Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, June 26, 2015

कोरियामा एनसीसीमा जानुको लक्ष्य नै मेरो अग्निपरीक्षा हो - पुन

बलराम पुन 

एनसीसी अध्यक्षको   प्रमुख दाबेदार हु - बलराम  पुन















(सहमति नभए प्रक्रियामा जाने -एनसीसीमा जानुको जुन लक्ष्य उदेश्य   त्यो नै मेरो अग्निपरीक्षा हो|

दक्षिण कोरियाको सम्पूर्ण संघ सस्थाहरुको छाता सस्थाकारुपमा मानिएको नेपाल सम्पर्क समिति (एनसीसीकोरियाको आउदो जुन २८  आईतबारमा हुने १५ आसन्न महाधिबेसन तातिरहेको बेला विभिन्न हल्ला- खल्ला अधिबेसन गरिने समय अनुकुलता बारे बिबादहरु  भईरहदा पत्रकार कृष्ण पुरी द्वारा आधिकारिक बिषय बस्तु एनसिसिको पहलकदमीको बारेमा बर्तमान  एनसीसीका बरिस्ठ उपाध्यक्ष  बलराम पुन संग गरीएको छोटो  ताजा कुराकानी :



प्रश्न१तपाई नेपाली सम्पर्क समिति कोरियाको  वर्तमान बरिस्ठ उपाध्यक्ष  हुनुहुन्छ तपाइको उम्मेदवारी हो ?    कसरी  हो  ?

जवाफ  :- हो| मैले उम्मेदवार दिने कुरा बाहिर जति चर्चा त्यो साचो हो| पहिला आफैलाई सर्ब सम्मत को पहल मा छु|

प्रश्न२.   अनि फेरी  सस्थामा बस्दा बस्दा वाक्क लाग्दैन ? तपाई कोरियामा कुन कुन  सस्थामा काम गर्नु भयो ?

जवाफ मलाई वाक्क भन्दा रमाइलो लाग्छ फेरी अध्यक्षमा जान लागेको| मैले कोरियामा पहिला मगर संघको सहसचिव हुदै ,सल्लाहाकार,राप्ती सम्पर्क मंचको सहसचिब हुदै सल्लाहकार एनसीसी उपाध्यक्ष हुदै बरिस्ठ उपाध्यक्षको  हैसियतमा अहिले  काम गरि रहेको छु| अझैँ  अब आउने १५औ एनसीसी  अध्यक्षको लागि पनि तयार भएको छु|

प्रश्न३:- अनि तपाईले एनसीसीलाई  सहमतिमा लिन सक्नु हुन्न ?

जवाफ  :-  आफै नै एनसीसी अध्यक्षको प्रमुख उम्मेदवार हु मैले मात्र सहमति गर्ने होइन |सहमति हामी सबैमा हुने हो|त्येसको लागि कोसिष गरि रहेकै छु|नभए प्रक्रियामा जानु पर्छ|

प्रश्न :-  त्यसो भए सहमति हुन्न भन्न खोज्नु भएको हो ?

जवाफ :- त्यसो पनि भन्न खोजेको होइन|सहमति वर्तमान बरिस्ठ उपाध्यक्ष भएकोले अबको अध्यक्ष हुने होइन ? सम्भाब्य प्रमुख  उम्मेदवार हुदा हुदै अरु पनि आउनुभयो
एनसीसीलाई माया गर्ने मान्छे पनि हुनुहुदोरहेछ अझैँ  धेरै उत्साह  बढेको जहाँ आजसम्म एनसीसीलाई यति धेरै माया गर्नु हुदो रहेछ|

प्रश्न :-  सहमति भएन भने तपाइलाई भोट हालेर जिताउछन ?

