नमस्ते नेपाल कोरिया सम्बाददाता
०९ ,अप्रिल २०१५आगामी मे ३ आईतबार २०१५ मा एम. आर. पी. फाराम संकलनका लागी घुम्ती सेवा बुसानमा उपलब्ध गराउने भएको छ ।
नेपाली राजदुतावास, दक्षिण कोरियाको एम. आर. पी. फाराम संकलनका लागी घुम्ती सेवा सञ्चालन गर्ने सम्बन्धी जारी गरिएको सूचनामा मे ३ मा बुसानबाट एमआरपी आवेदन दिन सकिने उल्लेख गरेको छ ।
दुताबासले बुसान स्थित बुसान फरेनर्स सपोर्ट सेन्टर (वि.एफ.सी.) मोरादोंग मा सो सेवा उपलब्ध गराउने भएको हो । उक्त सेवा दिने समय विहान १० बजे देखि ४ बजेसम्मका लागी तोकिएको छ ।
एमआरपी नबनाएको खण्डमा बसाइ गैह्रकानुनी हुन गई विभिन्न कानूनी तथा प्राविधिक कठिनाईहरु भोग्नु पर्ने भएकाले एमआरपी बनाउन सउल स्थित नेपाली दुताबासले अनुरोध गरेको हो ।
कोरियामा रहेका हस्तलिखित राहदानी बाहक नेपालीहरुले भिषा नविकरण तथा अन्य मुलुक जानुपर्ने खण्डमा अनिवार्य रुपमा २०१५ मे महिना भित्र एमआरपी बनाइसक्नुपर्ने दुताबासको सुचनामा जारी गरीएको छ ।
No comments:
Post a Comment