- भाेज अधिकारी
दक्षिण काेरिया
६ ,अप्रिल २०१५
नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले मिति २०१५ अप्रिल ५ तारीखका दिन बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले मिति २०१५ अप्रिल ५ तारीखका दिन बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
रोजगार अनुमती प्रणाली (EPS) मार्फत रोजगारको सिलसिलामा कोरिया आई ४ बर्ष १० महिनाको भिसा अबधी समाप्त भई स्वदेश फर्कन लाग्नु भएका नमस्ते पाल्पा परिवारका नि बर्तमान उपाध्यक्ष श्री अर्जुन वीरकट्टा मगर, स-कोषाध्यक्ष श्री राजेन्द्र अधिकारी, सदस्य तथा खेलकुद संयोजक श्री आनन्द सारु मगर,सदस्य तथा भलिबल टिम क्याप्टेन श्री कुलदेब थापा र सदस्य श्री सुजन थापा लाई सस्थाका निबर्तमान अध्यक्ष श्री सुशील गाहा मगरको सभापतित्व र नि. अध्यक्ष तथा बरिष्ठ सल्लाहकार चेतन सारुकाे प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रम मार्फत यस संस्थाले उहाँहरु पाँचै जनालाई दोसल्ला ओढाएर सम्मान गरि सम्मान पत्र प्रदानका साथ बिदाई गरेको छ ।
संस्थाका सचीव श्री भोज प्रसाद अधिकारी द्वारा संचालन भएको कार्यक्रममा यस सस्थाका उपाध्यक्ष श्री दिनेश श्रेष्ठ ज्युले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सस्थाका सल्लाहकार श्री मिनराज मगर र कोषाध्यक्ष श्री मनिष थापा ज्युले मन्तव्य व्यक्त गर्दै सबै जना पाल्पालीहरु एकजुट भई अगाडि बडेर काम गरेमा सस्थालाई अझै बलियो र सबल बनाउन सकिन्छ र प्रवासी भुमीमा रहनु भएको सम्पुर्ण पाल्पालिहरुले आ आफ्नो ठाँउ बाट सस्थालाई सहयोग गर्नको लागि आग्रह गर्नु भयो ।
त्यसैगरी आज बिदाई तथा सम्मान ग्रहण गर्नु हुने पाँचै जनाले मन्तव्यकै क्रममा सस्था स्थापनाकाल देखि आज सम्म सस्थालाई हुर्काउन निकै दुख गरेको र अब आउने नयाँ कार्यसमितिले यो सस्था र पाल्पा जिल्लालाई कोरियामा मात्र होईन बिश्वमा नै चिनाउनको लागि सबै जनाले आ आफ्नो स्थानमा रहेर महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने बताउदै सस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ र आफुहरु संसारको जुनसुकै ठाउमा भए पनि सस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सस्थाका वरिष्ठ सल्लाहकार श्री चेतन सारु मगर ज्युले मन्तव्य कै क्रममा नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले कोरियामा रहेर विभिन्न संघ सस्थाहरु संग आवद्ध भई सामाजिक तथा अन्य कल्याणकारी कार्यहरूमा सक्रिय सहभागिता जनाउदै आएकोले हाम्रो सस्थाले आफ्नो छुट्टै पहिचान राख्न सफल भइसकेकोले यसलाई अझ उचाईमा पुर्याउनुको निमित्त सबै पाल्पालीहरु नयाँ रणनीति र कार्योजना बनाएर आगाडी बढन निर्देशन दिनु भयो । अहिलेको युगमा बिना आर्थिक कुनै कार्यलाई अगाडि बढाउन नसकिने भएकोले अब आउने भाबी दिनहरूमा यस सस्थाले आयमुलक कामहरुमा जोड दिई सस्थाको दिगोपनाको लागि सबैले सोच्नु पर्ने बताउनु भयो ।
यसैगरी सस्थाका निबर्तमान अध्यक्ष श्री सुशील गाहा मगर ज्युले सस्थालाई आगाडी बढाउनको लागि सस्थाका मुख्य पदमा भएको ब्याक्तीहरु मात्र अग्रसर भएर नहुने र सबैको सहयोग र एकता हुनु पर्ने बताउनु भयो र भाबी दिनहरुमा सबैलाई समेट्ने गरि सस्थाको लक्ष्य र उद्देश्य अनुसार सस्थालाई अगाडी लैजानु पर्ने बताउनु भयो । र सस्थाबाट बिदाई गरि स्वदेश प्रस्थान गर्न लाग्नु भएका पाचै जनालाई कोरियाको जोखिमपुर्ण काममा आफुलाई सकुशल राखी आफ्नो कोरियाको निर्धारित कार्य अबधी पूरा गर्न सफल हुनु भएकोमा बधाई दिनु भयो र थप सुखमय नेपाल बसाइको कामना गरि यस औपचारिक कार्यक्रमको समापन गर्नु भयो ।
सम्बन्धित तस्बिरहरु :-
No comments:
Post a Comment