कृष्ण पुरी, नमस्ते नेपाल कोरिया संवाददाता
डिसेम्बर ८ ,२०१४
दक्षिण कोरिया एक अनौठो देश , आश्चर्ययुक्त सस्कार -सस्कृति ,बिकास, मानिसहरुको ब्यबहार ,रहनसहन आदि कारणले सबैको आकर्षण र भ्रमणमा ध्यान भएकै हुन्छ। यो देश संसारको १२ औं ठूलो व्यापारिक राष्ट्र हो l यधपी अझै अदृष्य रुपमा जापानी उपनिवेशवाद, र उत्तर कोरियाको धम्की अस्तित्वमा रही आएको छ। कोरिया हरेक देशमा प्रयोग गर्ने एलजी टिभी , हुन्डाई कार र स्याम्सुंग फोन उत्पादन आदिमा प्रचलित छ ।यहाको के -पप स्टार संगीतले एक समयमा संसारमा तहल्का दिइरहेको थियो भने अझै फिल्म निर्माणमा विश्वव्यापी प्रशंसा प्राप्त गरिरहेको छ l
यहाँ भएका तर हरेक देश भन्दा अलि भिन्न चलन ,केहि गजब तथ्यहरु ब्यक्त गर्न खोजिएको छ ।
१. उमेर /एक वर्ष बुढो हुनु मान्यता
कोरियामा एक बच्चा जन्मेबितिक्कै उसको उमेर एक वर्ष भएको मानिन्छ भने अन्य देशको सस्कृतिमा शुन्य वर्ष मानिन्छ l हरेक देशका नागरिक यहाँ प्रवेश गर्ने बितिक्कै यहाको मान्यता अनुसार १ वर्ष अझै उमेर बढी आर्थात बुढो भएको आभास गर्नुपर्ने हुन्छ l साथै नया साल फेरिए पछी लगत्तै उमेर पनि थपिने चलन छ न कि आफ्नो जन्म महिनामा उमेर फेरिनु नभएर साल फेरिनासाथ उमेर बढ्छ भन्ने मान्यता छ l
२. फास्ट फुड डेलिभरी प्रणाली / जी मार्केट अनलाइन प्रणाली :-
दक्षिण कोरियामा खाध्य रेस्टुरेन्ट हरुबाट तथा खाध्य बितरण केन्द्रबाट अडर अनुसार खाना आवस्यक स्थानमै समयमै डेलिभरी गरिने सरल,सुलभ र छिटो छरितो हुने ब्यबस्था रहेको छ l गुणस्तरयुक्त मिति नसकिएको ताजा खानेकुरा सेवा गरिने र हरेक कम्पनी , कार्यालयहरुमा उच्च पदका व्यक्ति , कामदार, ककर्मचारी सबैका लागि एकै खालको समान स्तरीय भोजन ब्यबस्था गरिएको हुन्छ l
जी मार्केट अनलाइन प्रणाली दक्षिण कोरियामा प्राय अन्य बिकसित देशसग मिल्ने नै भएपनि यहाका प्राय ब्यापार प्रणालीहरु नाफामुखी भन्दा सेवामुखी, गुणस्तरीयता र बिस्वश्नीय रहेको छ l
अनलाइन मार्फत सामान सस्तोमा किनबेच ,घर ,कोठा सर्नुपर्दा साथै अन्य हरेक सेवा सुबिधामा सरल खालको प्रक्रिया, प्रविधिले अत्यन्तै समयको बचत, सहज र छिटो गर्न सकिने हुन्छ l
३. पुरुष मेकअप
दक्षिण कोरियाली पुरुषहरु कस्मेटिक्स तथा मेकअपमा धेरै जसो पैसा खर्च गर्ने गर्दछन जुन महिलाको दाजोमा अप्रत्यक्ष र थोरै खर्च गर्ने भएतापनि कोरियन पुरुषहरु जवान र स्मार्ट देखिनका लागि यस्तो गरिरहेका हुन्छन l कोरियामा काम बजार अत्यन्तै प्रतिस्पर्धात्मक छ, र मेकअप ले आफ्नो पर्सोनालिटी र प्रभाब आकर्षण आदिमा काम साक्षात्कारमा राम्रो छाप बनाउन चाहन्छन्।
४. माटो तथा हिलोमा खेलिने पर्ब /फेस्टिभल
