Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, May 4, 2015

कोरियामा ईपीएस छिन्गु बिदाई गर्दै भूकम्प पिडित राहत संकलन



 खगेन्द्र पाण्डे 

थेगु ,कोरिया l
०४ मे , २०१५ l


ईपीएस युथ नेपाल (EYN) थेगु द्वारा भुकम्प पिडित राहात संकलन तथा ईपीएस छिन्गु बिदाइ कार्यक्रम सम्पन्न

फोटो सहयोगी :- सजिन राई

हिजो मिति २०१५-५-३ गते आइतबार,थेगु स्थित बालाजी रेस्टुरेन्ट को सभा हलमा, EYN थेगु द्वारा,विनासकारी महाभूकम्प मा परि ज्यान गुमाउने सम्पूर्ण नेपाली हरु प्रति हार्दिक श्रदान्जली अर्पण गर्दै,भुकम्प पिडित हरुको लागि राहत संकलन तथा सोमबार नेपाल जान लाग्नुभएका कोरियाका नेपालीहरुको सहयोगी साथी अर्थात् EYN का संस्थापक,युवा समाजसेवी अरुण श्रेष्ठ(इपीएस छिन्गु)लाइ अन्तिम बिदाइ कार्यक्रम, डा.राजेश चन्द्र जोशी को प्रमुख आतिथ्य मा सम्पन्न भएको छ l

उक्त कार्यक्रम मा EYN थेगुका संयोजक आङ्ग दोर्जे शेर्पा ले कार्यक्रम को बारेमा थप प्रकाश पार्दै यो विपदको घडी मा सबै नेपालीहरु ले हात मा हात मिलाएर,काध मा काध मिलाएर अघि बढ्नु आवस्यक भएको बताउनु भएको थियो साथै इपिएस छिन्गु ले आफ्नो कार्य व्यस्तता का बाबजुद परदेसी भुमि मा रहेर गर्नु भएको समाज सेवा अत्यन्त कदरयोग्य रहेको र वहा को अभाव सधै खड्किरहने बताउनुनभएको थियोl
प्रमुख अतिथि रहनुभएका ड़ा. राजेश चन्द्र जोशीले ईपिएस छिन्गुको कोरिया साथै नेपालमा सहयोग कार्यहरुको प्रसंशा गर्दै सम्मान ब्यक्त गर्नुभएको थियो l
कार्यक्रममा बोल्दै ई पी एस छिन्गु अरुण श्रेष्ठले कोरियामा हरेक कार्य , सहयोग लगाएत हरेक अभियानमा ब्यस्त काम सगै पनि सबै नेपालीहरुको साथ् र मायाले यहासम्म आएको र अब नेपालमा पनि सहयोग ,सेवा कार्य निरन्तर राख्ने प्रतिबद्धता जनाएका थिए l यहाँ रहनुभएका सम्पूर्ण नेपालीहरुलाई धन्यबाद ,आभार व्यक्त गर्दै सहयोग तथा सामाजिक कार्यमा दिनुभएको योगदानको उच्च मुल्यांकन गर्नुभएको थियो l

कार्यक्रममा अन्य सदस्यहरु,सन्तोष घिमिरे,सजिन राइ,सन्तोष तामांग,नबिन गौतम,तेम्बा शेर्पा,कृष्ण हरि कुवर,पासांग शेर्पा लगायत बिद्यार्थी प्रतिनिधि विश्व मैनाली ले राहत संकलन र इपिएस छिन्गु को योगदान को बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रमको संचालन खगेन्द्र पाण्डे ले गर्नु भएको थियो |

सम्बन्धित तस्बिरहरु :-







No comments:

Post a Comment