नमस्ते नेपाल कोरिया सम्बाददाता
७ जुन -२०१५
कोरिया
द.कोरियामा लामो ईतिहास बोकेको संस्था नेपाल सम्पर्क समिति( एनसीसी )को हुन गैरहेको अधिबेशनमा महासचिब पदमा शान्ति लामा भिडने भएकी छन ।
नेपालमा रहदा बिभिन्न सामाजिक संघ संस्था र यूनिसेफको महिला तथा बाल अधिकार क्षेत्रमा काम गरेर अनुभव संगालेको बताउदै हाल वोमेन फर वोमेनको सह -सचिब पदमा कार्यरत रहेकी छन ।
कोरियामा रहेको हरेक संघ संस्थाले ३३% महिला आरक्षण सिटमा जहिलेपनी निष्क्रिय पद दिएर एउटा प्रक्रिया मात्र पूरा गर्ने गरेको बताउदै , दाईत्व , अधिकार र जिम्मेवार बाट टाढा राखिएकोले अबको दिनमा समान अधिकार र दाईत्व हुनु पर्ने बताईन ।
बिभिन्न राजनितिक दल हरुको हस्तक्षेप बाट टाढा राख्दै , कोरियामा रहेको हरेक समस्यालाई सम्बोधन गर्नु पर्ने र सम्पूर्ण संघ संस्थालाई एउटै छाता मुनि संगठीत गर्नु पर्ने आजको प्रमुख चुनौती रहेको बताउदै उक्त चुनौती सामना गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्ध रहेको जनाउदै महासचिब पदमा उठन लागेको उनको जिकिर छ ।
कोरियामा रहेको सम्पूर्ण नेपाली समुदाय, ब्यापारी ,बुद्दीजीबी र बिद्यार्थी बर्गमा सहयोग गर्न आग्रह गरेकी छन ।
No comments:
Post a Comment