Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, February 2, 2015

कोरियामा आदिबासी जनजातिको भावनामा कलाकारले चोट लगाए प्रतिकार

नोगेन नेम्बाङ ,कोरिया 
नेपाल जनजाति महासंघ कोरियाले सलनाल आयोजना गर्न  लागिएको सास्कृतिक कार्यक्रमहरुमा आदिबासी जनजातिको भावनामा चोट पार्ने खालका प्रस्तुति नदिन कलाकारलाई ध्यानआकर्षण गराउन आयोजकसंग आग्रह गरेको छ |आइतबार सोलमा बसेको  महसंघको बैठकले एनआरएनद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा कलाकारलाई जनजातिको  पहिचान बिरुद्धमा कुनै प्रहसन नगर्नका  लागि  आयोजकलाई आग्रह गर्ने निर्णय गरेको हो |


बैठकको पहिलो निर्णय मै कलाकारले आदिबासी जनजातिको पहिचान,संघियता र धर्म निरपेक्षताको बिरोधमा कुनै प्रहसन,प्रस्तुति  वा भाषण गरे त्यसको शसक्त प्रतिकार हुने र त्यसको क्षति आयोजक आफैले व्यहोर्नुपर्ने पारित गरिएको छ  |यसका लागि महासंघले प्रेस बिज्ञप्ति निकाल्ने र आयोजकलाई पत्र दिने निर्णय समेत गरिएको छ |

नेपाल हाउसको ब्यबस्थान गर्न भन्दै एनआरएनले मह जोडीलगायतका कलाकारलाई आमन्त्रण गरेको छ | केहि महिनाअघि अमेरिकामा जनजातीको भावनामा चोट पर्ने गरि प्रहसन गरेको भन्दै मह जोडीलाई अवरोध आएको थियो |


महसंघको अध्यक्ष भक्त शेरचनको अध्यक्षतामा बसेको बैठकमा थकाली सेवा समाजका अध्यक्ष भरत तुलाचन,संघीय लिम्बुवान पार्टीका अध्यक्ष प्रकाश लिंगदेन ,संघीय समाजबादीका महासचिब महेन्द्र राई,किरांत याक्थुङ चुम्लुङका भीमराज चेम्जोङ, नेपाल तामाङ संघका सचिब पूर्ण मोक्तान ,किराँत राई यायोक्खाका दिनेश राई , बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ, रुपन्देही सम्पर्क समितिका अध्यक्ष प्रितम गुरुङ लगायत बिभिन्न जातीय क्षेत्रीय सस्थाका प्रतिनिधि उपस्थित रहेका थिए |


त्यस्तै बैठकले संबिधानसभाबाट पहिचानसहितको संघियता सहमतीय प्रकियाबाट नै हुनुपर्ने माग राख्दै नेपालमा पद्मरत्न तुलाधरको नेतृत्वमा चलिरहेको आदिबासी जनजाति राष्ट्रिय आन्दोलनलाई आर्थिक,नैतिक र भौतिक समर्थन गर्ने निर्णय गरेको छ |


सो बैठकले  अध्क्षय भक्त सेरचनको सयोजकत्वमा  पन्ध्र सदस्यीय आदिबासी जनजाति राष्ट्रिय आन्दोलनलाई सहयोग समिति गठन गरेको छ | समितिमा सहसंयोजक प्रकास लीङ्देन, सचिब दिनेश राइ कोषाध्यक्षमा चित्रबहादुर मोक्तान र प्रत्येक जातीय सस्थाबाट एक सदस्य रहको  छन |

No comments:

Post a Comment