Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, March 22, 2015

कोरियामा पुन: तलब बढ्ने संकेत

नमस्ते नेपाल कोरिया सम्बाददाता
    सोल , २१ मार्च  २०१५ l
दक्षिण कोरियामा न्यूनतम ज्याला वृद्धि गर्न चौतर्फी दबाब सँगै चालु आर्थिक वर्षको ज्यालामा थप केही प्रतिशत बढ्ने संकेत देखिएको छ । 

देशको आर्थिक तथा मूल्यवृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग गरिएको हो । माग अनुरुप तलव बृद्धि भए मुलबासी र आप्रवाशी न्यून आय भएका करिव २७ लाख भन्दा बढि श्रमिक लाभान्वित हुने खबर कारोबार रास्ट्रिय दैनिकमा उल्लेख छ l
राष्ट्रपति पार्क गुन ह्ये प्रशासनले उपभोक्ता मूल्यमा आएको वृद्धिले न्यून आय भएका मजदुरको जीवनयापनमा कठिनाई उत्पन्न भएको धारणा राख्दै यसवर्ष थप ७ प्रतिशत सम्म  ज्याला वृद्धि गनुपर्नेमा जोड दिएको छ । कोरियाका उपप्रधान तथा अर्थमन्त्री चुई ख्वाङ ह्वानले ज्याला वृद्धि गरिने बताएका छन् । गत साता फोरममा मन्त्री चुईले श्रमिकवर्गमा बजार मुल्यको नराम्रो प्रभाव परेको बताएका छन् । 
रोजगार तथा श्रम मन्त्री लि की क्वाङले कोरियन श्रम बजारको आय असमानतालाई निरुत्साहित गर्न सामान्य मजदुरहरुको न्यूनतम ज्यालामा वृद्धि गर्नुपर्ने आवश्वकता रहेको औलाएका छन् । मजदूर संगठनहरुले आर्थिक तथा मूल्यबृद्धि र श्रम बजारको आय असमान रहेको जनाउदै आधारभूत तलव बढाउन माग गरेका छन्। त्यस्तै पुरुष कामदारको दाँजोमा महिला कामदारहरुको औषत ज्यालामा कमि देखिएको ओइसिडिको प्रतिवेदनमा पनि  उल्लेख छ ।
कोरियामा बजारमुल्य वृद्धिमा उच्चता आएसगै  त्यसले निम्न आय भएका श्रमिकहरुको जीवनयापनमा कठिनाई उत्पन्न भएको बताइएको छ l
यस वर्षको पारिश्रमिकमा ४० घण्टा कामगर्ने कामदारले न्यूनतम मासिक ११ लाख ६६ हजार २ सय २० वन पाउनेछन  (१ लख ५ हजार ७ सय ४१ रुपैयाँ) । त्यस्तै हप्तामा ४४ घण्टा काम गर्ने कामदारले १२ लाख ६१ ह्जार ८० वन पाउनेछन  (१ लाख १४ हजार ३ सय २० रुपैयाँ) ।
दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरीय जीवन र श्रमिकहरुको राय अनुसार ज्यालाको खाका तयार पारेको श्रमिकको हक अधिकारमा कृयाशील ट्रेड युनियनहरुले बताएका छन् । तलब वृद्धिले यहाँ कार्यरत आप्रवाशी कामदार र अब भित्रिने नयाँ जनशक्ति लाभान्वित हुने छन् ।
कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समिति मार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको र यस वर्ष २०१५ का लागि  न्यूनतम  ७.१ प्रतिशतले ज्याला बढाएको थियो  ।

No comments:

Post a Comment