२ मे ,२०१५ l
भोलि आईतवार सऊल सिटिहलमा भुकम्प पीडितका सम्झनामा प्रार्थना राहत सन्कलन, फोटो प्रदर्शनी,साथै दीप प्रज्ज्वलन हुदैछ l सौल सिटि हल अगाडिको खुल्ला चौरमा बिहान १० बजे देखी भुकम्प पीडितका सम्झना अगर्बत्ती बाल्ने, पीडितलाई राहत सन्कलन, फोटो प्रदर्शनी र बेलुका पख दियो बाल्ने कार्यक्रम भएको हुँदा सबैलाई उपस्थितिको लागि NRN कोरियाले हार्दिक अनुरोध गरेको छ । सकेसम्म नेपाली पोसाक र नभए दाजु भाईहररुलाई "टोपिको सान नेपालीको पहिचान"लाई झल्काउन आफ्नो नेपाली पोशाकमा आइदिनुहुन पनि अनुरोध गरीएको छ l
नेपाल आमा रोईरहेकी छिन | सिंगो नेपाल शोकमग्न छ | अब शोकलाई शक्तिमा बदल्नु पर्छ | हामी विदेश हौ या स्वदेशमा सबैको मन , मुटु उत्तिकै दुखिरहेको छ | महाभूकम्पको कालो दिनमा परेर ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको लागि र घाइते तथा आफन्त गुमाउन पुगेकाहरुको दु:खेको घाउमा मल्हम लगाउनु हामी सबै नेपालीको कर्तव्य र धर्म हो | त्यसैले भोलि आईतवार सऊल सिटिहल जाउ र मैन बत्ती प्रज्वलन कार्यक्रममा सहभागी भई पुण्य कमाउ । साथै सोहि अवसरमा भुकम्प पीडितलाई राहत संकलन , फोटो प्रदर्शनी र बेलुकी पख दियो प्रज्वलन कार्यक्रम भएको हुँदा कोरियामा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । सकेसम्म नेपाली पोशाकमा र कोरियन साथी लिएर आईदिनको निम्ति पनि आयोजकले आग्रह गरेको छ |
पुनश्च- सिटिहल अगाडीको खुला चौरमा बिहान १० बजे देखी भुकम्प पीडितका सम्झना अगरबत्ती बाल्ने कार्यक्रम हुनेछ |
मिति – २०१५ / ५ / ३ आईतबार
समय – बेलुकी ५:३० बजे
स्थान – देहानमुन गेट अफ देवक्सुगुङ सिटिहल स्टेसन सोल ( ट्रेन लाईन १ को गेट नम्बर २ र ट्रेन लाईन २ को गेट नम्बर १२ )
आयोजक – एन आर एन कोरिया लगायत कोरियामा रहेका सम्पूर्ण संघ , संस्थाहरु
थप जानकारीको लागि –
केपी सिटौला – ०१०४७६७५२४८
बिनोद कुवर – ०१०३२८१४७८६
बिमल सुबेदी – ०१०८४०८२१३५
निश्चल काउचा – ०१०२९४५४४१७
No comments:
Post a Comment