Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, May 27, 2015

ईपीएस भाषा परीक्षाको पाठ्यक्रममा परिमार्जन

नमस्ते नेपाल कोरिया 
२७ मे ,२०१५ 

काठमाडौं-कोरिया सरकारले ईपीएस भाषा परीक्षाको पाठ्यक्रममा परिमार्जन गरेको छ। परिमार्जित पाठ्यक्रम आगामी वर्षदेखिमात्र लागू हुनेछ।
 
नयाँ पाठ्यक्रम अनुसारको प्रश्न यसपटक परीक्षा दिनेका लागि कार्यान्वयनमा नआउने इपीएस कोरिया शाखाले जानकारी दिएको छ।
 
‘पुरानो र नयाँ पाठ्यक्रमको साझा भागबाट मात्र यसपटक प्रश्न सोधिने जानकारी आएको छ,’ एचआरडी कोरियाको नेपाल शाखाका प्रबन्धक रामचन्द्र गिरीले भने। साझा भाग भनेको पुरानो पाठ्यक्रममा रहेका विषयवस्तु नै भन्ने बुझिने उनले बताए।
 
इपीएस कोरिया शाखाका अनुसार पाठ्यक्रममा १५ प्रतिशतजति परिमार्जन गरिएको छ। पहिला नभएका विषय केही थपिएका वा केही हटाइएका छन्। परीक्षा प्रणालीमा भने परिमार्जन छैन।
 
लिखित, मौखिक तथा यसको अंकभारमा भने यथावत् गरिएको छ। यसपटकका लागि परीक्षार्थीले तयारी गरिसकेका छन्। जेठ ३० र ३१ का लागि तय गरिएको परीक्षा भूकम्पका कारण असोजमा सारिएको छ।
 
परीक्षामा सहभागी हुन ५१ हजारभन्दा बढीले आवेदन फारम भरेका छन्। दक्षिण कोरिया नेपाली कामदारको रोजगारीको आकर्षक गन्तव्य मुलुक हो।
यो मुलुकमा सरकारले नै कामदार पठाउने गरेको छ। कोरिया जाने कामदारले न्यूनतम मासिक एक लाख नौ हजार कमाउन सक्छन्।
-अन्नपूर्ण

No comments:

Post a Comment