Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, May 29, 2015

ईपीएस कामदारको थेजिकम र बिमा सम्बन्धि महत्वपूर्ण जानकारी

अनिल गुरुङ

३० मे २०१५ 
कोरिया 

 हालका दिनहरुमा कोरियाका विभिन्न् स्थानहरुमा नेपाली कामदारहरुसंग भेट्ने क्रममा प्रायले थेजिकमको परिवर्तित नियमका बारेमा सोध्ने गरेका छन् । यस सम्बन्धमा कोरियामा कार्यरत नेपाली कामदारहरुको निकै ठूलो संख्या आउंदा दिनहरुमा आफनो करार अवधि स्वदेश फर्कने तयारीमा छन् । वहांहरु लगायत सबैलाई जानकारी होस भन्ने हेतुले यो बिषयलाई क्रमबद्ध रुपमा प्रस्तुत गरेको छु । 

यो जानकारी नेपाली राजदूतावास , सोलको वेभ साईटमा पनि राखिएको छ । प्रवासी मजदुरले हरेक रोजगार स्थानमा एक बर्ष भन्दा बढी काम गरेको अवस्थामा साविकमा कोरियामा नै भुक्तानी पाई रहेको स्वदेश फिर्ती बीमा ( बार्षिक बोनस रकमको बीमा रकम वा थेजिकम) हालैको नयां व्यवस्था अनुसार   ( २९ जुलाई २०१४ बाट लागु गरिएको) अब उप्रान्त आफनो देशमा (नेपाल) फर्केको १४ दिन भित्र वा स्वदेश फर्कने बेलामा कोरियाको ईन्छन, खिम्फो,वा खिम्हे अन्र्तराष्ट्रिय विमानस्थलको अध्यागमन काउण्टर पार गरेपछि मात्र भुक्तानी हुने गरी निम्नानुसारको व्यवस्था भएको भएको छ ।

 (१) बीमा रकम भुक्तानीको लागि कहिले र कहां आवेदन गर्ने ? भुक्तानी कहां र कसरी लिने ?


- प्रवासी मजदुरले आफनो रोजगार अवधि समाप्त भई स्वदेश फर्कने अवस्थामा १ (एक) महिना अगाडि ( स्वदेश फर्कने अनुमानित मिीतको समेत जानकारी गराउंदै) बीमा कम्पनी साम्सुंगवाजेमा बीमा रकम भुक्तानीका लागि आवेदन गर्ने ।

 बार्षिक बोनसको बीमा रकम आफूले स्वदेशमा (नेपाल) भुक्तानी लिने हो अथवा कोरियाको अन्र्तराष्ट्रिय विमानस्थलको अध्यागमन काउण्टर पार गरेपछि लिने हो,सो बिषयमा सामसुङह्वाजेमा आवेदन दिंदा नै स्पष्ट रुपमा उल्लेख गर्ने । आफू स्वदेश फर्के पछि स्वदेशको (नेपालको) बैंकको खाताबाट भुक्तानी लिने हो भने नेपालमा रहेको आफनो बिदेशी मुद्रा लिन मिल्ने बैक खाता, वा नभए आफनो परिवारको अन्य ब्यक्तिको खाता नम्बर र विवरण उपलब्ध गराई पनि भुक्तानी लिन सक्नेछन् । 
अथवा बैंक खाता नै नभए पनि सम्बन्धित तोकिएको बैंकबाट पनि भुक्तानी लिन सक्नेछन् ।

 (२) स्वदेश फर्कने दिन विमानस्थलबाट बीमा रकम लिन के गर्नु पर्छ ? 


