राजु श्री | दक्षिण कोरिया
कोरियामा रहेका नेपाली र कोरिया सम्बन्धि चासो राखेर कोरिया आउन प्रयास गर्दै गरेका नेपाली युवाहरु माझ एउटा चर्चित नाम हो "ईपीएस छिन्गु " अर्थात् "ईपीएस साथी" l यी मध्ये धेरैलाई कोरियाका महामहिम राजदुतको नाम थाहा नहुन सक्छ तर" ईपीएस छिन्गु" को नाम प्राय : जसोलाई थाहा नै भएको हुनुपर्छ l
प्रबाशी जीबन प्राय : सबैको गुमनाम नै हुन्छ नियमित काम, अपरिचित ठाउँ , भाषाका कठिनाइ इत्यादी l तर सिन्धुपाल्चोक को भोटशिपा भन्ने एउटा दुर्गम ग्रामिण भेग र सामान्य परिवारमा जन्मिएको एउटा व्यक्ति अरुण श्रेष्ठ आज प्रबासमा सबैको लोकप्रिय " छिन्गु" अर्थात् साथी कसरि बन्न पुगे त ?
कोरियामा दुइ वटा कुरा अत्यन्तै अकाट्य जस्तै छ l त्यो हो "याक्सोक -बाचा " र "छिन्गु -साथी "l कोरियन हरुको "याक्सोक -बाचा" यस्तो हो चिज हो जुन कुरा उनीहरु कहिल्यै भुल्दैनन र याक्सोक मा अत्यन्तै जिम्मेवार पनि हुन्छन् l जस्तै, तपाई कुनै कोरियन संग महिनौ पछि कतै घुम्ने , खाने या उसलाई केहि दिने या उस बाट केहि लिने एकापसमा बचन गर्नु भएको छ भने त्यो उसले कहिल्यै बिर्सदैन र उ आफ्नो बचनमा प्रतिबद्द पनि हुन्छ l तर हाम्रो पद्दति अलिक फरक छ त्यो तपाई हामीलाई थाहा भएकै कुरा हो l अनि अर्को कुरा हो "छिन्गु "अर्थात् साथी l कोरियामा साथी पनि अकाट्य हुन्छ एकपटक कोरियनले एकापसमा साथी स्वीकार गरेपछि अविछिन्न हुन्छ l त्यसै ले कोरियन हरुको सिमित मात्र साथी हुन्छन् तर हाम्रो प्रचलन अनुसार आज हात मिलाएर साथी बन्यो भोलि बाटोमा भेट हुदा चिन्न गार्हो मान्ने परिपाटी यथावत छ l
ई .पी .एस .छिन्गु लाइ यो पंक्तिकारले "साथी" प्रसङ्ग कुरा झिकेर प्रश्न गर्दा कुराकानीका सुरुवात मै उनले कुटनीतिक रुपमा भने- मैले मेरो स्थान बाट मैले जानेको र सकेको अरुलाई सानो सानो सहयोग गर्दै जादा मलाई उहाहरुले "साथी "को रुपमा स्वीकार गर्नुभयो यो मेरो लागि अत्यन्तै खुसीको कुरा हो l उनि अझ थप्छन कोरिया को झन्डै ५ बर्षे बसाइ को मेरो कमाई र बचेको अमुल्य सम्पति भनेको यो पनि हो l
ब्यबस्थापनमा स्नातक गर्दै गर्दा कोरिया छिरेका छिन्गु नेपाल मा रहदा एउटा आबासीय बिद्यालय मा अंग्रेजी र कम्प्युटर विज्ञानको निम्न माध्यमिक तहको शिक्षक थिए l शिक्षक देखि प्रबाशी, हुदै परोपकारी सेवा सम्म जोडिएका छिन्गु झन्डै ५ बर्षको कोरियाको बसाइलाई अब केहि हप्तामा बिट मारेर नेपाल फर्कने तयारीमा रहेका छन् l तर उनि भन्छन जहाँ भएपनि मेरो सेवा भाब सदैब रहने छ l भूगोलको परिधिले समाजसेवा लाइ टाढा बनाउन सक्दैन इ .पी .एस .छिन्गु र समाजसेवा पर्यायबाची जस्तै भैसकेको छ l
साच्चै इ .पी .एस .छिन्गुलाई कोरियामा अत्यन्तै सहयोगी साथी मान्ने जमात उल्लेख्य रुपमा रहेको उदाहरण छन् l उनी न नेता हुन्, न कलाकार हुन् , न कुनै ब्यापारिक घरानाका सफल ब्यबसायिक नै हुन् तर फेशबुक लगायत सामाजिक संजालमा उनको साथी र फलोवर हरु दशौ हजारको संख्यामा छन् l प्रबाश मा भेट हुने नेपाली हरु उनीसंगै बसेर फोटो खिच्न मात्र पनि मरिहत्ते गर्छन त्यतिबेला उनलाई निकै ठुलो सेलिब्रेटी पो भएछु जस्तो लग्छ रे l तर
