Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, April 13, 2015

गुल्मी सम्पर्क समिति द्रारा बिरामी दल बहादुर लाई सहयोगको अपिल



किशन गौतम


१४  , अप्रिल द.कोरिया 

" सेवा नै धर्म हो " भन्ने मूल नाराका साथ गुल्मी सम्पर्क समिति द .कोरियाले थेगुस्थित थेगु मेडिकल कलेजमा उपचारत गुल्मी पुर्तिघlट निबासी श्री दल बहादुर थापा मगरको उपचारका लागि आर्थिक सहयोग गर्न कोरिया मा रहेका क्रियाशिल संघ -संस्था लगाएत सम्पुर्ण नेपाली समक्ष अपिल गरेको छ l 
Guillain-Barre Symdrome नामक दुर्लव रोग बाट पिडित मगर को बिगत ६ महिना देखि उक्त अस्पतालमा उपचार भइरहेको छ l राजधानी सउल स्थित इंडिया प्यालेस रेस्टुरेन्टमा बसेको समिति को बैठक ले मगरको उपचार को लागि आर्थिक अभाब भएको भन्दै सहयोगको लागि सम्पूर्ण नेपाली कामदार तथा संघसंस्था समक्ष आग्रह गरेको छ l

 उक्त कार्य लाई ब्यबस्थित गर्नका लागि संस्थाका अध्यक्ष श्री प्रेम ज्ञवाली को संयोजकत्वमा किशन गौतम ,चन्द्र राना , प्रमेश्वर खत्री र पुरन राना मगर रहने गरि ४ सदस्यीय उपसमिति पनि गठन गरेको छ l  

यस अघि नेपाल मगरसंघ र गुल्मी सम्पर्क समिति को संयुक्त पहल बाट संकलित रकम ७४८४१०० वोन एक कार्यक्रमका बीच नेपाल मगर संघका पूर्व अध्यक्ष श्री पुरन राना मगर र यस संस्था का सचिब श्री उपेन्द्र अर्याल ले निजका छोरालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो l
बिरामी मगर को उपचार्थ अहिले सम्म ५ करोड वोन अर्थात नेपाली झन्डै ४० लाख भन्दा धेरै खर्छ भैसकेको छ र अझ लामो समय सम्म उपचार गराउनु पर्ने भएको ले निजका परिवारलाई आर्थिक रकम जुटाउन निकै कठिनाई भइरहेको हुनाले सबैमा सहयोगको अपिल गरिएको छ l

No comments:

Post a Comment