फेन्थेकमा नेपाली नयाँ वर्ष मनाउन भब्य तयारी
नमस्ते नेपाल कोरिया सम्बाददाता
०७ ,अप्रिल ,२०१५
दक्षिण कोरिया l
दक्षिण कोरियामा रहेका नेपालीहरूआउदै गरेको नेपाली नयाँ वर्ष २०७२ लाई बिबिध कार्यक्रम गरी स्वागत गर्ने तयारीमा रहेका छन् ।
यसै क्रममा कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समुदायको आयोजनामा नयाँ वर्ष बिबिध सास्कृतिक मनोरंजन कार्यक्रम सहित हर्षोउल्लासका साथ् मनाउने तयारी गरेका छन् l
आउदो आईतबार अप्रिल १२ तारिखका दिन बिदाको अवसर पारेर नै फेन्थेक वरपरका नेपालीहरु साथै अन्य क्षेत्रका नेपालीहरुको उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदान सहित नेपाली परिकारहरुका खानाको प्रबन्ध पनि गरिएको सेन्टरका अध्यक्ष बिजुबिक्रम थापाले बताएका छन् ।
नेपाली संगीत , कला, सस्कृति र नेपालीपन झल्काउदै पारिवारिक बातावरणमा बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा कोरियाका स्थानीय कलाकारहरुको प्रस्तुति रहने फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र सांस्कृतिक विभागका प्रमुख भक्त थापाले जनाएका छन् ।
कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको साझा सस्थाको रूपमा स्थापित फेन्तेक माईग्रेट सेन्टरमा हाल पाँच सय बढी नेपालीहरू आबध्द रहेका छन् ।यस संस्थाले आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग तथा परामर्श पनि दिदै आएको छ।
आयोजकले सम्पूर्ण कार्यक्रमकोतयारी पुरा भएको जानकारी गराउदै उक्त दिन कोरियामा रहेका विभिन्न सङ्घ संस्था/ प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा सम्पूर्ण नेपालीहरुलाई समयमै उपस्थित भएर नया वर्ष भब्य रुपमा मनाउनुहुन हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रम सम्बन्धि विवरण :-
आवश्यक सम्पर्कका लागी :-
बिजुबिक्रम थापा - ०१० ६८५३१२२०
नारायण पाठक -०१० ६४१२२५१५
कार्यक्रम :- नया वर्ष २०७२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक मनोरन्जनात्मक कार्यक्रम
मिती :- १२ , अप्रिल २०१५ l
समय :- आईतबार , दिउसो १२ बजेदेखि
स्थान :- फेन्तेकप्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टरको हल )
फेन्थेक ट्रेन स्टेसन बाट -५०० मिटर भित्र ( उरी बैंक नजिकै )
फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समिती, दक्षिण कोरिया l
No comments:
Post a Comment