नेपालमा असार १५ को मिल्दोजुल्दो तथा होलि पर्वमा रंगहरु खेलिने झैँ अन्य देशभन्दा पृथक माटो, हिलोमा खेल्ने प्रतियोगिता, माटो मसाज, माटो फोटो प्रतियोगिता, माटो म्याराथन दौड आदि र मनोरंजन आदिका अभिप्रायले यो निकै रोमान्चक रहेको छ l
५. रोबर्टबाट सिकाइ तथा प्रशिक्षण पद्धति / स्वचालित यन्त्र
रिमोट कन्ट्रोल को माध्यमबाट बच्चाहरुलाई केहि कुराहरु निर्देशन अनुसार भिज्युअलाइजेसन् गर्न , सिकाउन, प्रदर्शन गर्न तथा केहि अन्य प्रबिधि हरुको उदाहरण व्यक्त गरि अभ्यास गराउदा रोबर्ट , गुडिया आदि प्रयोग र सार्बजनिक ठाउहरुमा ,सवारी साधन , मानिसहरुको आवतजावत स्थानमा अटोमाटिक मशिन बाट स्वागत तथा स्वचालित प्रणाली रहेको छ जहाँ मान्छे बसेर काम गर्नुको साटो रोबर्ट , मशिन् द्वारा नै काम हुन्छ l
६. भ्यालेन्टाइन डे / रोमान्टिक डे
हरेक भ्यालेन्टाइन डे तथा अन्य रोमान्टिक डे हरुको हरेक देशमा आआफ्नै चलन छ तर प्राय तात्पर्य एकै खालको रहेको हुन्छ l भ्यालेन्टाइन दिवसमा प्राय मुलुकमा केटा अर्थात प्रेमीले प्रेमिकालाई फुल, उपहार दिनुपर्ने भावाना अनुरुप छ तर कोरियामा भने केटि /प्रेमिकानै यस बिषयमा सोच्नुपर्ने जिम्मेवारी र उपहार दिनुपर्ने भावानानुरुपको चलन रहेको छ l
७. प्रख्यात व्यक्ति / अपराधी
यहाँ कुनै व्यक्ति रास्ट्रको उच्च तह वा पदमा जस्तै रास्ट्रपति , प्रधानमन्त्री, .मन्त्रि आदि हुदा विभिन्न तवरले सम्मान गरिन्छ तर एउटा भिन्न सम्मान गर्ने चलन नया जुत्ताको माला उक्त बिजयी पदमा पुगेको व्यक्तिलाई कहिलेकाही लगाइदिने रहेको छ , यो चलन अन्य देशमा अपराध तथा कुकार्य गर्नेलाई मात्र लगाइन्छ तर यहाको सस्कार ,मान्यतानुसार उक्त व्यक्ति धेरै सफल यात्रा निडर भएर गन्तब्यमा साहसिक असल कार्य गर्दै कहिले नथाक्ने संकेत स्वरूप रहेको छ l
अर्को तथ्य भ्रस्टाचार, बलत्कार ,अपराधिक घटनामा समाबेश भएका व्यक्तिलाई पत्र पत्रिका ,टिभी आदि बाट सार्बजनिक गर्ने चलन छ यसकारण उक्त घटना परिस्थितिमा झनै अपमानजनक बनाउन र अन्य व्यक्तिहरुले यस्ता कुकार्य नगरुन भनेर सचेत स्वरूप गरिएको केहि बिरोधका बाद्जुद पनि मान्यतामा रहिआएको छ l
८. संसारमै सबैभन्दा ठुलो मानिसहरुको उपस्थिती चर्च अवस्थित :-
विश्वको ठुलो भवन नभएतापनि मानिसहरुको उच्च उपस्थितिले सउलमा रहेको गोस्पेल चर्च ज्यादै उल्लेख्य रहेको छ , कुनै पनि निश्चित बिसेष अवसरमा आइतबार, विश्वासी चर्च फल्लोवर्स(क्रिश्चियनहरू) झन्डै २ लाखको हाराहारीमा उपस्थिती जनाउछन अझै बिसेस समारोहमा लाखौको संख्यामा भेला हुन्छन भने सिट उपलब्ध नभएका मानिसहरु अन्य भवनहरु र क्षेत्रबाट चर्चहरूमा टिभीमा उक्त कार्यक्रम धेरै भाषामा अनुबाद गरि प्रत्यक्ष हेरिरहेका हुन्छन l
