नमस्ते नेपाल कोरिया सम्वाददाता
डाइनामिक मोरंग कमिटि द कोरियाले भुकम्प पिडितको सहयोगार्थ उठाएको २५९७.६९ डलर अर्थात् २६४१९५.११ रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
सो जम्मा रकमको भौचर मोरंग जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेशराज कार्कीलाई डाइनामिक मोरंग कमिटिका प्रतिनिधिहरुले उहाको कार्यालयमा गइ यही जुन १६ तारिकमा हस्तान्तरण गरेका छन् । साथै गत मार्च १३ का दिन कोरियामा आत्महत्या गरेका मोरंग गोठ गाउका सुरेश नेपालको परिवारको पारिवारिक स्थिति ज्यादै कम्जोड भयका कारण परिवारलाई केहि सहयोग पुगोस भन्ने हेतुले कमिटीले कोरिया बसी नेपालीहरु संग संकलन गरेको १३ लाख ७० हजार वोन अर्थात १ लाख ३० हजार नेपाली रुपैया सोहि दिन मोरंगका प्रमुख जिल्ला अधिकारी र पत्रकारको रोहबरमा सुरेशका बुवा केदार नेपाललाई हस्तान्तरण गरिएको छ ।
त्यसै गरि मोरंग जिल्ला बिराटनगर निवासी भारत गौतमका ८ बर्षका छोरा सचिन गौतम बल्डकेन्सर (Mixed Lineage Acute Leumia, MPAL)बाट ग्रसित भई बिगत महीना देखी कान्तिबाल अस्पताल काठमान्डौमा उपचार भई रहेकोले निजको परिवारको आर्थिक स्थिति ले सचिनको उपचार गर्न कठिन भएको र उपच्गर प्रबिधि पनि निकै महँगो भएका कारणले सचिनको परिवारलाई उपचारको लागि केहि सहयोग पुगोस भन्ने हेतुले डाइनामिक मोरंग कमिटीको पहलमा कोरियामा संकलन भएको ४७ लाख २७ हजार वोन सचिन का बुवा भारत गौतमलाई कोरियामा नै यही जुन ७ का दिन कमिटिले हस्तान्तरण गरेको छ । डाइनामिक मोरंग कमिटिको पहललाई सहयोग पुर्याई दिनु हुने सस्थाहरुका साथै सबै कोरिया बाशी नेपालिहरुमा कमिटि हार्दिक धन्यबाद प्रकट गर्दछ ।

No comments:
Post a Comment