उनलाई सेलिब्रेटी बनाएको उनको निश्पक्ष्य सहयोगी भाबना ले नै हो यसमा कुनै द्वुबिधा छैन l कुनै जाति , धर्म , क्षेत्र ,लिङ्ग नभनिकन निस्वार्थ भावले सहयोग गर्ने छिन्गु कोरियामा साच्चै सेलिब्रेटी नै छन् l
एउटा स्मरण गर्न चाहन्छु गत सालको कोरियाको नया बर्ष सल्नालमा नेपालीहरुको व्यापक जमघट हुने सउल को तोन्देमुन बजारमा हिमपात सहितको त्यो मध्ये जाडोको सिमसिमे झरीमा यसो टहलिदै गर्दा म जस्तै सयौ का संख्यामा अन्य नेपालीहरु पनि उपस्थित भएका थिए l त्यहाँ सबै आफन्त संग भला कुसारी गर्ने देखि साथीभाई संगको भेटघाट सम्म, प्रबासमा झाँगिदै गएको प्रेम को समिप्यातामा रमेका ब्यस्त जोडी देखि नया ठाउ हेर्न आउने सम्मको राम्रै भिडभाड थियो l त्यो हुलमा हल्का भिज्दै अन्य एक दुई जना साथीको साथ जब इ .पी .एस .छिन्गु झुल्किय तब त्यहाको माहोल नै अर्को भइदियो l हात मिलाउने देखि सन्चो बिसन्चो सोध्ने सम्म,संगै खान खान जाऔ भन्ने देखि विभिन्न पीडित व्यक्तिहरुलाई सहयोग रकम जुटाउन सहयोग गर्दिनु भनेर अपील गर्ने सम्मको भिड लाई उनि आश्वस्त पार्दै थिए l म त्यो नेपाली हरुको भिड को आवाज र सउल मा हुन गैरहेका कार्यक्रम हरुका बारेमा कोरियाबाट प्रशारण हुने साप्ताहिक अनलाइन रेडियो हेल्लो सउल को लागि छोटो रेपोर्टिंग सहित पहिलो पटक सउल घुमघाम को अनुभवका लागि थिय र हेल्लो सउल का लागि सहकर्मी भएको नाताले एकै छिन छोटो भलाकुसारी गरेर हामी छुट्टियौ l
युवा दार्शनिक डा .योगी बिकाशानन्द का अनुसार चर्चित र लोकप्रिय शब्द अलग अलग हुन् l चर्चित शब्द अपराधिहरुमा पनि लाग्छ तर लोकप्रिय शब्द लाग्दैन त्यसैले चर्चित भन्दा लोकप्रिय बन्नु पर्छ l लोकप्रिय बने पछि चर्चित यसै भइन्छ l त्यसैले पहिला लोकप्रिय बन्ने अनि चर्चित l लोकप्रिय चर्चित बन्न केहि बिबेक प्रयोग गर्नै पर्ने उनको भनाइ रहेको छ l
त्यसो भए युवा दार्शनिक डा .योगिकै शब्दमा भन्नुपर्दा लोकप्रिय चर्चित बन्नका लागि प्रबाशमा के के गरे त इ .पी .एस .छिन्गुले ? छिन्गु भन्छन -सबै भन्दा पहिला त मैले जब इ .पी .एस .भाषा परिक्षामा सहभागी भए पश्चात सामाजिक संजाल मा इ .पी .एस .छिन्गु को नामबाट अन्य व्यक्तिहरुलाई इ .पी .एस. सम्बन्धि सामग्री हरु जस्तै श्रम सम्झौता , कम्पनी संगको सम्झौता , प्रत्येक उडान तालिका, परिक्षाका मिति तथा तलिकाहरु लगायत इ .पी. एस .कार्यालय बाट प्राप्त आधिकारिक जानकारी हरु सेयर गर्न थाले त्यो नै मेरो मुख्य प्लेटफर्म हो l
कोरिया प्रबेश गरे पश्चात माथिका कुरालाई निरन्तरता दिदै "छिन्गु" समाज सेवा र सहयोग गर्ने भावना तिर लागे l समाजसेवा मा आफ्नो हिस्सा खोज्न थाले आफ्नो कमाइ को कुल रकम बाट केहि रकम रोगि ,पिडित तथा दीन दुखि हरु लाई वितरण गर्ने अठोट गरे l तर उनि सम्झन्छन् मैले एक्लै सहयोग गरेको दुइ चार पैसाले बिरामी , दुखि , असहाय हरुलाई कति नै पुग्ला र ?