डिसेम्बर ८ ,२०१४
दक्षिण कोरियाको केहि गजब तथ्य
दक्षिण कोरिया एक अनौठो देश , आश्चर्ययुक्त सस्कार -सस्कृति ,बिकास, मानिसहरुको ब्यबहार ,रहनसहन आदि कारणले सबैको आकर्षण र भ्रमणमा ध्यान भएकै हुन्छ। यो देश संसारको १२ औं ठूलो व्यापारिक राष्ट्र हो l यधपी अझै अदृष्य रुपमा जापानी उपनिवेशवाद, र उत्तर कोरियाको धम्की अस्तित्वमा रही आएको छ। कोरिया हरेक देशमा प्रयोग गर्ने एलजी टिभी , हुन्डाई कार र स्याम्सुंग फोन उत्पादन आदिमा प्रचलित छ ।यहाको के -पप स्टार संगीतले एक समयमा संसारमा तहल्का दिइरहेको थियो भने अझै फिल्म निर्माणमा विश्वव्यापी प्रशंसा प्राप्त गरिरहेको छ lयहाँ भएका तर हरेक देश भन्दा अलि भिन्न चलन ,केहि गजब तथ्यहरु ब्यक्त गर्न खोजिएको छ ।
१. उमेर /एक वर्ष बुढो हुनु मान्यता
कोरियामा एक बच्चा जन्मेबितिक्कै उसको उमेर एक वर्ष भएको मानिन्छ भने अन्य देशको सस्कृतिमा शुन्य वर्ष मानिन्छ l हरेक देशका नागरिक यहाँ प्रवेश गर्ने बितिक्कै यहाको मान्यता अनुसार १ वर्ष अझै उमेर बढी आर्थात बुढो भएको आभास गर्नुपर्ने हुन्छ l साथै नया साल फेरिए पछी लगत्तै उमेर पनि थपिने चलन छ न कि आफ्नो जन्म महिनामा उमेर फेरिनु नभएर साल फेरिनासाथ उमेर बढ्छ भन्ने मान्यता छ l
२. फास्ट फुड डेलिभरी प्रणाली / जी मार्केट अनलाइन प्रणाली :-
दक्षिण कोरियामा खाध्य रेस्टुरेन्ट हरुबाट तथा खाध्य बितरण केन्द्रबाट अडर अनुसार खाना आवस्यक स्थानमै समयमै डेलिभरी गरिने सरल,सुलभ र छिटो छरितो हुने ब्यबस्था रहेको छ l गुणस्तरयुक्त मिति नसकिएको ताजा खानेकुरा सेवा गरिने र हरेक कम्पनी , कार्यालयहरुमा उच्च पदका व्यक्ति , कामदार, ककर्मचारी सबैका लागि एकै खालको समान स्तरीय भोजन ब्यबस्था गरिएको हुन्छ l
जी मार्केट अनलाइन प्रणाली दक्षिण कोरियामा प्राय अन्य बिकसित देशसग मिल्ने नै भएपनि यहाका प्राय ब्यापार प्रणालीहरु नाफामुखी भन्दा सेवामुखी, गुणस्तरीयता र बिस्वश्नीय रहेको छ l
अनलाइन मार्फत सामान सस्तोमा किनबेच ,घर ,कोठा सर्नुपर्दा साथै अन्य हरेक सेवा सुबिधामा सरल खालको प्रक्रिया, प्रविधिले अत्यन्तै समयको बचत, सहज र छिटो गर्न सकिने हुन्छ l
३. पुरुष मेकअप
दक्षिण कोरियाली पुरुषहरु कस्मेटिक्स तथा मेकअपमा धेरै जसो पैसा खर्च गर्ने गर्दछन जुन महिलाको दाजोमा अप्रत्यक्ष र थोरै खर्च गर्ने भएतापनि कोरियन पुरुषहरु जवान र स्मार्ट देखिनका लागि यस्तो गरिरहेका हुन्छन l कोरियामा काम बजार अत्यन्तै प्रतिस्पर्धात्मक छ, र मेकअप ले आफ्नो पर्सोनालिटी र प्रभाब आकर्षण आदिमा काम साक्षात्कारमा राम्रो छाप बनाउन चाहन्छन्।
४. माटो तथा हिलोमा खेलिने पर्ब /फेस्टिभल