जवाफ :-  अबस्य जिताउनु हुन्छ| यसमा आशावादी छु| तर चुनाब गर्नु हुन्न गराउनु पनि हुन्न सहमतिमै पहिलो जोड हो मेरो|

प्रश्न :- कसरी सहमति गरेर जिताउछन् अरु प्रत्यासी हरुले ?
जवाफ :- एनसीसीमा मेरो योगदान के कति भन्ने कुरा आम कोरिया बासीलाई थाहा | एनसीसीलाई सहि नेतृत्व मेरै काधमा भएकोले मलाई विश्वास सबैले मलाई सर्ब- सम्मत गर्नुहुन्छ|

प्रश्न.:- .एनसीसीमा राजनीति भयो भन्छन नि? यसलाई के भन्नु हुन्छ तपाई ?

जवाफ  :- कोरियाको सम्पूर्ण सस्थाको गरिमा बोकेको सस्थामा राजनीति हुनुहुदैन भन्ने मान्छे तर जति राजनीति घुस्नु दिनुहुन्न भन्दाभन्दै  कुनै कुनै मान्छे हरु प्यानल नै बनाएर आउनु
 खोज्नु दुख लाग्छ| अबको एनसीसीमा राजनीतिक घुस्ने छैन| अहिले पनि भएको छैन भोलि पनि हुने दिने छैन| यस्तो राजनिती घुसाइनु नै गलत सस्कृति हो|

प्रश्न :- तपाई अहिलेको बरिस्ठ उपाध्यक्ष रहदा  जति कति  काम गरेर देखाउनुभएको नि ,त्यो अध्यक्ष  भएपछि नेपालीको हितमा धेरै राम्रो काम गरेर देखाऊनुहुन्छ ?

उत्तर :- यसो गर्छु , उसो गर्छु भनेर नाजायज कुरा कहिलै गर्दिन| गरेको पनि छैन| काम गर्दै जाने हो त्यो काम को फल नै मेरो अग्निपरीक्षा हो| रह्यो अध्यक्ष भएपछि को कुरा त्यो त्यतिबेला थाहा भैहाल्छ नि|एनसीसीमा जानुको जुन लक्ष्य उदेश्य   त्यो नै मेरो अग्निपरीक्षा हो| मेरो लक्ष्यअनुसार  खासगरी यहा रहेका नेपालीहरुको हितमा केन्द्रित योजनाहरु धेरै छन , म एक सामान्य व्यक्ति सधै ईमान्दार  अडिग भएर मजदुरको हित , समस्या र कोरियामा नेपालीहरुले भोगीरहेका पिडाहरुमा बिशेषगरी  प्रमुख पहल  कदमहरु  चाल्नेछु l 

प्रश्न :- त्यसो  भए एनसीसीको अध्यक्ष नै किन कसरी ?

जवाफ :- कोरिया प्रबेस गरेको वर्ष भयो| कोरिया आए  देखि सामाजिक संघ सस्थामा निरन्तर लागि रहेको छु| सग धेरै अनुभब पनि एनसीसीमा ठुलै योगदान पनि दिएको छु, नेपाल नेपाली को सदभाब को लागि निरन्तर लागि रहेकै छु,केहि महिना अघि एनसीसीलाई एनआरएन सग मर्ज गर्नु पर्छ भन्दा त्यसको  खरो प्रतिबाद गरेको छु |
 अबको एनसीसीले मलाई सहि नेतृत्व खोजेको यसलाई बचाउने मेरै काधमा भएकोले साथै  बरिस्ठ वर्तमान उपाध्यक्ष भएको नाताले  मेरै मुख्य दाबेदार हो भन्नेमा मैले महसुस गरेको छु l

प्रश्न १० :- एनसीसी अध्यक्ष भए पछिको योजनाहरु के के छन् ?

जवाफ  :- धेरै छन् एनसीसीको प्रमुख नेतृत्वमा गएपछि गर्नु पर्ने काम हरु|कति गर्छु कति गर्दैन त्यो भबिस्य ले जनाउने हो| काम ईमान्दार भएर गर्ने हो|
  गर्ने सक्ने जति गर्ने छु| जस्तो.... मर्नै लागेको एनसीसी लाई  यो भन्दा माथि पुर्याउने छु|एनसीसी परिषद  गठन गर्ने छु, सबै सस्थाहरुसग समन्वय गरी यथासिघ्र एनसीसीमा सुचिकृत  गर्ने छु|
केहि योजनाहरु  सहित तुरुन्त अन्तरक्रिया गर्नेछु| एनसीसीलाई राजीतिकीकरण  हुन दिने छैन| आपतकालीन राहत कोष निर्माण गर्ने छु|
कार्यक्रम बाडफाडमा आएको बिकृति अन्त्य गर्ने कोसिस गर्ने छु |सस्थामा ब्यक्ति बादीको अन्त्य गर्ने छु| आदि इत्यादी योजना पनि छन् गरेपछि हेर्दै सोध्नुहोला नी  बाकी|

