Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, May 15, 2015

भूकम्प पिडित बालबालिकालाई सहयोगार्थ सोन्सिकले “फोटो तथा संस्कृति प्रदर्शनी” गर्दै

सोनसिक - द्वारा " फोटो तथा संस्कृति प्रदर्शनी” साथै रिबन टास्ने तथा दीप  प्रज्ज्वलन कार्यक्रम  


नमस्ते नेपाल कोरिया सम्बाददाता
१५,मे २०१५ 
सोल , दक्षिण कोरिया l



 नेपाली बिधार्थी समाज कोरिया(SONSIK)ले सौल महानगरपालिका तथा एन आर एन ( NRN )कोरिया
संग को सहकार्यमा नेपालमा रहेका महाभूकम्प पिडित बिधार्थी एवं बालबालिकाहरुको सहयोगार्थ आर्थिक
 सहयोग संकलनका उदेश्यका  निमित्त यहि मे १७, आईतबारका दिन सौलमा “फोटो तथा संस्कृति प्रदर्शनी” 
आयोजना गर्ने भएको छ l

 उक्त  प्रदर्शनीमा नेपालको महा भूकम्प क्रममा खिचिएका बिभिन्न फोटोहरु,नेपाली खाना स्टल,
नेपाली मौलिक सामाग्रीको प्रदर्शनी तथा महाभूकम्पको  क्रममा दिवंगतहरुको सम्झनामा
 सेतो रिबन टास्ने तथा दीप  प्रज्ज्वलन कार्यक्रम पनि रहेको नेपाली बिध्यार्थी समाज 
(सोनसिक) का अध्यक्ष बिमल सुबेदीले  जानकारी दिएका  छन  l

 सौल महानगरपालिकाका मेयर पार्क वोन सुन लगायत अन्य बिशिस्ट पदाधिकारीको
सहभागिता हुने सो कार्यक्रममा उठेको सम्पूर्ण रकम नेपालमा महाभूकम्पबाट
भत्किएको बिधालय तथा भूकम्प पिडित बालबालिकाको छात्रवृत्तिमा लगानी
गरिने SONSIK ले जानकारी दिएको l
  नेपाली बिधार्थी समाज कोरिया (SONSIK)ले यस राष्ट्रिय बिपतका क्रममा संकलित
सम्पूर्ण सहयोग रकम परिस्कृत एवं प्रभावकारी ढंगले परिचालन गर्ने प्रतिबद्धता प्रकट गर्दै 
 “फोटो तथा संस्कृति प्रदर्शनी” कार्यक्रममा सम्भव भए सम्म राष्ट्रिय पहिचान झल्कने
 पोशाकमा उपस्थित भई  प्रवासी भूमिबाट भूकम्प पिडित स्वजनको चराइ रहेका घाउमा 
मलम लगाउने SONSIK को अभियानमा ऐकबद्धता  जनाईदिनु हुन अनुरोध गरेको l

                कार्यक्रम सम्बन्धि  बिवरण: -

              मिति:- २०१५ -मे १७ तारिक, आईतबार
              स्थान : - Gwanghwamun Square – 광화문광장, Gwanghwamun station,
              line No 5, Exit -9, Seoul
              समय :-  बिहान ११.०० बजे देखि .०० सम्म


No comments:

Post a Comment