Sunday, December 7, 2014

दक्षिण कोरिया छिर्ने बितिक्कै १ वर्ष बुढो हुने

कृष्ण पुरी, नमस्ते नेपाल कोरिया संवाददाता  
डिसेम्बर  ८   ,२०१४
दक्षिण कोरियाको केहि  गजब तथ्य
 दक्षिण कोरिया एक अनौठो देश , आश्चर्ययुक्त  सस्कार -सस्कृति ,बिकास, मानिसहरुको ब्यबहार ,रहनसहन आदि कारणले  सबैको आकर्षण र भ्रमणमा   ध्यान भएकै  हुन्छ। यो देश  संसारको १२  औं ठूलो व्यापारिक राष्ट्र हो l यधपी अझै अदृष्य रुपमा जापानी उपनिवेशवाद,  र उत्तर कोरियाको  धम्की अस्तित्वमा रही आएको  छ। कोरिया  हरेक देशमा प्रयोग गर्ने  एलजी टिभी , हुन्डाई कार र स्याम्सुंग  फोन उत्पादन आदिमा प्रचलित छ ।यहाको  के -पप स्टार संगीतले  एक समयमा संसारमा  तहल्का दिइरहेको थियो भने अझै फिल्म निर्माणमा  विश्वव्यापी प्रशंसा प्राप्त गरिरहेको छ l

यहाँ भएका तर  हरेक देश भन्दा अलि भिन्न चलन ,केहि  गजब तथ्यहरु  ब्यक्त गर्न खोजिएको छ ।

१.  उमेर /एक वर्ष बुढो हुनु मान्यता 
  कोरियामा एक बच्चा जन्मेबितिक्कै  उसको उमेर एक वर्ष भएको मानिन्छ भने अन्य देशको सस्कृतिमा शुन्य वर्ष मानिन्छ l हरेक देशका नागरिक यहाँ प्रवेश गर्ने बितिक्कै यहाको मान्यता अनुसार  १ वर्ष अझै उमेर बढी आर्थात बुढो भएको आभास गर्नुपर्ने हुन्छ l साथै नया साल फेरिए पछी लगत्तै उमेर पनि थपिने चलन छ न कि आफ्नो जन्म महिनामा उमेर  फेरिनु नभएर  साल फेरिनासाथ उमेर  बढ्छ भन्ने मान्यता छ l

. फास्ट फुड डेलिभरी प्रणाली / जी मार्केट अनलाइन प्रणाली :-
 दक्षिण कोरियामा  खाध्य रेस्टुरेन्ट हरुबाट  तथा खाध्य बितरण केन्द्रबाट अडर अनुसार खाना आवस्यक   स्थानमै समयमै डेलिभरी गरिने सरल,सुलभ र छिटो छरितो हुने  ब्यबस्था रहेको छ l  गुणस्तरयुक्त मिति नसकिएको ताजा खानेकुरा सेवा गरिने र हरेक कम्पनी , कार्यालयहरुमा उच्च पदका व्यक्ति , कामदार, ककर्मचारी  सबैका लागि एकै खालको समान स्तरीय भोजन ब्यबस्था गरिएको हुन्छ l

जी मार्केट अनलाइन प्रणाली दक्षिण कोरियामा प्राय अन्य बिकसित देशसग  मिल्ने नै भएपनि यहाका प्राय ब्यापार प्रणालीहरु नाफामुखी भन्दा सेवामुखी, गुणस्तरीयता र बिस्वश्नीय  रहेको छ l
 अनलाइन मार्फत सामान  सस्तोमा किनबेच ,घर ,कोठा सर्नुपर्दा साथै अन्य हरेक सेवा सुबिधामा सरल खालको प्रक्रिया, प्रविधिले अत्यन्तै समयको बचत, सहज र छिटो गर्न सकिने हुन्छ l

३. पुरुष मेकअप 
 दक्षिण कोरियाली पुरुषहरु  कस्मेटिक्स तथा  मेकअपमा धेरै जसो पैसा खर्च गर्ने गर्दछन जुन महिलाको  दाजोमा अप्रत्यक्ष र थोरै खर्च गर्ने  भएतापनि कोरियन पुरुषहरु जवान र स्मार्ट देखिनका लागि यस्तो गरिरहेका हुन्छन l कोरियामा  काम बजार अत्यन्तै प्रतिस्पर्धात्मक छ, र मेकअप ले आफ्नो पर्सोनालिटी र प्रभाब आकर्षण आदिमा काम साक्षात्कारमा राम्रो छाप बनाउन चाहन्छन्।