प्रश्न ११:- कोरियामा एनसीसीको यति राम्रो काम, नाम भूमिका  सुनेका नेपालीहरु धेरै   छन् नि............. , फेरी पनि यतिका काम , योजनाहरु कार्यन्वयन गर्न गाह्रो  छैन? फेरी खुट्टा तान्ने प्रवृति पनि नी?

जवाफ :- तपाईले घुमाएर सोध्नुभएको कुरामा पनि सहमत छु आत्मसात पनि गर्दछु, जुन कुरा   एनसीसीको काम ,नाम   भूमिकाबारे सुन्ने नेपालीहरु कमै छन् ,
एनसीसीको सक्रियता प्रभावकारीतामा लाग्दै आएको आरोपहरुलाई स्वीकार्दै आगामी चरणमा सबलरुपमा सबैसग समन्वय गरी अगाडी बढ्नेछु  अनि अर्को कुरा  खुटा तान्ने
  नेपाली समाजमा लागेको रोग हो|तर अडिग छु अरुले के तान्यो के तानेनन त्यसको पछी अझसम्म लागिन अबपनि लाग्दिन l

प्रश्न १२  :- खुट्टा तान्ने नेपाली समाजको रोग हो भने तपाइलाई हराउन ठुलै गुट उपगुट पनि  लागिरहेका छन् कि ?

जवाफ :- त्यति थाहा भएन  तर हल्ला धेरै सुनेको छु खै के  गरेको हो कुन्नि | मलाई हराउन यति ठुलो चलखेल गर्नुपर्ने सुन्दा अचम्म लागेको त्यति ठुलो दुख गर्नु पर्दैन एउटा सामान्य  व्यक्तिको लागि सिंगो गुट  नै मिल्नु पर्दैन होला नि |अर्को तर्फ खुसि लागेको मलाई  त्यत्रो महाभारत| एउटा  सच्चा ईमान्दार सामाजिक मान्छे| सबैले मलाई चिन्नु नै  भएको उहाहरुले ठिक भने अध्यक्ष हुंला, ठिक छैन भने नहोला
..जनता जनार्दन छन्| बाकि रह्यो कुरा काम गर्नेलाई पदमात्रै ठुलो कुरा होइन जहाँ जसरी पनि गर्न सकिन्छ l

प्रश्न १३ :- हस त्यसो  भए सच्चा ईमान्दार सामाजिक मान्छे हो भने सबैले जिताउलान नि शुभकामना जितेर काम गरेर देखाउनुहोस ....,अन्त्यमा  केही  भन्न चाहनु हुन्छ की ....?


जवाफ :- हजुर सच्चा इमान्दार सामाजिक मान्छे भएकोले मलाई सबैले जिताउनु हुन्छ भन्नेमा  पूर्णरुपमा  आश लिएको छु| त्यति मात्र नभएर राम्रो टीमको खाचो भएकोले कुनै गुट उपगुट वाट नआएर सामाजिक कार्यकर्ताको रुपमा आइदिनु होला| एनसीसी बचाउने अब हाम्रो काधमा भएकोले कोहि कसैको बुई चढेर नआउनु होला| नेपाल नेपालीको भाबना बोकेर आउनु होला| जति भन्न सजिलो त्यति काम गर्न गाह्रो | अन्त्यमा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई  बलाराम पुन ठिक लाग्छ भने सर्बसम्मत बनाएर जानुहुन्छ भन्नेमा  पूर्ण आसाबादी छु|

प्रकाशित मिती :- २६  जुन २०१५ l शुक्रबार ,कोरिया 

No comments:

Post a Comment