Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, January 2, 2015

परदेशी लाइफको बार्षिक उत्सबको सम्पूर्ण तयारि पुरा

बिशाल गहतराज  ,सउल, दक्षीण कोरिया 

-Best Organization Award    पनि प्रदान गरिदै :
कोरिया स्थित सक्रिय अनलाईन मिडिया परदेशी लाईफ डट कमले बर्षौ देखि संचार सम्प्रेषण गर्नुका साथै बिबिध कार्यक्रमहरुको समेत आयोजना गर्दै आइरहेको छ | हरेक बर्ष जस्तै यस बर्ष पनि बिबिध कार्यक्रम आयोजना गर्ने भएको छ |

दक्षीण कोरियामा रहेर संचार क्षेत्रमा क्रियाशील पत्रकारलाई  गत बर्ष जस्तै यस बर्ष पनि  निरन्तरता दिदै नगद र प्रमाण पत्र सहित पत्रकार सम्मानित गर्ने भयको छ | यसै गरि परोपकारी क्षेत्रमा काम गरेका संस्था लाई उत्कृस्ट संस्था यवार्ड ( Best Organization Award )  संस्था र व्यक्ति लाई परदेशी लाईफ डट कमले आफ्नो तेस्रो बार्षिक उत्सबको अवोसरमा आयोजना गर्न लागेको आयोजकले जानकारी गराएको छ |
तेस्तै गरि कोरियामा बढ्दो मृत्यु जस्ता कारणले परोपकारका बिषयमा सार्थक पहलको लागि “ कोरियामा परोपकार कोषको आवश्यकता र चुनौती “ बिषयमा  बृहत अन्तरक्रिया कार्यक्रमको समेत  संस्थाले आयोजना गरेको छ | कार्यक्रममा  कोरियाम रहनु भएका सम्पूर्ण नेपाली समुदाय उपस्थित भइ आफ्ना महत्वपुर्ण प्रतिक्रिया  प्रस्तुत गर्न हुन आयोजकले अनुरोध गरेको छ |
कार्यक्रम हुने मिति :२०१५ जनवरी ४ आइतबार
समय :बिहान ११ बजे
स्थान : नेपाल दुतावास भवन , सउल

No comments:

Post a Comment