Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, April 12, 2015

कोरियाको- फेन्थेकमा नया बर्षको स्वागत रौनक सगै परोपकार [फोटो फिचर ]



[ शुभकामना सहित  सम्मान तथा बिदाई]

[प्रतियोगी  कलाकारहरु सास्कृतिक प्रस्तुति देखाउदै ] 

फेन्थेकमा नया वर्ष बिबिध मनोरन्जन  तथा   परोपकार अभियान सहित सम्पन्न ]

कृष्ण पुरी

दक्षिण कोरिया 
१२ अप्रिल ,२०१५ l
प्यान्थेक - दक्षिण कोरियामा रहेका नेपालीहरूले नेपाली नयाँ वर्ष २०७२ लाई बिबिध कार्यक्रम गरी स्वागत गरेका छन् । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समुदायको आयोजनामा नयाँ वर्ष बिबिध सास्कृतिक मनोरंजन कार्यक्रम सहित हर्षोउल्लासका साथ् मनाइएको छ |
आईतबार अप्रिल १२ तारिखका दिन फेन्थेक वरपरका नेपालीहरु साथै केहि अन्य क्षेत्रका नेपालीहरुको उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदान सहित नेपाली संगीत , कला, सस्कृति र नेपाली पहिचान झल्काउदै बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम गरी मनाइएको हो l कार्यक्रममा नेपालीहरु स्थानीय नेपाली कलाकारहरुको प्रस्तुति सगै नेपाली परिकारहरुको भोजनमा रमाएका थिए l
जहा छन् बुद्धका आखा, रेसम फिलिली , नेपाली लोक गीत , पप, र्याप ,हिन्दि सहित डेड दर्जन भन्दा बढी गीत संगीतमा नेपालीहरु एकल तथा सामुहिक प्रस्तुतिहरुका बीच रमेका थिए l

उक्त कार्यक्रम अवसरमा नेपालमा संचालित साक्षरता तथा सहयोग अभियान अन्तर्गत स्थापित नेको ह्यापी ड्रिम सस्था लाई फेन्थेक नेपाली समितीको तर्फबाट ५ लाख वोन ( झन्डै ५० हजार रुपैया ) पनि प्रदान गरिएको र समितिकै पहलमा अगाडी बढिरहेको ताप्लेजुंग र सप्तरी अग्नि पिडितहरुलाई सहयोग अभियान लाई पनि तिब्रता दिइएको थियो l

सोहि अवसरमा फेन्थेक माइग्रेट्, नेपाली समितीको पहलमा, जनस्तरबाट सहभागिता हुदै आएको अटिजम बालबालिका सहयोग अभियान कोरियाको अटिजम ब्यानर सार्वजनिक गर्दै ब्यापक उत्साह पनि जनाईएको थियो l

 कार्यक्रम मध्य चरणमा  नेपाली समिति मार्फत मिलेर   विभिन्न  सहयोगमा जुट्दै र  कोरियाको ई पी एस अवधि सकेर नेपाल जादै लागेका केहि साथीहरुलाई  सामुहिक सम्मान तथा बिदाई  पनि गरिएको थियो l

 कोरियामा स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको साझा सस्थाको रूपमा स्थापित फेन्तेक माईग्रेट सेन्टर नेपाली समुदायले उक्त सेन्टरको सहकार्यमा कोरियामा आपत् बिपतमा परेका दैनिक दर्जन भन्दा बढि नेपालीहरूलाई खान बस्न सहितको आश्रय,विभिन्न सहयोग तथा परामर्श पनि दिदै आएको छ भने नेपालमा पनि परोपकार,राहत अभियान जस्ता सहयोगीमुलक सेवा कार्यहरुमा पनि योगदान पुर्याउदै आएको छ l
आयोजकले नव बर्षको शुभकामना सहित उपस्थित रहेर कार्यक्रम सफल र भब्य रुपमा मनोरंजनपूर्ण बनाइदिनु भएकोमा सम्पूर्ण नेपालीहरुमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी सामाजिक पहल तथा सहयोग अभियानमा साथ् दिनुहुन पनि आह्वान गरेको छ l                                  

                                                [   सम्बन्धित तस्बिरहरु  ]

                                                   (नमस्ते नेपाल कोरिया )





[नेपाली  समिति द्वारा आर्थिक सहयोग हस्तान्तरण]

[सम्मान तथा बिदाई ]




[सास्कृतिक नाच  बिजेता राजिब र सुजाता लाई पुरस्कार प्रदान  गरिदै ]


 

No comments:

Post a Comment