Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, March 21, 2015

कोरियामा पत्रकार तथा समाजसेवी रमेश खावाजु र इपिएस छिन्गु सम्मानित [ फोटो फिचर सहित ]

कृष्ण पुरी , दक्षिण कोरिया 
• २१ मार्च,२०१५

दक्षिण कोरियामा नेपालीहरुलाई पत्रकारिताको साथसाथै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत विभिन्न संस्थाहरुले रमेश खावाजु तथा अरुण श्रेष्ठ( ई.पि.एस. छिन्गु ) लाई  सम्मान गरेका छन् l
गत १५ मार्च आईतबारका दिन  दिउसो १ बजे सउलको दोंदेमुन स्थित शुभेक्षा रेस्टुरेन्टमा नेपाली वेब टिभीका प्रमुख निर्देशक तथा नमस्ते नेपाल कोरिया डटकमका प्रधान सम्पादक रमेश खावाजु र कोरियामा नेपालीहरुको सहयोगी साथी ई.पी.एस.छिन्गु(अरुण श्रेष्ठ ) लाई  बिभिन्न संस्थाका प्रतिनिधिहरुले दोसल्ला ओढाई सम्मान तथा बिदाइ गरेका हुन् l सो सम्मान कार्यक्रममा वुमन फर वुमनका पुर्व अध्यक्ष तथा ब्यबसायी जुनु गुरुङ ,नेपाली सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष बल राम राना ,बाग्लुङ सम्पर्क समितिका अध्यक्ष यम श्रीस मगर , झापा मिलन समाजका बरिष्ठ उपाध्यक्ष राजु थापा ,रुपन्देही सम्पर्क समितिका सचिब कपिल न्यौपाने , ग्लोबल तेर्हथुम समाजका उपाध्यक्ष राजु लिम्बुले खादा तथा दोसल्ला ओढाई सम्मान गरेकाका थिए l त्यसै गरि जन अधिकार मंच कोरियाका अध्यक्ष सागर न्यौपाने ,पुर्व अध्यक्ष तथा ब्यबसायी दीपंक पुन , बरिष्ठ उपाध्यक्ष गणेश कालिकोटे , उपाध्यक्ष कृष्ण लामा,महासचिव लालकाजी बस्नेत ,सचिब सुशील न्यौपाने ,शिव बस्याल छेत्री ,सल्लाहकार दिलिप धिताल,प्रचार प्रसार बिभाग प्रमुख  चुडामणि अधिकारी तथा ओ. एन. एफ. कोरियाका अध्यक्ष गोबिन्द गाउले ,उपाध्यक्ष सुरेन्द्र आचार्य ,सचिब दिपेन्द्र अधिकारी ले पनि सामुहिक सम्मान तथा बिदाई  गरेका थिए l

सम्मानित दुवै जना बिगत ४ वर्षअघि देखि ई.पी.एस. मार्फत कृषि भिसामा कोरिया आएर बिभिन्न सामाजिक कार्यहरुमा सग्लग्न हुदै पत्रकारिता मार्फत विशेष सहयोग पुर्याउदै आएकोले उनीहरुको सम्मान र बिदाई भावी दिनहरुमा पनि सामाजिक कार्यमा अगाडी बढ़न हौसला प्रदान स्वरूप  गरिएको हो l
अकस्मात सबै मिलेर गरिएको सम्मान पाउदा ज्यादै खुसि र हर्षविभोर भएका रमेश खावाजुले संस्थाहरुलाई  धन्यबाद ज्ञापन गर्दै सम्मानको क्रममा छोटो कुरा राख्दै खावाजुले भने , ''दक्षिण कोरियामा काम गरेर फुर्सदको समय निकालेर निरन्तर रुपमा पत्रकारिता गर्नु निकै कठिन कार्य हो l यधपी निस्वार्थ रुपमा सबैको हितका लागि संघर्ष गरिरहे र अब नेपाल फिर्ती पश्चात् पनि फुर्सदको केहि समयमा सामाजिक परोपकार क्षेत्रमा लागि पर्ने बताएका छन ।
रमेश खावाजु 
इपिएस मार्फत २०१० जुनमा कोरियाको कृषि भिषा प्रवेश गरेका भक्तपुरका रमेश खावाजुले ४ बर्ष अघि फुर्सदको समयलाई  सदुपयोग गरि कोरियामा नेपालीहरुलाई  सहयोग पुर्याउनको लागि '' कोरियामा नेपाली साथीहरु '' तथा काम छोडेर बसेका नेपाली साथीहरुको लागि ,''कोरियामा कामको खोजि र अवसर '' र '' कोरियाको Agriculture मा काम '' फेसबुक ग्रुप बनाएर फेसबुकबाट धेरै नेपाली साथीहरुलाई  सहयोग गरेको कुरा सुनाए l यो फेसबुक ग्रुप् हालसम्म कोरियामा नेपालीहरु माझ सहयोगी तथा लोकप्रिय छन् l पछि १ बर्ष सम्म भित्री रुपमा स्व अध्ययनले इन्टरनेट मार्फत पत्रकारिता सिक्दै अनलाइन पत्रिका नमस्ते नेपाल कोरिया डट कम देखि सामुहिक रुपमा नेपाली वेब टिभी सम्म संचालन गरे l कोरिया हुन्जेल सम्म एक्लै भए नि निरन्तर रुपमा नेपालीहरुलाई  अनलाइन पत्रिका मार्फत सहयोग गर्नेछु भन्दै निरन्तर रुपमा लागेको र उक्त पत्रिका नमस्ते नेपाल कोरिया डट कममा पछिल्लो समयमा आएर   साथीहरुको  पनि सहयोग मिलेको बताए l कोरियामा नेपालीहरु प्रवेश गरेको करिब २५ बर्ष हुँदा पनि नेपालीहरुद्वारा खोलिएको कुनै अनलाइन टिभी नभएकोले एक्लै इन्टरनेटबाट लामो समय  सोधखोज पश्चात कोरियामा नेपालीहरुको पहिलो अनलाईन टिभी नेपाली वेब टिभीको अवधारणा ल्याएका हुन् l उनले उक्त प्रशंगमा जोड्दै साथीहरुले सुरुवात देखि  नेपाली वेब टिभीको संचालनमा निकै दुख गरिरहेका र कोरिया,नेपाल लगायत बिश्वभरी फैलाउने उदेश्यकासाथ  संयुक्त रुपमा सचालन गर्दै आएको बताए l यसरी एकताबद्ध भई  निरन्तर रुपमा लागिपरे  अवश्य पनि कोरियाबाट शुरु भएको नेपाली वेब टिभीले संसारभरि रहेका नेपालीहरु माझ छाप छोड्ने आशा पनि ब्यक्त गरेका छन् l

