँ मृर्गौला दिने तयारीमा जुटेका रुद्रबहादुरलाई अहिले अप्रेसनको लागि पैसाको आवश्यकता परेको छ । छोरालाई आपm्नै मृर्गौला दिई नयाँ जीवन दिलाउने तयारीमा जुटेका रुद्रबहादुरलाई पैसाको आवश्यकता पर्दा हालसम्म उनको योजनाले सफलता पाउन सकेको छैन । मनोजले आफ्नो बुवाले मृर्गौला दिई आपूmलाई बचाउने तयारी गरे पनि अप्रेसनको लागि आर्थिक अभाव हुँदा उपचार रोकिएको बताए । अस्पतालले मृर्गौला फेर्नका लागि १० लाख जम्मा गर्नुपर्ने बताएका छन् । रुद्रबहादुरले आपूm मरेरै भए पनि छोरालाई बचाउन आपूm लागिरहेको बताए । उनले घरको आर्थिक अवस्था नाजुक भएको कारण मनोजलाई नयाँ जीवन दिन चाहनुहुने महानुभावहरुले ९८०३४९२३२६ फोन गर्न र ०८१४२८७२४६५२४००१ खाता नम्बरमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

No comments:

Post a Comment