Tuesday, December 9, 2014

कोरियामा प्रवासी मजदुर संगठनको र्याली हुने

रोशन राइ,कोरिया-
         प्रवासी मजदुर सङ्गठन्( एम टि यु ) कोरियाले डिसेम्ब १४ आइतबार को दिन सोल ख्वङ्ह्यमुन्मा (रेल लाईन न ५,गेट न ६) र्याली गर्ने भएको छ ।

       दक्षिण कोरियामा रहेका प्रवासी मजदुरहरुको थ्वेजीकम समबन्धी नियमको खारेजी,स्वतन्त्र रुपले कम्पनी परिवर्तन र छनौट गर्न पाउनुपर्ने, कृषिमा पनि मजदुर कानून समान रुपमा लागू गरिनुपर्ने लगायतका मागहरु राख्दै बिभिन्न कार्यक्रमको साथ अन्त-राष्ट्रीय मजदुर दिवशको अवसरमा र्यालीको भब्य तयारी भएको एम टि यु कोरियाको अध्यक्ष उद,य राइले जानकारी गराए ।

  बिभिन्न सघ्-सस्थाको को ब्यक्तित्व,बुद्धी जीवि,पत्रकार्,तथा दाजुभाइ-दिदी बहिनिहरु सबैलाई उपस्थित भएर मजदुरहरुको अधिकारको लडाइमा एक हुन समेत अध्यक्ष राइले हार्दिक अनुरोध गरेका छन ।
 मीति: २०१४ डिसेम्ब १४  आइतबार
स्थान्: ख्वङ्गह्यमुन (रेल लाईन न ५, गेट न ६)
समय: दिनको ठिक २ बजे
सम्पार्क : ०१०-५६७५२०११ उदय राइ
         ०१०- ४८८३०८५७ कमल अर्याल
         ०१०- ६४६३३४५२ बाल कृष्ण बान्तावा

No comments:

Post a Comment