 -अरुण श्रेष्ठ( ई.पि.एस. छिन्गु )
त्यस्तै इपिएसको कृषि भिषा मार्फत २०१० जुलाईमा प्रवेश गरेका सिन्धुपाल्चोकका  अरुण श्रेष्ठ (ईपिएस छिन्गु) ले बिगत ४ बर्ष देखि काम गरेर फुर्सदको समयलाई  सदुपयोग गरी  फेसबुक मार्फत कोरिया तथा नेपालका साथीहरु ,आपत परेका गरिब दुखिहरुलाइ निस्वार्थ रुपमा सहयोग गर्दै आएको फल प्राप्त भएको बताए l सामान्य परिवारमा जन्मिएको अरुण श्रेष्ठले गरेका सहयोगी भावनाले गर्दा आज कोरियामा सबैको लोकप्रिय साथी " ईपिएस छिन्गु" नामले परिचित छन् l

अरुण श्रेष्ठले कोरियामा कमाएको केहि रकम नेपाल तथा कोरियाका असहाय रोगी ,पिडित नेपालीहरुलाई  वितरण गर्ने बताए l हालसम्म करीब रु १० लाख रकम कोरिया संकलन गरि नेपाल तथा कोरियाका बिरामी,असहायहरुलाई  सहयोग गरि सकेको इपिएस छिन्गु अरुण श्रेष्ठले बताए lउनि भन्छन सहयोग संकलन गरेर सहयोग पाउने व्यक्तिहरुले नै याद गर्नु भएको होला मैले त अधिकांश भुलिसके l हुन पनि सहयोग उपलब्ध गरेको फेहरिस्त निकै लामो छ l अनिश खालिंग राइ , भोटेबहाल बम काण्ड का पिडित बालक समिर खड्की , सेरफ गुरुङ ,सुनकोशी बाढी पिडित , जस्ता चर्चित घटनाहरुलाई उनीद्वारा निकै सहयोग संकलन भएको थियो l अन्य सानातिना सहयोग संकलन त अनगिन्ति छन् l उनको पहल लाइ साथ दिने दानी मनहरुलाई उनि हृदय देखि धन्यवाद दिन्छन l उनि भन्छन उहाहरुको म प्रतिको बिश्वास, माया र सहयोगी पनले नै मैले यति सहयोग गर्ने अवसर पाए l अब उहाहरुकै आशा र भरोशा लिएर नेपालमा गएर एउटा सस्था खोलेर बालबालिकालाई शिक्षा दिने ठुलो सपना छ l

अन्तमा  कोरियामा रहदा दुख सुखमा सहयोग गर्नुहुने सबैलाई आभार प्रकट गर्दै नेपाल फिर्ती पश्चात पनि यसरी सामाजिक परोपकारमा लाग्ने बताएका छन् l





No comments:

Post a Comment