Friday, January 16, 2015

कोरियामा पशुपालनहरुमा सचेत रहन आग्रह

कृष्ण पुरी ,दक्षिण कोरिया 
दक्षिण कोरियामा कृषि, खाद्य तथा  ग्रामीण मन्त्रालयले  गत बिहिबार  गरेको एक सर्वेक्षण अनुसार, कोरियामा केहि क्षेत्रमा पशुहरुमा खुट्टा तथा मुख मा देखिने बिबिन्न थरिका रोगहरु देखा  परेको बताएको छ l

कोरियन संचार श्रोत हेराल्डमा उल्लेख गरिएअनुसार कृषि, खाद्य तथा ग्रामीण मामिलासम्बन्धी मन्त्रालयका  अधिकारीहरूको  रोग नियन्त्रण प्रयासको बावजूद पनि  राष्ट्रव्यापी रुपमा फैलिदै आएको  र उक्त  रोग  ५० थरिका प्रायः प्रायद्वीप केन्द्रीय क्षेत्रहरुमा ,  शहर र जिल्लामा देखा परेको जनाएको छ ।
सुरक्षा अधिकारीहरुका अनुसार उत्तर चुंगचिओंग प्रदेश ग्योंग्सान प्रदेश ,दक्षिण छुन्गछङ्ग प्रदेश र ख्यंगी प्रदेश  क्षेत्रहरु प्रभावित भइरहेको हुनाले  हरेक पशुपालनहरुमा सचेत रहन आग्रह गरेका छन।

अधिकारीहरूका अनुसार उक्त रोग ४४ हजार बढी  पशुहरुमा मुख्यतया सुंगुर,गाई, भेडा र जरायो आदिमा फेला परेको पुष्टि गरेका छन्।

No comments:

Post a Comment