Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, April 19, 2015

नेपाली युवाको कोरिया मोह घट्दै यस वर्ष ५१ हजार आबेदन

नेपाली युवामा कोरियाको आकर्षण घट्दै 


यस वर्ष भाषा परीक्षाका लागि १७.६२ प्रतिशत कम आवेदन पर्यो 



नमस्ते नेपाल कोरिया सम्बादाता 
६ वैशाख, काठमाडौं । 

वैदेशिक रोजगारीमा जान चाहाने युवाहरुको पहिलो रोजाइमा पर्दै आएको कोरियामा यस वर्ष आकर्षण घटेको छ । कोरियन भाषा परीक्षाका लागि आवेदन फारम भर्नेहरुको संख्या १७.६२ प्रतिशतले घटेपछि यस्तो देखिएको हो ।
यस वर्ष ५१ हजार ४ सय ९९ जना युवाले कोरियन भाषा परिक्षाका लागि आवेदन फारम भरेका छन् । जबकी अघिल्लो वर्षको परीक्षाका लागि ६२ हजार ५ सय १४ जनाले आवेदन दिएका थिए ।
जेठ ३० र ३१ गते हुन लागेको भाषा परिक्षाका लागि वैशाख ३ गतेदेखि ६ गतेसम्म आवेदन खुलाइएको थियो । अघिल्लो वर्ष भन्दा यसवर्ष करिव ११ हजार आवेदक घटेका छन् ।
इपिएस कोरिया शाखाका प्रमुख डिल्ली वास्तोला कोरियामा यूवाहरुको आकर्षण घटेको मान्न तयार छैनन् । यस पटक आवेदन घट्नुमा तीनवटा मूख्य कारणहरु रहेको उनको अनुमान छ ।
पहिलो कारणमा ११ र १२ कक्षाको परीक्षा यही महिनामा पर्नु रहेको छ भने दोस्रो कारणमा शिक्षक सेवा आयोगले यही वर्ष ठूलो संख्यामा शिक्षकहरू माग्नु रहेको छ । त्यस्तै, तेस्रो कारणमा भाषा परीक्षा २/३ महिना अगाडि सर्दा आवश्यक तयारी पुरा नहुने भएपछि आवेदन नभरिएको हुनसक्छ ।
कुल आवेदनमध्ये महिलाको संख्या ८ देखि १० प्रतिशतको हाराहारीमा रहने बास्तोलाले बताए । कोरियाले महिला कामदारलाई प्राथमिकतामा नराख्ने भएपछि आकर्षण कम देखिएको हो ।
यसपटकको भाषा परीक्षामा ७ हजार १ सय जनालाई पास गराउने वास्तोलाले बताए । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय जना र कृषि तथा पशुपालनमा २ हजार २ सय जना रहनेछन् ।
सरकारले काठमाडौं उपत्यकामा ५ ठाउँबाट र उपत्यका बाहिर ५ स्थानबाट आवेदन संकलन गरेको थियो । विगतका वर्षमा आवेदकको निकै चाप देखिएपछि  सरकारले यस वर्ष तीनवटा आवेदन संकलन केन्द्र थप गरेको थियो ।
काठमाडौं उपत्यकामा दुईवटा र उपत्यका बाहिर जनकपुरमा केन्द्र थप गरिएको हो । उपत्यकाको नेपाल वेद विद्याश्रम संस्कृत मावी वनकाली, गौशाला, काठमाडौं भ्याली उच्च मावी महाराजगञ्ज, ल्याबरोटरी उच्च मावी कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोवाटो र च्यास फृुटबल मैदानबाट फारम भर्ने व्यवस्था मिलाइएको थियो ।
राजधानी बाहिर धरान, जनकपुर, बुटवल, पोखरा र डढेलुधुराबाट फारम भर्ने व्यवस्था मिलाइएको थियो । केन्द्र थपेपछि यस वर्ष आवेदकहरुले सहज रुपमा फारम भर्न पाएको बताएका छन् ।

No comments:

Post a Comment