बीमा कम्पनी साम्सुंगवाजेमा बीमा रकम भुक्तानीका लागि आवेदन गर्ने बेलामा माथि उल्लेखित अन्तर्राष्ट्रिय विमानस्थलबाट भुक्तानी लिने भनेर उल्लेख गरेर आवेदन गर्ने । बिमा कम्पनीबाट सो सम्बन्धी कागजात अर्थात् बिमा रकम भुक्तानी प्रमाण उपलब्ध हुन्छ । उक्त प्रमाण सुरक्षित राख्ने । प्रवासी मजदूरले स्वदेश फर्कने दिन पासपोर्ट(राहदानी),हवाई जहाजको टिकट, बिमा कम्पनीबाट प्राप्त बिमा रकम भुक्तानी प्रमाण विमानस्थलमा रहेको सम्बन्धित बैकमा पेश गर्ने । सम्बन्धित बैंकले जांच गरी सके पछि रकम भुक्तानीको लागि सटही आदेश पत्र (चेक) उपलब्ध गराउने छ । प्रवासी मजदूरले अध्यागमनको जांचबुझ शाखा पार गरेपछि डियुटी फ्रि करमुक्त पसल) नजिकै रहेको मुद्रा सटही काउण्टरमा गई बैंकले दिएको सटही आदेश पत्र (चेक) बुझाए पछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद्रामा रकम प्राप्त गर्न सक्नेछन् । 

(३) कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीका लागि आवेदन नगरेको प्रवाशी मजदुरले बीमा रकम कसरी प्राप्त गर्ने ? 

-(कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले आफनो देश फर्के पछि ई.पि.एस. (हाल ग्र्वाको ललितपुरमा) शाखामा निवेदन दिएर बिदेशी मुद्रा प्राप्त गर्न मिल्ने खाताको माध्यमबाट रकम प्राप्त गर्न सकिन्छ । (यस पटक नियम परिवर्तन गरी बिमा रकम भुक्तानी अवधि समाप्तिलाई २ बर्षबाट बढाएर ३ बर्ष बनाईएको छ । 

(४) आफनो देशमा खाता नभएमा स्वदेश फर्किएर बिमा रकम पाउन सकिन्छ कि सकिदैन ? 


सकिन्छ । कोरियामा रहंदा कोरियाको बैंकको माध्यमबाट स्वदेशमा आफनो परिवारको नाममा रकम पठाएको भए उक्त रकम प्राप्त गरेको परिवारको खाताबाट समेत रकम प्राप्त गर्न सकिन्छ । प्रवाशी मजदुरको बिमा रकम भुक्तानीकालागि स्वदेशमा खाता नभएको र बिदेशी रकम रेमिट गर्न मिल्ने खाता नभएपनि स्वदेशको बैंकबाट सोझै बिमा रकम पठाउनका लागि आवेदन दिएमा पनि रकम प्राप्त गर्न सकिने व्यवस्था छ । 

पुनश्च :- 

यस पटक नियमावलीमा भएको परिवर्तनले प्रवाशी मजदुरले भिसा अवधिमा नै रोजगार स्थान परिवर्तन गरेको भएतापनि हाल काम गरेको कम्पनीको मात्र नभई सो भन्दा अगाडि काम गरेको कम्पनीको स्वदेश फिर्ती बीमा रकम( बार्षिक बोनसको बीमा वा थेजिकम) पनि स्वदेश फर्किएको १४ दिन भित्र प्राप्त गर्न सकिन्छ । आफूले पाउने बार्षिक बोनस रकम भन्दा स्वदेश फिर्ती समाप्ति बिमा रकम( बीमा कम्पनीबाट प्राप्त हुने रकम) कम भएको अवस्थामा सो कम भएको रकम बराबरको फरक रकम स्वदेश फिर्ता भएपनि वा नभए पनि थेजिकम पाउने अवधि पुरा गरी कम्पनी परिवर्तन गरेको अवस्थामा समेत प्रवाशी मजदुरले रोजगारदातासंग सिधै आग्रह गरेर कोरियामा नै रकम प्राप्त गर्न सक्दछन् ।
 विमानस्थलको बैकबाट रकम भुक्तानी लिंदा  १५ मिनेट देखि ३० मिनेट सम्म लाग्ने । दश हजार डलर भन्दा बढी रकम साट्नु परेमा विदेशी विनिमय कार्यालयको स्वीकृतिपत्र पेश गर्नु पर्नेछ । स्वदेश प्रस्थान खर्च बिमा (हवाई टिकट खर्च) भने विगतमा जसरी नै स्वदेश प्रस्थान गर्नु अगावै भुक्तान हुनेछ ।                                                                             

  (लेखक सोलस्थित नेपाली दूताबासका श्रम सहचारी हुन् )

1 comment :

  1. धेरै नै उपयोगी जानकारी छ।यसको लागि धेरै-धेरै धन्यवाद ।

    ReplyDelete