Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 22, 2015

सामसङ्का अध्यक्ष द्वारा २० बिलियन कोरियन वन दान गर्ने घोषणा

 

किशन गौतम।द.कोरिया 


२३ अक्टोबर,२०१५
हृदयघातको कारण बिगत १ बर्ष देखि अस्पतालमा उपचार्थ रहेका कोरियाको सबैभन्दा ठुलो कम्पनि सामसङ्का  अध्यक्ष ली कुन हीले कोरियाका युवापुस्ता जो बेरोजगार भै रोजगारीको खोजीमा रहेका छन् उनीहरुको भलाई तथा सहयोगको निम्ति  २० बिलियन कोरियन वन अथवा १७.४ मिलियन अमेरिकिडलर  सरकारी कोष मार्फत सहयोग गर्ने भएका छन् l अध्यक्षको यो निजि रुपमा दान गर्ने घोषणा संगै बेरोजगार न्यूनीकरणको निम्ति सरकारी कोषमा  सामसङ् को तर्फ देखि ३४.३ बिलियन कोरियन वन जम्मा हुने छ l
      सामसङ् कम्पनिका मुख्य  संचार अधिकारि 'ली जून' ले संचारकर्मी हरुसंग बोल्दै  यो सहयोग को मुख्य उदेश्य भनेकै बेरोजगारी न्यूनीकरण को लागि मात्र  भएकोले यो  रकम नितान्त रुपमा युवा  बेरोजगारी कम गर्नको लागि सरकारले ल्याएको कदमको लागि मात्र खर्च हुनेछ l त्यस्तै  अध्यक्षको  यो कदम पर्ति  एक्यबद्वता जनाउदै  सामसंङ्का सम्पूर्ण कार्यकरी प्रतिनिधि हरुबाट  समेत ५ बिलियन कोरियन वन  कोषमा दान  गर्ने योजना  रहेको कुरा 'ली 'ले एक कार्यक्रमका बीच   बताए  l त्यस्तै अध्यक्ष 'ली कुन ही'का एकमात्र छोरा तथा समसंङ्ग इलोक्ट्रोनिक्स का उपाध्यक्ष' ली जे योंग'ले पनि आफ्नो तर्फ देखि सहयोग रकमको घोषणा गरेका छन्  तर कति रकम सहयोग गर्ने   भन्ने बारे नखुलाइएको कुरा संचार अधिकारी 'ली जून' ले जानकारी गराए l
यो बेरोजगार न्यूनीकरण कोष रास्ट्रपति 'पार्क' को प्रत्यक्ष्य अनुरोधमा येही सेप्टेम्बर १५ मा स्थापना गरिएको थियो भने सरकार को यो पहलको लागि कोरियाको सबै भन्दा  ठुलो कम्पनि सामसंङ्को  बलियो समर्थन रहदै आएको छ l
सन् २००० देखि  कोरियामा युवा  बेरोजगारी संख्या  उच्च रहदै आएको छ l आफ्नो अध्यन अनुसारको जागिर नपाएकोले धेरै युवा वर्गहरु राम्रो अबसरको खोजिमा भौतारिन बाध्य छन्  वा सानोतिनो पार्ट टाइम जागिर गरेर गुजारा चलाइरहेका छन् l

No comments:

Post a Comment