कृष्ण पुरी ,दक्षिण कोरिया
नेवा पुच कोरियाले १५ मार्च आइतबारका दिन संस्थालाइ बिशेष योगदान पुर्याउने हुने संस्थाका पूर्व सचिब ,कोषध्यक्ष लगायत सदस्यहरुलाइ सामुहिक सम्मान तथा बिदाइ गरेका छन् l
कोरियामा नेपालीहरुलाई पत्रकारिताको साथसाथै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत नेवा पुचका पुर्व सदस्यहरु नमस्ते नेपाल कोरिया डटकम का प्रधान सम्पादक तथा नेपाली वेब टिभीका प्रमुख निर्देशक रमेश खावाजु तथा कोरियामा नेपालीहरुको सहयोगी साथी ई.पी.एस.छिन्गु (अरुण श्रेष्ठ ) लाइ सम्मान तथा बिदाइ गरेका छन् l त्यस्तै नेवा पुच दक्षिण कोरियाकी पूर्व सचिब सन्ध्या बुद्दचार्य , कोषाध्यक्ष सदस्य सज्जन जोन्छे तथा सदस्य राजेन्द्र कबु लगाएत लाई सामुहिक सम्मान र बिदाई गरिएको हो l
आइतबार सउलको होंग्दे स्थित यति रेस्टुरेन्टमा नेवा पुच कोरियाले एक कार्यक्रम आयोजना गरी नव निर्बाचित अध्यक्ष कृष्ण मुस्यान को सभापतित्वमा उक्त सम्मान तथा बिदाई कार्यक्रम गरेको थियो l प्रमुख अतिथि रहनुभएका डा. नबिन गुरु ले आफ्नो बधाई शुभकामना सन्देसमा हामी अहिलेको पुस्ताले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने र बिदेसमा पी. आर . ग्रीन कार्ड मोह त्यागी नेपालकै माटोलाई माया गर्नुपर्ने सुझाब राख्नुभएको थियो l कार्यक्रममा पूर्व अध्यक्ष तथा नेपाल कोरिया सास्कृतिक मंचका प्रमुख रमेश श्रेष्ठ , कलाकार तथा ब्यबसायी गम्भीर श्रेष्ठ, वोमन फर वोमन की अध्यक्ष मालिका थकाली लगाएत अतिथिहरु पनि उपस्थित रहनुभएको थियो l
कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष मुस्यानले बिदाई तथा सम्मानित हुनुभएका सबैलाई आगामी दिनमा पनि जहाँ रहेपनि सामाजिक सहयोग कार्य गर्दै र नेवा पुचलाई सम्झिरहन अनुरोध गर्नुभएको थियो l
दिउसो साढे ३ बजे देखि साझ छ बजेसम्म चलेको कार्यक्रममा नेवा पुचका साथीहरुको रात्रिभोजनसगै दुख सुख साटासाट गर्दै अन्त्य गरिएको थियो l

photo - yudip photography |

No comments:
Post a Comment