यसो भन्दै गर्दा उनलाई पिडा बोध भयको प्रष्ट झल्कन्थ्यो l तर हिम्मत नहारी आफु पनि सहयोग गर्दै र अन्य व्यक्तिबाट पनि जुटाउदै पिडित हरुलाई हस्तान्तरण गर्दै गए l जुन पिडित को नाममा सहयोग रकम संकलन गर्थे अनि त्यो रकम सम्बन्धित पिडितलाई जिम्मा लगाएको दिन सार्है खुशी दिन हुन्थ्यो रे यसो भनिरहदा उनको स्वर अझ फुलेर आउथ्यो l कोरिया प्रवेश गरे पश्चात आफ्नो व्यक्तिगत पहलबाट मात्र १० लाख नेपाली रुपौया भन्दा बढी संकलन गरेर पिडित हरुलाई बुझाएको दाबी गर्छन l उनि भन्छन सहयोग संकलन गरेर सहयोग पाउने व्यक्तिहरुले नै याद गर्नु भएको होला मैले त अधिकांश भुलिसके l हुन पनि सहयोग उपलब्ध गरेको फेहरिस्त निकै लामो छ l अनिश खालिंग राइ , भोटेबहाल बम काण्ड का पिडित बालक समिर खड्की , सेरफ गुरुङ ,सुनकोशी बाढी पिडित , जस्ता चर्चित घटना हरुलाई उनीद्वारा निकै सहयोग संकलन भएको थियो l अन्य सानातिना सहयोग संकलन त अनगिन्ति छन् l उनको पहल लाइ साथ दिने दानी मन हरुलाई उनि हृदय देखि धन्यवाद दिन्छन l उनि भन्छन उहाहरुको म प्रतिको बिश्वास, माया र सहयोगी पनले नै मैले यति सहयोग गर्ने अवसर पाए l अब उहाहरुकै आशा र भरोशा लिएर नेपालमा गएर एउटा सस्था खोलेर बालबालिकालाई शिक्षा दिने ठुलो सपना छ l
राम्रो काम गर्नेको मुल्यांकन गर्न नसक्ने हाम्रो समाजमा छिन्गु भने सन्तुष्ट नै रहेछन उनि भन्छन प्रबाशमा मेरो कामको मुल्यांकन ठिकै भएको छ l विभिन्न कार्यक्रम तथा भेटघाटमा बोलाएर मलाई अथितिको रुपमा उभ्याउने र संघ सस्था को तर्फबाट निक्कै सम्मान पाइसकेको छु यस्तो सम्मानले मलाई अझ समाजसेवामा लाग्ने हौसला प्रदान गर्दै अझ जिम्मेवारी थपिएको बोध गर्दछु l
अन्य सामान्य मानिस सरह खुशी र दुखि हुने छिन्गु लाइ एउटा दुखद घटना ले सधै पिरोलिरहन्छ l उनि कोरिया आएको एक बर्ष पुग्नेबित्तिकै आमाको असमायिक देहाबसन भयो l म संग यसो भनिरहदा छिन्गुका गला अबरुद्द भैसकेका थिय l झन्डै तीन बर्ष अगाडी मैले असर पन्ध्र को धान दिबस संगै दही चिउरा खाने प्रसंगमा मेरो आमाको जन्मदिन पनि परेको कुरा उल्लेख गरेर शेयर गर्दा छिन्गुले -राजु जी मेरो लागि चाही आज कालो दिन हो आज कै दिन मेरो आमाले हामी सबैलाई छाडेर यो भौतिक संसार पनि छोड्नु भएको हो भन्दै सम्पूर्ण सामाजिक संजालका आफ्ना फोटाहरु 'ब्ल्याक आउट' गरेका स्मरण म संग ताजै छ l
ब्यबस्थापनमा स्नातक अध्यनरत रहदै गर्दा कोरिया आइपुगेका छिन्गु नेपालमा रहदा कम्पुटर बिज्ञान र अंग्रेजी बिषयको शिक्षक भएर बालबालिकाको भबिष्य खोजिदिने गर्दथे l तर परिस्थितिका कारण छिन्गु आफ्नै भबिष्य को खोजीमा दौडिए l कोरियाको ५ बर्षे अथक मेहनतले काठमाडौँ को जोरपाटीमा एउटा सुन्दर घर जोड्न सफल भएका छिन्गु ९ महिना अघि मात्र कोरिया आएकी आफ्नो मनको प्यारीलाई निकट भविष्यमा बैधानिक रुपमा सुन्दर घरको सजावट बनाउने विचार गरेका छन् l हालको लागि कोरियालाई पूर्ण रुपमा बिदाई गर्न लागेका छिन्गु नेपालको परिस्थितिलाई मध्यनजर गरेर पुनर्विचार गर्न सकिने पनि बताउछन् l पछि जे भए पनि हालका लागि कोरियाबाट छिन्गुलाई बिदाइ गर्न उठेका हाम्रा हातहरु जति असहज बनेका छन् त्यतिनै छिन्गु अभाब खट्किने पनि प्रष्ट छ l

No comments:
Post a Comment