Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, December 17, 2014

सलनालको सांस्कृतिक कार्यक्रमको लागि चुम्लुङले कलाकार छान्यो

सन्त लिम्बु, 
 दक्षिण कोरिया - किराँत याक्थुङ चुम्लुङ कोरियाले २०१५ को  सलनालमा आयोजना गर्ने सास्कृतिक कार्यक्रमका लागि कलाकार छनौट पूरा गरेको छ |चुम्लुङले  फेब्रुवरी १८ मा गर्ने कार्यक्रमका लागि  गत सोमबार कलाकारको छनौट पुरा गरेको हो |

छनौटमा परेका कलाकार ६ जना रहेका छन् | चुम्लुङका अध्यक्ष भीम चेम्जोङका अनुसार मिस नेपाल सुबिन लिम्बु सहित बिभिन्न विधाका कलाकार कोरिया आउन लागेका हुन् | अन्य कलाकार मध्ये प्रसिद्ध लोक गायक पशुपति शर्मा, पप तथा रक गायिका आस्था राउत ,  क्वीन मेलोडी नामले चिनिएकी श्रेयसी चेम्जोङ,हट डान्सर रष्मी तामाङ र हास्य कलाकार तक्मे बुढा ( विल्सन बिक्रम राई ) रहेका छन् |

कार्यक्रममा मिस नेपाल लिम्बुले गायन तथा नृत्य प्रस्तुत गर्नुका साथै कोरियामा रहेका नेपाली समुदाय समक्ष मिस वल्डमा सहभागी हुँदाको अनुभव पनि सुनाउने छिन |

चुम्लुङले २ हप्ता अघि नै हलको व्यवस्था गरिसकेको छ | उसले फेब्रुवरी १८ का लागि संसार मै  चिनिएको गाङनाममा रहेको 'लभ अफ कल्चर हल' मा ब्यबस्थानसंग सम्झौता गरेको हो |२ नम्बर ट्रेन लाईनको सच्छो स्टेशनबाट ३ नो गेट कै अगाडी हल रहेको छ |त्यसैगरि चुम्लुङले आउदो आइतबार सोलमा बिशेष कार्यक्रम आयोजना गरि पोस्टर र हल सार्बजनिक गर्ने भएको छ |

ताप्लेजुङ जिल्ला अस्पतालमा एम्बुलेन्स किन्न, पांचथर र इलामको सिमानामा रहेको राँके भन्ज्याङमा भएको आगलागी पिडितको सहयोग गर्न र लिम्बु भाषाको पाठ्यक्रम विकासमा सहयोग गर्न चुम्लुङले सास्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो |

चुम्लुङले एनआरएन कोरियाद्वारा प्रस्ताब गरिएको नेपाल हाउसलाई समेत मुनाफाको केहि प्रतिशत दिने जनाएको छ | चुम्लुङले २०११ मा आयोजना गरेको सास्कृतिक कार्यक्रमबाट प्राप्त मुनाफा समेत नेपाल हाउसलाई   १० लाख वन सहयोग गरेको थियो |

No comments:

Post a Comment