Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 24, 2015

कोरियामा नेपाली वेब टिभीको औपचारिक उद्घाटन हुने

कृष्ण पुरी ,दक्षिण कोरिया 
आउदो मार्च २९ तारिक आइतबारका दिन राजधानी सउलको एम.टी.यु.  (कोरिया प्रबाशी मजदुर युनियन) हलमा कोरियामा संचालित पहिलो नेपालीहरुको अनलाईन टिभी नेपाली वेब टिभीको  औपचारिक उद्घाटन हुने भएको छ l

दक्षिण कोरियामा रहेका केही नेपाली युवा पत्रकार तथा जागरुक साथीहरु मिलेर बिगत ६ महिना देखि दक्षिण कोरियामा नेपालीहरुको पहिलो  नेपाली वेब  टिभीको संचालन गर्दै आएका छन l हाल सम्म सुरुवात परिक्षण अन्तर्गत विभिन्न प्रकारका कार्यक्रमहरु प्रसारण गर्दै आएको उक्त नेपाली वेब टिभीको औपचारिक रुपमा उद्घाटन पछि निरन्तर प्रसारण अघि बढाउदै लैजाने सो टिभीका प्रमुख महिला प्रस्तोता सपना सुनुवारले  बताइन   l  त्यस्तै भिडियो निर्देशक तथा प्रस्तोता सन्दिप पाण्डे  नेपाली वेब टिभीले  कोरियामा नेपालीहरु बीच एक आपसमा सहयोगको लागि आवस्यक संजाल सिर्जना गर्दै  आगामी दिनमा अझ बृहत रुपमा सम्पूर्ण समुदायको बिषयलाई प्रतिनिधित्व गर्दै लैजाने पनि  बताए l


कोरियामा नेपालीहरु प्रवेश गरेको करिब २५ बर्ष भइसकेको छ l  इपिएस मार्फत दक्षिण कोरियामा प्रवेश गर्ने नेपालीहरुको संख्या झन् झन् वृद्धि भईरहेका छन l  हाल दक्षिण कोरियामा करिब ३० हजार नेपालीहरु कामदारहरु  कार्यरत छन् l  इपिएस मार्फत कोरियामा प्रवेश गर्ने नेपालीहरुको वृद्धिसंगै नेपाली अनलाइन टिभीको खाँचोको महसुस गर्दै निकै कठिनाइका साथ् हामीले कोरियामा पहिलो पटक सामुहिक रुपमा  नेपाली वेब टिभीको स्थापना गरेको  परिकल्पनाकार तथा प्रमुख निर्देशक रमेश खावाजुले बताए l   प्रमुख निर्देशक रमेश खावाजुले नेपाली भाषा, संस्कृति, संगीत, स्थानीय सिर्जनशीलता , क्षमताको  सम्बर्धन, शैक्षिक, मनोरन्जनात्मक, सुचनामुलक बिषयलाई आम जनमानसमा संचार गर्ने, नेपालीहरु बीच एक आपसमा सहयोगको लागि आवश्यक   सिर्जना गर्ने साथै  ई.पी. एस. प्रणाली द्वारा रोजगारमा रहेका नेपालीहरुको समस्याहरुलाई  मध्यनजर गर्दै बिशेष कार्यक्रमहरु निर्माण गर्ने पनि बताए l  उहांले  कोरियाबासि नेपालीहरुको सहयोगी अनलाईन टीभीको रुपमा अगाडी बढ्नमा सघाउ पुर्याइदिनहुन  सम्पूर्ण संघ सस्था, ब्यबसायी,बुद्धिजीवी,पत्रकार साथै सबै नेपाली समुदायहरु उपस्थितीको लागि हार्दिक अनुरोध  गर्नु भएको छ  l

कार्यक्रम सम्बन्धि विवरण :-
मिती :- २९ मार्च ,२०१५
समय :- आईतबार मध्यान्ह १२ बजे
स्थान :-  एम.टी.यु. हल (कोरिया प्रबाशी मजदुर युनियन)  सौल l
(छुंङ्रो 3 गा - बाट ट्रेन लाइन न. ३ चढेर फुल्ग्वांग यग झर्ने (२ न. गेट देखि निस्केर ३ मिनेट सिधा अगाडी )
अनलाईन नेपाली वेब टीभी परिवार, दक्षिण कोरिया l

बिस्तृत जानकारीको लागि 
 रमेश खावाजु -  010  5924  5571
अरुण श्रेष्ठ [ इपिएस छिन्गु ] 010 6853 2952
ऐश्वर्य श्रेष्ठ  - 010  5948  2084
उमेश घिमिरे -   010  -4996-0419
सपना सुनुवार  01046848984
सन्दिप पाण्डे  01026875640
कृष्ण पुरी 010  5931  1934
साम लिम्बु  01028926459
राजु श्रेष्ठ





No comments:

Post a Comment