Tuesday, December 9, 2014

कोरियामा बिध्यार्थीहरुमा अध्ययनको अत्याधिक दबाब

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा भर्खरै गरिएको  एक सर्वेक्षण-आधारित रिपोर्ट अनुसार  प्राथमिक विद्यालयका बिध्यार्थीहरुमा अध्ययनको दबाब अत्याधिक  बढेको  छ l

फुर्सदको  समय को अभाव हुनुका साथै   स्कूलमा आफ्नो नियमित पाठ्यक्रम अध्ययन बाहेक निजि प्रशिक्षणमा धेरै जोड गरिनुले   दबाब हुन पुगेको  हो l

 बाल कोष कोरियाद्वारा  प्रकाशित रिपोर्ट अनुसार,हप्तामा  खाली समय झन्डै २५  घन्टा हुनुपर्ने चाहना हुदाहुदै पनि  तिनीहरूले  निजी शिक्षा कार्यक्रम  ट्युसन जस्ता अतिरिक्त पढाईले गर्दा बोझ बढ्न गएको हो l झन्डै ९३  प्रतिशत बिध्यार्थीहरु  यस्तो निजी इन्सिच्युट हरुमा  अभ्यास तथा   निजी ट्यूटर्स संग सिक्दै  आइरहेका छन् l औपचारिक बिध्यालयको शिक्षा बाहेक करिब ११ घण्टा हप्तामा निजी इन्सिच्युट  तथा निजी ट्यूटर्स संग बितौदै आइरहेका छन्


रिपोर्ट अनुसार बिध्यार्थीहरुको चाहनाअनुरुप  आराम गर्न पर्याप्त समय  हुनुपर्ने ,स्कूलमा गरिने  परीक्षा र गृहकार्य को संख्या कम गर्नुपर्ने, बाहिरि निजि पढाई वा निजी ट्यूटर्समा कम  समय समाबेस गरिनुपर्ने   छ, र उनीहरुलाई  खुला स्कूल-आयोजित प्रतियोगितामा  भाग लिन रुचि को स्वतन्त्रता दिनुपर्छ आदि जस्ता सुझावहरु औल्याइएको थियो ।

No comments:

Post a Comment