रमेश खावाजु ,दक्षिण कोरिया
दक्षिण कोरियाको नया बर्ष सालनालमा राजधानी सउलमा नेपाली फुटवल विकासको लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ l
आउदो १९ फेव्रुअरी सालनालको दोश्रो दिन सउल स्थित केविएस स्पोर्टस कम्लेक्समा सेभ नेपाल फुटवल फाउन्डेसन नामक संस्थाले यो बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेका हुन् l ''हामी नेपाली'' नाम दिइएको उक्त कन्सर्टमा नेपालका चर्चित कलाकारहरु सुगम पोखरेल , इन्दिरा जोशी ,१९७४ एडी ब्याण्ड, रामजी खाड, सम्झना लामिछाने मगर, परिना राई, आ आफ्नो प्रस्तुती देखाउनेछन् l कोरियाको थर थर मुटु कमाउने जाडोमा ''उघ्रेको चोली छ है ,तैपनि लगाइन्छ '' भन्ने चर्चित गीतका गायिका इन्दिरा जोशी, भर्सताइल गायक सुगम पोखरेल , एड्रिन प्रधान , रामजी खाड लगायत अन्य कलाकारहरुले कोरियाका नेपाली दर्शकहरुलाइ तताउने अनि नचाउने धेरैले अनुमान गरेका छन् l प्रवेश शुल्क २५ हजार वन तोकिएको सो कन्सर्टलाइ कोरियाको यसलिंक, र टवकमले स्पोन्सर गरेको छ । यस कार्यकमबाट भएको नाफाले प्रतिभा भएका गरिब बालबालिकाहरुको लागि फुटबल प्रशिक्षणमा सहयोग गर्ने संस्थाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l
कार्यक्रममा २ महिना अघि ‘वल्र्ड चिल्ड्रेन प्राइज’ मा अनररी अवार्ड पाउनुभएकी समाजसेवी इन्दिरा रानामगर प्रमुख अतिथिको रुपमा उपस्थिति रहनेछ l समाजसेवी रानामगर विगत २० वर्षदेखि जेलमा रहेका बालबालिको शिक्षा र पालण पोषणका लागि काम गर्दै आएकी थिइन् l सो कार्यक्रममा नेपालका चर्चित फुटवल खेलाडी तथा भ नेपाल फुटवल फाउन्डेसनक उपाध्यक्ष सागर थापा समेत सहभागी हुनेछ l
सेभ नेपाल फुटवल फाउन्डेसन संस्था १ बर्ष अघि नेपालमा प्रतिभा भएका असहाय ,गरिब बालबालिकाहरुलाइ शिक्षा तथा फुटबलको प्रशिक्षण दिने उदेश्यले नेपालमा स्थापना गरिएको हो l संस्थाले हाल नेपालमा ७ जना असहाय बालबालिकाहरुलाइ शिक्षा तथा फुटबल प्रशिक्षण दिरहेको संस्थाका अध्यक्ष आङ टेण्डी शेर्पाले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l हाल दक्षिण कोरियामा बसिरहेका शेर्पाले नेपाली फुटवल विकासको लागि कोरियामा सालनालमा '' हामी नेपाली '' बृहत कन्सर्टमा सहभागी भइदिनु हुन् कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नु भएको छ
कार्यक्रमको बिस्तृत जानकारी
कार्यक्रम - हामी नेपाली कन्सर्ट
स्थान - केविएस स्पोर्टस कम्लेक्स [ line no 9 gayang station gate no 8 ]
समय - दिउसो २ बजे देखि बेलुकी ७ बजे सम्म
प्रवेश शुल्क - 25 ,000 वन
सम्पर्क
आङ टेण्डी शेर्पा-010 6521 8848
संजय गुरुङ -010 5459 8560
संस्थाको website - http://www.savenepalfootball.org/

कार्यक्रमको प्रोमो

No comments:
Post a Comment