नमस्ते नेपाल कोरिया
०३ मे ,२०१५
उम्सड• नेपाली सहयोग समिति,कोरियाद्वारा आज ०४३मुगुकमा महाभुकम्प परी दिवंगत हुनेहरूको संझनामा मैनवत्ती प्रज्वलन र घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै पीडितहरूको सहयोगार्थ आर्थिक सहयोग संकलन कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।
नेपालको महाभूकम्प पीडितहरूको सहयोगार्थ यस क्षेत्रमा कार्यरत नेपाली र केही बिदेशीहरू समेतले आर्थिक सहयोग गर्दा कूल १९,५४०००वोन रकम संकलन भएको छ।
समितिका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमा प्रमुख अतिथि डाइनामिक मोरङका अध्यक्ष डा .देवी व.वस्नेत र अन्य अतिथिहरू समाजसेवी कोरियन नागरिक खो सोफिया,उम्सङ प्रहरीका प्रहरी अफिसर इजे वम लगायतले आफ्ना धारणा राखेका थिए। प्रमुख अतिथि डा. बस्नेतले देशकै ठूलो पीडामा सबैले सक्दो सहयोग गर्नुपर्ने र संकलित रकम विभिन्न सामाजिक संघ संस्थाहरू मिली पीडितहरूको हातमा हस्तान्तरण गर्न सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो।
नेपालीहरूलाई बेला वखत सहयोग गर्ने दिदी खो सोफिया बोल्दाबोल्दै भक्कानिँदा कार्यक्रमस्थलमा सन्नाटा छाएको थियो ।
कार्यक्रम संस्थाका स-सचिव बाबुराम पोख्रेलले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष लालबहादुर साउदले दिनुभएको थियो।कोरियन टि.भि.mbc ले समाचारको लागि छायांकन समेत गरेको उक्त कार्यक्रममा भाषा सहजीकरण लक्ष्मी खरेलले गर्नुभएको थियो।
भिडिओ हेर्न को लागी तलको लिंक मा जानुहोला l
No comments:
Post a Comment