किशन गौतम
०९,अप्रिल २०१५ l
गुल्मी सम्पर्क समिति द.कोरियाले मिति २०१५ -अप्रिल ५ तारिख आइतबार को दिन सउल स्थित इण्डिया प्यालेस रेस्टुरेन्टमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ l
इ पी एस भीसा मार्फत कोरिया आएर ४ बर्ष १० महिना को कार्यअबधि पूरा गरि नेपाल फर्किन लाग्नु भएका यस संस्थाका भू. पू उपाध्यक्ष तथा वर्तमान कार्यसमितिका सल्लाकार श्री टामलाल अर्याल,भू. पु. स-सचिब तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष श्री सुर्य पन्थि र बर्तमान कार्यसमितिका सदस्य श्री कृष् गुल्मेली बाबु लाई संस्था का अध्यक्ष श्री प्रेम ज्ञवाली ले उंहाहरुले संस्था लाई पुर्याउनु भएको योगदान को कदर गर्दै बिशेष सम्मान पत्र सहित खादा ओडाएर सम्मान गर्नु भएको थियो l
नेपाल मगर संघका नि-बर्तमान अध्यक्ष तथा गुल्मी सम्पर्क समिति का बर्तमान सल्लाहकार श्री पुरन राना मगर लगाएत उपस्थित सम्पूर्ण गुल्मेलीहरुले पनि खादा ओडाएर सम्मान गरेका थिए l दिउसो २ बजे देखि शुरु भएको उक्त कार्यक्रम को सभापतित्व अध्यक्ष श्री प्रेम ज्ञवाली ले गर्नु भएको थियो भने संचालन सचिब श्री उपेन्द्र अर्याल ले गर्नु भएको थियो र कार्यक्रम मा स्वगत मन्तब्य सदस्य श्री किशन गौतम ले राख्नु भएको थियो l मन्तब्यको क्रम मा नेपाल मगर संघ कोरियाका नि -वर्तमान अध्यक्ष तथा यस समिति का सल्लाहकार श्री पुरन राना मगर ले उहाहरुले यस संस्था लाई पुर्याउनु भएको योगदान को बारे प्रशंसा गर्दै उपस्थित गुल्मेली हरु लाई यस संस्था मा आबद्द हुन आब्हान गर्नु भयो l त्यसै गरि सम्मान हुने ब्यक्तित्वहरुले यस संस्था ले गरेको सम्मान प्रति धन्यवाद प्रकट गर्दै आफुहरु जहाँ भएपनि सदैब यस संस्था को प्रगति को लागि काम गर्ने विचार ब्यक्त गर्नु भयो l
कार्यक्रम को अन्त्यमा अध्यक्ष श्री प्रेम ज्ञवाली ले यस संस्थाका महत्वपूर्ण ब्यक्तित्व हरुलाई सम्मान गर्न पाउदा खुसि लागेपनि बिदाई गर्नु पर्दा आफु लाई निकै दुख लागेको विचार व्याक्त गर्नु भयो l कार्यक्रम को समाप्ति लगत्तै बसेको अनौपचारिक बैठक ले बिरामी दाल बहादुर को लागि आर्थिक सहयोग संकलन गर्न कोरिया मा रहेका अन्य संघ -संस्था लाई समेत आब्हान गर्ने निर्णय गर्दै सो कार्य लाई ब्यबस्थित गर्नको लागि प्रेम ज्ञवाली को संयोजकत्वमा चार सदस्यीय एक समिति निर्माण गर्ने र सो समितिले सबैलाई समेटी रकम संकलन कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ l
No comments:
Post a Comment