Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, December 17, 2014

कोरियामा युवा निर्देशक सुमन पुनको '' हामि नेपाली '' सर्ट मुभिज सार्वजनिक [ भिडियो ]

रमेश खावाजु ,  गोङजु , दक्षिण कोरिया 
१७,डिसेम्बर 
दक्षिण कोरियामा बहुप्रतिभाशाली युवा निर्देशक सुमन पुनद्वारा काम गरेर फुर्सदको समयलाइ सदुपयोग गर्दै निर्माण गरेको  रमाइलो सर्ट मुभिज '' हामी नेपाली'' सार्वजनिक भएको छ l

''हामि नेपाली '' सर्ट मुभिज दक्षिण कोरियाको गोङजु [ Gongju  ] मा कार्यरत केहि उत्साहित युवाहरु मिलेर सुमन पुनको नेतृत्वमा  निर्माण गरेका हुन् l पुनहिल प्रोडक्सनद्वारा निर्माण गरिएको ''हामि नेपाली'' सर्ट मुभिजमा  मुख्य अभिनय चन्द्र कुँवरले गरेका छन् l अन्य कलाकारहरुमा  पछु राइ ,कृष्ण न्यौपाने र अरुण कंडेल रहेका छन्  l सो शर्ट मुभिजमा भिडियो सपादन , क्यामेरा म्यान ,लेखन स्वयं निर्देशक सुमन पुनले गरेका हुन् l उक्त शर्ट मुभिजको सम्पूर्ण छायांकन  गोङजुमा गरेका हुन् 

सुमन पुनद्वारा यस अघि पनि निर्देशन गरेको  '' पैसा '' र ''रिस'' सर्ट मुभिज नेपालीहरुले निकै रुचाएका थिए l देवदह  ११ , रुपन्देहीका  सुमन पुन ३ बर्ष अघि इपिएस मार्फत दक्षिण कोरियामा प्रवेश गरेका हुन् l
  संदेशमुलक  तथा रमाइलो शर्ट मुभिज बनाउन रुचाउने  पुनले आउदा दिनहरुमा कोरिया अन्य प्रवासमा रहेका नेपालीहरुलाइ मध्यनजर गरेर सर्ट मुभिज निर्माण गर्ने नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l

No comments:

Post a Comment