Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, January 13, 2015

बिचरी माघ ८

कबिता
सि.पी.मगर
मंसिर देखिको उग्र चिसो
निमोनियाले ग्रसित ऊ
मान्छेहरु खास रोग नबुझी
सञ्चो बनाउने धाक दिदै
आन्दोलनको हिटर बालिरहेछन्
टाउको देखि शिर सम्म तताइरहेछन्
छाती भित्रै गडेको निमोनिया
कसले बुझिदिने?कसले निकालिदिने?
तर पनि बोल्दिनन् कराउदिनन्
कति निमुखा छिन्
बिचरी माघ ८
थर्रा पिएको रातमा
६०१ मान्छे भित्रकै उपजातहरु
तँछाड मछाड गर्दै
असहमति मै गर्भ बसाएछन्
भ्रुणको नाम संबिधान
राखिदिएछन्
आफैलाई थाहा छैन
म कसरी गर्भिणी भएँ
अलपत्र छिन्,उदासी छिन्
नहोस् पनि कसरी?
बिचरी माघ ८
शिशुको बारेमा मान्छेहरु
अनेक अड्कल काट्छन्
डाक्टर आउँछ सुई घोच्छ
धामी आउँछ झार फुक गर्छ
सुडेनी आउँछिन् बिस्तारै मुसार्छिन्
एक थरी भन्छ
समय मै जन्मिन्छ
अर्को थरी भन्छ
छिटो जन्मन पनि सक्छ
अझ अर्को थरी भन्छ
शिशुको हालत ठिक छैन
भाखा सार्नु पर्छ
अझै पनि अन्यौलमा छिन्
बिचरी माघ ८
जन्मनु कहाँ हो कहाँ
सबै भन्छन् त्यो बच्चा मेरो
त्यो संबिधान मेरो
मेरो जस्तो आकृति हुनु पर्छ
मेरो घरको आगनमा जन्मिनु पर्छ
कसैलाई चासो छैन
बच्चा मृत जन्मने हो की?
अप्रेशन गर्नु पर्ने हो की?
आमाले प्राण पो त्याग्ने हो की?
सुत्केरी ब्यथाले
छटपटाउन थालेकी छिन्
बिचरी माघ ८
हात गोडा सुन्निएको छ
ओठ तालु सुकेको छ
आफैलाई धिक्कार्छ
म किन पुष ८ रहिन
म किन फाल्गुण ८ भइन
संसारका सब पिडा
मै माथि किन
आमा बन्छु या बन्दिन
जीवन पाउछु की मृत्यु पाउछु
यस्तै सोच्दा सोच्दै
बेहोस भइसकेकी छिन्
बिचरी माघ ८
सि.पी.मगर
स्याङजा (दक्षिण कोरिया)

No comments:

Post a Comment