Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, May 29, 2015

अस्ट्रेलियामा शेष घलेको जोडीको चमत्कार

नमस्ते नेपाल कोरिया 
३० मे ,२०१५ 
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआएन)का अध्यक्ष शेष घले अष्ट्रेलियाको सबैभन्दा धनी ब्यक्तिको ९९ औं स्थानमा पर्न सफल भएका छन् ।
गत वर्ष एक सय ५० औं स्थानमा रहेका घले ९९ औं स्थानमा पर्न सफल भएका हुन् भने उनकी श्रीमती जमुना १०० औं स्थानमा पर्न सफल भएकी छिन् ।
अष्ट्रेलियाको चर्चित बिजनेस म्यागेजीन द रिभ्युले सन् २०१५का सबैभन्दा धनी दुई सय अष्ट्रलियनहरुको सुचिमा घले दम्पतीलाई यस्तो सफलता मिलेको हो ।
पत्रिकाका अनुसार घलेको चामत्कारीक रुपमा अघिल्लो वर्षको भन्दा १५ करोड डलर सम्पत्ति बढेको छ ।
अरु धनाड्यहरुको सम्पत्तिमा ह्रास आएको बेला उनीहरुको समपत्ति भने बढेको हो । गत वर्ष उनीहरुको सम्पत्ति ३३ करोड ५० लाख डलर थियो ।
उनीहरुले अष्ट्रेलियामा मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी नामक कलेज सञ्चालन गरेका छन् । यहाँ करिब तीन हजारले अध्ययन गरिरहेका छन् ।
यसका अलवा रियल स्टेट, होटल लगायतमा उनीहरुको लगानी छ । घलेकी श्रीमती जमुना अष्ट्रेलियाकी आठौं धनी महिला हुन् ।
स्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिको पहिलो नम्बरमा रुपमा १४ अर्ब २० करोड डलर सम्पति सहित यो वर्ष पनि जिना रिनहार्ट छिन् । 

No comments:

Post a Comment