Saturday, December 13, 2014

नेपाली फुटवल विकासको लागि कोरियामा भब्य कन्सर्ट हुने

रमेश खावाजु ,दक्षिण कोरिया 
दक्षिण कोरियाको नया बर्ष सालनालमा राजधानी सउलमा नेपाली फुटवल विकासको लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ l
आउदो १९ फेव्रुअरी सालनालको दोश्रो दिन सउल स्थित केविएस स्पोर्टस कम्लेक्समा सेभ नेपाल फुटवल फाउन्डेसन नामक संस्थाले यो बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेका हुन् l ''हामी नेपाली'' नाम दिइएको उक्त कन्सर्टमा नेपालका चर्चित कलाकारहरु सुगम पोखरेल  , इन्दिरा जोशी ,१९७४ एडी ब्याण्ड, रामजी खाड, सम्झना लामिछाने मगर, परिना राई, आ आफ्नो प्रस्तुती देखाउनेछन् l कोरियाको थर थर  मुटु कमाउने जाडोमा ''उघ्रेको चोली छ है ,तैपनि लगाइन्छ '' भन्ने  चर्चित गीतका गायिका इन्दिरा जोशी,  भर्सताइल गायक सुगम पोखरेल , एड्रिन प्रधान ,  रामजी खाड लगायत अन्य कलाकारहरुले  कोरियाका नेपाली दर्शकहरुलाइ तताउने अनि नचाउने धेरैले अनुमान गरेका छन् l   प्रवेश शुल्क २५ हजार वन तोकिएको सो कन्सर्टलाइ कोरियाको  यसलिंक, र टवकमले स्पोन्सर गरेको छ । यस कार्यकमबाट भएको नाफाले प्रतिभा भएका गरिब बालबालिकाहरुको लागि फुटबल प्रशिक्षणमा  सहयोग गर्ने संस्थाले  नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l


 कार्यक्रममा २ महिना अघि ‘वल्र्ड चिल्ड्रेन प्राइज’ मा अनररी अवार्ड  पाउनुभएकी समाजसेवी इन्दिरा रानामगर प्रमुख अतिथिको रुपमा उपस्थिति रहनेछ l समाजसेवी रानामगर  विगत २० वर्षदेखि जेलमा रहेका बालबालिको शिक्षा र पालण पोषणका लागि काम गर्दै आएकी थिइन् l सो कार्यक्रममा नेपालका चर्चित  फुटवल खेलाडी तथा भ नेपाल फुटवल फाउन्डेसनक उपाध्यक्ष सागर थापा समेत सहभागी हुनेछ l

सेभ नेपाल फुटवल फाउन्डेसन संस्था १ बर्ष अघि नेपालमा प्रतिभा भएका असहाय ,गरिब बालबालिकाहरुलाइ शिक्षा तथा  फुटबलको प्रशिक्षण दिने उदेश्यले नेपालमा स्थापना गरिएको हो l  संस्थाले हाल नेपालमा ७ जना असहाय  बालबालिकाहरुलाइ शिक्षा तथा फुटबल प्रशिक्षण दिरहेको संस्थाका अध्यक्ष आङ टेण्डी शेर्पाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l हाल दक्षिण कोरियामा बसिरहेका शेर्पाले नेपाली फुटवल विकासको लागि कोरियामा सालनालमा '' हामी नेपाली '' बृहत कन्सर्टमा सहभागी भइदिनु हुन् कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नु भएको छ

कार्यक्रमको बिस्तृत जानकारी 
कार्यक्रम  - हामी नेपाली कन्सर्ट
स्थान - केविएस स्पोर्टस कम्लेक्स [ line   no   9   gayang  station  gate  no  8  ]
समय - दिउसो २ बजे  देखि बेलुकी ७ बजे सम्म
प्रवेश शुल्क - 25 ,000  वन

सम्पर्क 
आङ टेण्डी शेर्पा-010  6521  8848
संजय गुरुङ -010  5459  8560
संस्थाको website - http://www.savenepalfootball.org/


कार्यक्रमको प्रोमो 


No comments:

Post a Comment