४. माटो तथा हिलोमा खेलिने पर्ब /फेस्टिभल 

नेपालमा असार १५ को मिल्दोजुल्दो तथा होलि पर्वमा रंगहरु खेलिने झैँ अन्य देशभन्दा पृथक  माटो, हिलोमा खेल्ने  प्रतियोगिता, माटो मसाज, माटो फोटो प्रतियोगिता, माटो म्याराथन दौड आदि र मनोरंजन आदिका अभिप्रायले यो निकै  रोमान्चक रहेको छ l

५.  रोबर्टबाट  सिकाइ तथा प्रशिक्षण पद्धति / स्वचालित यन्त्र 


रिमोट कन्ट्रोल को माध्यमबाट बच्चाहरुलाई केहि कुराहरु निर्देशन अनुसार भिज्युअलाइजेसन् गर्न , सिकाउन, प्रदर्शन गर्न तथा केहि अन्य प्रबिधि हरुको उदाहरण व्यक्त गरि अभ्यास गराउदा रोबर्ट , गुडिया आदि प्रयोग  र   सार्बजनिक ठाउहरुमा ,सवारी साधन , मानिसहरुको आवतजावत स्थानमा अटोमाटिक मशिन बाट स्वागत तथा स्वचालित  प्रणाली रहेको छ जहाँ मान्छे बसेर काम गर्नुको साटो रोबर्ट , मशिन् द्वारा नै काम  हुन्छ l

६. भ्यालेन्टाइन डे / रोमान्टिक डे

 हरेक भ्यालेन्टाइन डे तथा अन्य रोमान्टिक डे हरुको हरेक देशमा आआफ्नै चलन छ  तर प्राय तात्पर्य एकै  खालको रहेको हुन्छ l भ्यालेन्टाइन दिवसमा प्राय मुलुकमा केटा अर्थात प्रेमीले प्रेमिकालाई फुल, उपहार  दिनुपर्ने  भावाना अनुरुप छ  तर कोरियामा भने केटि /प्रेमिकानै यस बिषयमा सोच्नुपर्ने  जिम्मेवारी र उपहार दिनुपर्ने भावानानुरुपको  चलन रहेको छ l

७. प्रख्यात व्यक्ति /  अपराधी 
यहाँ कुनै व्यक्ति रास्ट्रको उच्च तह वा पदमा जस्तै रास्ट्रपति , प्रधानमन्त्री, .मन्त्रि  आदि हुदा विभिन्न तवरले सम्मान गरिन्छ तर एउटा भिन्न सम्मान गर्ने  चलन नया जुत्ताको माला उक्त बिजयी पदमा पुगेको व्यक्तिलाई कहिलेकाही लगाइदिने रहेको छ , यो चलन अन्य देशमा अपराध तथा कुकार्य गर्नेलाई मात्र लगाइन्छ तर यहाको सस्कार ,मान्यतानुसार  उक्त व्यक्ति धेरै सफल यात्रा निडर भएर गन्तब्यमा साहसिक असल  कार्य गर्दै कहिले नथाक्ने संकेत स्वरूप रहेको छ l

अर्को तथ्य  भ्रस्टाचार,  बलत्कार ,अपराधिक घटनामा समाबेश भएका व्यक्तिलाई पत्र पत्रिका ,टिभी आदि बाट सार्बजनिक गर्ने  चलन छ  यसकारण उक्त घटना  परिस्थितिमा झनै अपमानजनक बनाउन र अन्य व्यक्तिहरुले यस्ता कुकार्य नगरुन भनेर सचेत स्वरूप गरिएको केहि बिरोधका बाद्जुद पनि  मान्यतामा  रहिआएको छ l
८. संसारमै सबैभन्दा ठुलो मानिसहरुको उपस्थिती  चर्च अवस्थित :-
विश्वको ठुलो भवन नभएतापनि मानिसहरुको उच्च उपस्थितिले सउलमा रहेको गोस्पेल चर्च ज्यादै  उल्लेख्य रहेको छ , कुनै पनि निश्चित बिसेष अवसरमा आइतबार, विश्वासी चर्च फल्लोवर्स(क्रिश्चियनहरू) झन्डै २ लाखको हाराहारीमा  उपस्थिती  जनाउछन अझै बिसेस समारोहमा लाखौको संख्यामा भेला हुन्छन भने  सिट उपलब्ध नभएका मानिसहरु  अन्य भवनहरु र क्षेत्रबाट चर्चहरूमा टिभीमा उक्त  कार्यक्रम धेरै भाषामा अनुबाद गरि  प्रत्यक्ष हेरिरहेका हुन्छन l

No comments:

Post a Comment