Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, May 27, 2015

कोरियामा सचेत हुनुहोस :- केहि घटना सहित सुझाबहरु -

अनिल गुरुङ

२७ मे २०१५ 

 घटना नम्बर १ :-

 सिन्धुलीका सिद्धार्थ (नाम परिवर्तन) कोरिया आएको भर्खरै डेढ बर्ष  पूरा भएको थियो । कम्पनीमा राम्रो स्थान बनाउन सफल सिद्धार्थ, नेपालमा पनि एक जेहेन्दार बिद्यार्थी थिए । कमर्शमा स्नातक गरेको व्यक्तिको काम प्रति कम्पनीका मालिक लगायत अन्य कामदारहरु पनि कायल थिए, कम्पनीमा सिद्धार्थको दबदबा नै थियो । ओभरटाईम समेत गर्दा महिनामा अठार लाख वन त कतै नजाने । एक दिन सोही कम्पनीमा एक कोरियाली युवती (उमेर थाहा भएन, झट्ट हेर्दा युवती देखिन्थि रे) पनि कामदारको रुपमा आई पुगिन । युवा तथा अविवाहित केदारलाई काममा झन रमाईलो लाग्न थाल्यो । काम सिक्ने सिकाउने क्रममा सामान्य बोलचाल हुदै सिद्धार्थ भाई केही अगाडि बढे । कोरियाली युवतीका संवेदनशिल अंगहरुमा आंखा लाउदा लाउदै, यदाकदा नजाने जसरी छुन थाले । युवतीले सामान्य रुपमा हास्दै एक दुई पटक सचेत गराईन, तर किन मान्थे र सिद्धार्थ । एक दिन दिउंसोको खाना खाने समयमा सिद्धार्थको हात ती कोरियाली युवतीको संवेदनशिल अगंमा पुग्यो । कोरियाली युवती पुगिन प्रहरी कार्यालयमा, त्यो पनि सप्रमाण अर्थात लुकेर खिचिएको तश्विर सहित । प्रहरीले केदारलाई बयान गर्न बोलायो । एक दुई चोटी बयान गरेका  सिद्धार्थ कम्पनी छाडेर टाप कसे । त्यस पछिका दिनहरु ती भाईको लागि भागमभाग रहयो । बाबु जस्तो साहु पनि शत्रु भयो । साथी भाई सबैले छि छि दुर दुर गर्न थाले ।  लुकी लुकी हिड्दा नपाउनु दुख पाए । पछि स्थानीय समाजसेवीको सहयोगमा वहांको जसोतसो उद्धार गरी नेपाल पठाईयो ।  

 घटना नम्बर २ :-


 गाउं घर संगै भएका उदयपुरका उद्धव र स्याम (नाम परिवर्तन) कोरियामा आए पछि एउटै कम्पनीमा काम गर्न पुगे । सांझ काम सकिए पछि दुवै जना यसो सोजु पिउथे । अविवाहित दुवै जना चिनजान कै  सुन्दरीहरुको बारेमा पनि निकै गफ गर्थे । शायद दुवैको मनपराई एउटै थियो कि  वा  अन्य कुनै ? गफ गाफ कै क्रममा दुवै जना यदाकदा बाझाबाझ पनि गर्थे । बाझाबाझ बढ्दै जांदा मनमुटावमा पुग्न गयो । मन मुटाव कतिखेर शत्रुतामा पुग्यो थाहा नै भएन ।
 एक दिन शनिवार सांझ सबै नेपाली बसेर रमाईलो गर्दै यसो सोजु पिउदै थिए । दुवैमा बाझाबाझ भयो । रिसको झोकमा उद्धवले स्यामलाई चक्कू प्रहार गरे । प्रहार घातक थियो । स्याम अस्पताल लगिए । प्रहरी आएर उद्धवलाई चौकी लग्यो । अहिले चक्कु हान्ने नेपालमा र चक्कू खाने अस्पतालमा छन् । 

  घटना नम्बर ३ :-

 नवलपरासीका नेत्र (नाम परिवर्तन) एक दिन सोलको बजारमा घुम्दै थिए । बजार भरि आधुनिक युवतीहरु,  आधुनिक बस्त्र धारण गरेर घुम्दै गरेको देखेर दंग परे । यसो आफनो भर्खर किनेको सेकेण्ड ह्याण्ड मोबाईलबाट यी सुन्दरीहरुको चित्र लिएर साथीलाई नेपाल सेण्ड गर्नु
 प¥यो अनि पो आफू कोरिया बसेको सार्थक हुने भो भन्ने मनमा (कू) विचार जाग्यो । युवतीहरुको तश्वीर लिन शुरु गरे । अब युवतीहरुको तश्वीर लिदा अझ वस्त्रविहिन भागको लिन पाए हुदो हो जस्तो लाग्यो । आफनो विचारलाई व्यवहारमा पनि परिवर्तन गरे । थाहै नपाई प्रहरीले समात्दा पो झस्यांड. भए । यो त  गैरकानूनी काम रहेछ । कोरिया आएको १६ महिनामा नै अहिले नेपाल फर्कन पर्यो  ।  

 माथि उल्लेख गरिएका सबै घटना सत्य हुन । केवल नाम काल्पनिक हो र यो बिषयलाई मैले  सर्वसाधारणको हित तथा सचेतनाका लागि लेखेको हुं ।  कोरियाली समाजमा कतिपय बिषयहरु अति संवेदनशिल तथा गैरकानूनी छन् । खासगरि यहां यौन दुर्ब्यबहारलाई ( महिलालाई जिस्क्याउनु, अनुमति बिना  महिलाको फोटो खिच्नु, कार्यस्थलमा महिलासंग दुर्ब्यबहार गर्नु वा  संवेदनशिल अंगमा छुनु, यौनजन्य ईशारा गर्नु ईत्यादि)  अपराधको रुपमा लिईन्छ तथा यस्ता कार्य गर्ने व्यक्तिलाई सजाय तथा प्रवाशी भएमा डिर्पोट समेत गरिन्छ । यी र यस्ता कार्यबाट हामी टाढा बस्नु नै हाम्रोलागि हितकारी हुन जान्छ । कुटपिटलाई पनि एउटा जटिल अपराधको रुपमा परिभाषित गरिएको छ ।

 यहां कसैले कसैलाई कुटपिट गरेमा पनि कडा सजाय तथा प्रवाशी भएमा डिपोर्ट समेत हुनु पर्ने हुन्छ । कार्यस्थल लगायत कही कतै, कहिले पनि कसैसंग दुर्व्यहार गर्नुहुदैन । कसैले आफूसंग दुर्ब्यबहार गरे नजिकको प्रहरी चौकीमा उजुरी गर्न सकिन्छ । उजुरी गर्दा उजुरी यथार्थ र प्रमाणयुक्त होस भन्ने तर्फ भने सजग हुनैपर्छ । 
   

  लेखक गुरुङ सोलस्थित नेपाली दूताबासका श्रम सहचारी हुन् | 

No comments:

Post a Comment