Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, November 14, 2014

कोरियामा नेपाली महिलाहरुको समस्या समाधानको लागि लागिरहनेछु - मल्लिका थकाली

रमेश खावाजु ,दक्षिण कोरिया 
इपिएस मार्फत दक्षिण कोरियामा प्रवेश गर्ने नेपाली महिलाहरुको बृदीसंगै समस्याहरु पनि बिस्तारै बढ्दै गईरहेका छन् l करीब २ हजार भन्दा बढी नेपाली महिलाहरु कोरियामा प्रवेश गरिसकेका छन् l धेरै जसो इपिएस मार्फत प्रवेस  गरेका महिलाहरु छन् भने , वैवाहिक सम्बन्ध र सानो संख्यामा मात्र व्यपारी तथा विद्यार्थीको रुपमा रहेका छन्।कम्पनीको कडा काम . अपहेलना तथा अन्य बिभिन्न् कारणले गर्दा मानसिक तनाब भोगिरहेका धेरै महिलाहरु छन् l  ति मध्य कृषि  तथा वैवाहिक भिषामा आउने नेपाली महिलाहरुको समस्या धेरै छन् l

कोरियामा  महिलाहरुको  समस्याहरु महिलाहरु नै मिलेर गर्नुपर्छ भन्ने नाराका साथ सन् २०१० मा सउलमा   वोमेन फर वोमेनको संस्था स्थापना गरेका छन् l संस्थाले महिलाहरुलाइ एकजुट बनाइ  दुखमा तथा काम छोडेर बसेका नेपाली महिलाहरुको लागि आवास गृहको संचालन पनि गरेका छन् l त्यस्तै महिनाको १ पटक स्वास्थ्य शिविर संचालन ,विभिन्न आपत परेका नेपाली महिलाहरुको लागि आर्थिक  संकलन गरेर सहयोग पनि गरेका छन् l  यी महिलाहरुको लागि सामाजिक कार्यबाहेक विभिन्न् संस्थाहरु सित सहकार्य गर्दै विभिन्न कार्यक्रम ,  नेपाली कला संस्कृति सम्बर्दन गर्न तिज , देउसी भैलो कार्यक्रम तथा विभिन्न् संस्थाहरु सित सहकार्य गर्दै अन्य  कार्यक्रमहरु पनि गरिसकेका छन् l तैपनि वोमेन फर वोमेन संस्थाले आवासगृह ब्यबस्थित गर्न नसकेको आरोपबाट खेपिरहेका छन् l अहिले १९ अक्टोबरमा कोरियामा रहेका महिलाहरु मिलेर सहमतिमा वोमेन फर वोमेनको अध्यक्षमा  मल्लिका थकाली श्रेष्ठलाइ चुनेका हुन् l अध्यक्ष मल्लिका थकाली श्रेष्ठले वोमेन फर वोमेन तथा थकाली  थकाली सेवाको पुर्व उपाध्यक्ष ,नेपाल आदिबासी जनजाति महासंघ कोरियाको कोषाध्यक्षमा सक्रियता साथ् कार्यहरु गरेर अनुभबहरु संगालिसकेका छन् l

दक्षिण कोरियाको एक मात्र महिलाहरुको संस्था भएकोले पनि यस संस्थाको गतिबिधि तथा भाबी योजनाको बारेमा  कोरियाबासि नेपालीहरु तथा बिभिन्न संस्थाहरुको चासोको बिषय बनेको हुन्छ l यिनै चासोको बिषयमा नमस्ते नेपाल कोरिया डटले  गरेको प्रश्नको जवाफ दिदैं अध्यक्ष थकालीले काम छोडेका तथा दुखमा परेका महिलाहरुको लागि आवासगृहको राम्रो ब्यबस्थापन गर्न तथा  नेपाली महिलाहरुको समस्या समाधानको लागि निरन्तरमा रुपमा लागिरहने बताइन l  अध्यक्ष थकालीले आफुलाई कोरियाबासि नेपाली महिलाहरूको लागि काम गर्ने मौका दिनु भएकोमा सबै नेपाली महिला दिदीबहिनीहरु तथा कोरियाबासि नेपालीहरुलाइ धन्यबाद व्यक्त गरिन l

No comments:

Post a Comment