प्रबाशमा सामुहिक दशैँ कार्यक्रम सम्पन्न : एकता र सहिष्णुताको संदेश प्रबाह
गोबिन्द गौतम,
२५ अक्टोबर २०१५ ,दक्षिण कोरिया l
[फोटो सहयोगी :- अनुप श्रेष्ठ ]
प्रवाशमा नेपाली एकता समुहले दशै कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ। कोरियामा सकृय संस्थाको एकतालाइ प्रवासमा अझै मजबुद बनाउने उद्देश्यले दुई दर्जन भन्दा बढी संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाली राजदुतावासका महामहिम राजदुत कमान सिंह लामा प्रमुख अतिथी रहनु भएको थियो भने बिक्रम सिंह ठकुरी सभापति र मल्लिका थकाली विशेष अतिथी रहनु भएको थियो। ऐतिहासिक कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली समुदायको गरिमामय उपस्थिती रहेको थियो । कार्यक्रममा राजदुतज्यु ले टिकाजमरा लगाई आशिर्वाद दिनु भएको थियो। एतिहासीक कार्यक्रम आयोजना गरेकोमा आयोजक लाई विशेष धन्यवाद दिदै राजदुत लामाले यो एकतालाइ निरन्तरता दिदै प्रवाशमा सामाजिक सेवामा समेत फुटेर भन्दा जुटेर नै समाज परिवर्तन गर्न सक्ने धारणा राख्नु भएको थियो। यस्तो कार्यक्रम कोरियामा आफुले पहिलोपल्ट देखेको भन्दै अब कोरियामा भएका अन्य संघ सस्थाले पनि एकता र सहकार्यमा पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो। हर्षोल्लास पुर्ण माहोलमा समापन भएको कार्यक्रको स्वागत मन्तव्य काभ्रे सम्पर्क समितिका सचिब गोबिन्द गौतमले राख्नु भएको थियो भने यस कार्यक्रमका संयोजक योङ्ग स्टार ग्रुपका संस्थापक अध्यक्ष यमश्रेष्ठले कार्यक्रमको उदेश्य प्रष्ट पार्दै सम्पूर्ण आयोजक संघ संस्था र सहयोग गर्नुहुने सबैमा धन्यबाद तथा शुभकामना ब्यक्त गर्नुभयो! कार्यक्रमको औपचारिक समापनको घोषणा गर्दै कार्यक्रमका सभापति बिक्रम सिंह ठकुरीले यस्ता सास्कृतिक कार्यक्रम ले नेपालीको एकता र पहिचान जोगाउन टेवा पुग्ने कुरामा बिश्वास ब्यक्त गर्नु हुदै यो एकताले कोरिया भर सकारात्मक सन्देश प्रवाह भएको धारणा राख्नु भएको थियो। उहाँले कोरियामा संचालन हुने हरेक अभियानलाई पार्दर्शी र लोकप्रिय बनाउन पनि यस्ता कार्यक्रम माध्यम हुने कुरालाई समेत नबिर्सन आयोजक सबैलाई आग्रह गर्नु भयो।
औचारिक कार्यक्रमको संचालन सिन्धु समाजका अध्यक्ष एल बि श्रेष्ठ ले संचालन गर्नुभएको थियो। यस्तै दोश्रो चरणको सांगितिक कार्य्रक्रम संचालन सपना सुनुवारले गर्नु भएको हो। भने सोहि कार्यक्रमको संयोजन गौरव न्यौपानेले गर्नु भएको थियो। रहर लामा,समीर मोक्तान, इश्वर सुनुवार, गौरव न्यौपाने, रुपेश थापा,अमर योन्जन लगातका स्थानीय कलाकारले भरपुर मनोरञ्जन गराउनु भएको थियो भने रमिला गौतम, सीता श्रेष्ठ,लोकेन्द्र चन्द जीवन चन्द, बाबुराम आचार्य लगाय कलाकारको दोहोरी प्रस्तुतिले सबैको मन जितेको थियो।।
यसै कार्यक्रमको बिचमा डोल्मा शेर्पालाई आङ दोर्जे शेर्पाको संयोजकत्वमा ईपीएस युथ नेपालद्वारा ४३,२१००० वोन सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो l










No comments:
Post a Comment