नेपालमा असार १५ को मिल्दोजुल्दो तथा होलि पर्वमा रंगहरु खेलिने झैँ अन्य देशभन्दा पृथक माटो, हिलोमा खेल्ने प्रतियोगिता, माटो मसाज, माटो फोटो प्रतियोगिता, माटो म्याराथन दौड आदि र मनोरंजन आदिका अभिप्रायले यो निकै रोमान्चक रहेको छ l
५. रोबर्टबाट सिकाइ तथा प्रशिक्षण पद्धति / स्वचालित यन्त्र
रिमोट कन्ट्रोल को माध्यमबाट बच्चाहरुलाई केहि कुराहरु निर्देशन अनुसार भिज्युअलाइजेसन् गर्न , सिकाउन, प्रदर्शन गर्न तथा केहि अन्य प्रबिधि हरुको उदाहरण व्यक्त गरि अभ्यास गराउदा रोबर्ट , गुडिया आदि प्रयोग र सार्बजनिक ठाउहरुमा ,सवारी साधन , मानिसहरुको आवतजावत स्थानमा अटोमाटिक मशिन बाट स्वागत तथा स्वचालित प्रणाली रहेको छ जहाँ मान्छे बसेर काम गर्नुको साटो रोबर्ट , मशिन् द्वारा नै काम हुन्छ l
६. भ्यालेन्टाइन डे / रोमान्टिक डे
हरेक भ्यालेन्टाइन डे तथा अन्य रोमान्टिक डे हरुको हरेक देशमा आआफ्नै चलन छ तर प्राय तात्पर्य एकै खालको रहेको हुन्छ l भ्यालेन्टाइन दिवसमा प्राय मुलुकमा केटा अर्थात प्रेमीले प्रेमिकालाई फुल, उपहार दिनुपर्ने भावाना अनुरुप छ तर कोरियामा भने केटि /प्रेमिकानै यस बिषयमा सोच्नुपर्ने जिम्मेवारी र उपहार दिनुपर्ने भावानानुरुपको चलन रहेको छ l
७. प्रख्यात व्यक्ति / अपराधी
यहाँ कुनै व्यक्ति रास्ट्रको उच्च तह वा पदमा जस्तै रास्ट्रपति , प्रधानमन्त्री, .मन्त्रि आदि हुदा विभिन्न तवरले सम्मान गरिन्छ तर एउटा भिन्न सम्मान गर्ने चलन नया जुत्ताको माला उक्त बिजयी पदमा पुगेको व्यक्तिलाई कहिलेकाही लगाइदिने रहेको छ , यो चलन अन्य देशमा अपराध तथा कुकार्य गर्नेलाई मात्र लगाइन्छ तर यहाको सस्कार ,मान्यतानुसार उक्त व्यक्ति धेरै सफल यात्रा निडर भएर गन्तब्यमा साहसिक असल कार्य गर्दै कहिले नथाक्ने संकेत स्वरूप रहेको छ l
अर्को तथ्य भ्रस्टाचार, बलत्कार ,अपराधिक घटनामा समाबेश भएका व्यक्तिलाई पत्र पत्रिका ,टिभी आदि बाट सार्बजनिक गर्ने चलन छ यसकारण उक्त घटना परिस्थितिमा झनै अपमानजनक बनाउन र अन्य व्यक्तिहरुले यस्ता कुकार्य नगरुन भनेर सचेत स्वरूप गरिएको केहि बिरोधका बाद्जुद पनि मान्यतामा रहिआएको छ l
८. संसारमै सबैभन्दा ठुलो मानिसहरुको उपस्थिती चर्च अवस्थित :-
विश्वको ठुलो भवन नभएतापनि मानिसहरुको उच्च उपस्थितिले सउलमा रहेको गोस्पेल चर्च ज्यादै उल्लेख्य रहेको छ , कुनै पनि निश्चित बिसेष अवसरमा आइतबार, विश्वासी चर्च फल्लोवर्स(क्रिश्चियनहरू) झन्डै २ लाखको हाराहारीमा उपस्थिती जनाउछन अझै बिसेस समारोहमा लाखौको संख्यामा भेला हुन्छन भने सिट उपलब्ध नभएका मानिसहरु अन्य भवनहरु र क्षेत्रबाट चर्चहरूमा टिभीमा उक्त कार्यक्रम धेरै भाषामा अनुबाद गरि प्रत्यक्ष हेरिरहेका हुन्छन l


No comments:
Post a Comment