Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, November 15, 2014

नेपालमा संघीयता र अनावश्यक भ्रमहरु

चुडामणि अधिकारी ,दक्षिण कोरिया 

सर्वप्रथम गोर्खाको लिगलिगकोट बाट शुरु भयेको शाह  वंशीय राजतन्त्रात्मक ब्यबस्थाको शुत्रपात गर्ने राजा द्रब्य शाह र उनका भारदारहरु  थिए l जो नेपालमा उच्चजाती भनेर कहलाइन्छन।
हुनत शाह वंशावली खोतल्दै जाने हो भने कुलमण्डल खान पछि ईन्डियाबाट साह उपाधी धारणा गरि हिन्दुत्वमा रुपान्तरण भएको  इतिहासमा उल्लेख भएको पाइन्छ।यिनकै पुस्ता नरभुपाल कौसल्यावतीका जेष्ठ पुत्र पृथ्वीनारायण शाहले तत्कालिन गोर्खा राज्यलाइ बिस्तार गर्ने महान अभियानको सुरुवात गरे र नेपाली जनताले साथ दिए  कतै लडाइँ गरि जितेर कतै सन्धी गरि मिलाएर र कतै स्वत गाभिएर ।
पुर्वका राज्यहरुसंग सन्धी गरि भोग चलन गर्ने सर्त गरेको र पछि बिस्तारै दिएको अधिकार कटौती गरेको पुराना सन्धी सम्झौता हेर्दा पत्ता लगाउन गार्हो पर्दैन।
राज्य बिस्तारबाट  आर्जन गरेको भुभाग एक तिहाइ हामिले सुगौली सन्धीमर्फत गुमायौ जो हालको दार्जिलिङ जहाँ गोर्खाल्यान्डको माग भै अनेक आन्दोलन हुँदै आयको पनि छ।पश्चिमी बाइसे चौबिसे राज्य मध्य केही राज्यहरुमा राजा रजौटा प्रथा गणतन्त्र घोषणा  भए  पछि बनेको पहिलो सरकारले अन्त गरेको हामिमा जगजाहेर छ।
नेपाल सानो  तर जात-जाती ,भाषा- भाषी ,भेष-भुसा,सस्कृती अनेक भयेको देश यिनै अनेक भाषा मध्यबाट  जनगणनाको आधारमा धेरैले बोल्ने खस पर्वते भाषा जुन आज नेपालको राष्ट्रिय भाषाको रुपमा सरकारी कामकाजको भाषा हुन पुगेको छ।अरु भाषाहरुले राष्ट्र भाषाको मन्यता त पायका छन तर कामकाजमा तेति आउन सकिराखेको छैनन।
भेष - भुषामा पनि दौरा सुरुवाल राष्ट्रिय पोशाक पनि खस जाती मै आधारित पोशाक हो अरु जातिका पनि आआफ्ना पोशाकहरु छन।ती औपचारिक समारोहहरुमा लगाइदैनन खाली तिनै समुदायले आफ्नो विशेष पर्वहरुमा लगाउछन।
चाडपर्वहरु,सस्कृती,रितिरिवाजहरु पनि भिन्दा भिन्दै छन ।तथापी उपत्यकामा नेवार समुदायहरुको इन्द्र जात्रा,गाई जात्रा,भोटो देखाउने आदि पर्वहरु स्थापित छन ।बाकी अरु समुदायहरु जो आफुहरुलाइ जनजाती भन्न रुचाउछन उनिहरु नेपालको मुलधारबाट अलग छन  ।
नेपाल भित्रै रहेर पनि मधेसीको पिडा सहि नसक्नु छ।नेपाली बोल्न नसकेको कारण नागरिकता बाट बन्चित छन।साच्चै भन्ने हो भने खस-आर्यन,नेवार जाति समुदाय बाहेक अरु जाती समुदाय लाई नेपालमै आन्तरिक सरर्णाथी बनाइयको छ।मधेसीहरुलाइ अझै दोस्रो दर्जाको नागरिकको व्यबहार गरियको छ।
2011 को जनगणना अनुसार झण्डै यक करोड 20 लाख जनसंख्याले आफ्नै मातृ भाषा प्रयोग गर्दछ ।तराइमा थारु भाषी20 लाख,भोजपुरी भाषी 20 लाख,मैथिली भाषी30लाख,अबधी भाषी 7लाख र पहाडमा तामाङ नेवार 25 लाख,गुरुङ मगर 10 लाख,राई लिम्बू 10 लाख र मातृ भाषा त्यागेर नेपाली भाषा नै प्रयोग गर्ने को संख्या पनि उल्लेख्य रहेछ।
पन्चायतको पालामा कर्मचारीहरुलाइ दियको दसै बोनस  ले घरमा खसी काटी हातको पन्जामा रगत लगाइ भित्तामा छाप लगाउनु पर्ने  यो नै यकल खस जातीय  राज्यको नमुना हो ।
अब नेपालमा संघीयता अन्तर्गत बहुजातीय राज्यहरु नै हुनु पर्छ ताकी तेहा त्यो राज्यको भाषा लिपि ,भेष भुषा, सस्कृती प्रयोग गर्न सकियोस तेसैले यहाँ कति प्रदेश राज्यमा जानू उपयुुक्त हुन्छ सुझाब प्रस्तुत गरियको छ।
 1,लिम्बुवान किरात वा फाल्गुनानन्द प्रदेश सरकारी कामकाजि भाषा लिम्बू किरात खस
2,चोमोलोम्बा ताम्सालिन प्रदेश भाषा तामाङ सेर्पा खस
3,नेवा प्रदेश वा सङ्खधर प्रदेश भाषा नेवार खस
4,तमुवान मगरात प्रदेश भाषा तमु मगर र खस
5,खसान जडान प्रदेश भाषा खस डोटेलि
6,थारुवान पश्चिम तराइ प्रदेश भाषा थारु खस
7,भोजपुरी प्रदेश भाषा भोजपुरी खस
8,मिथिला प्रदेस भाषा मैथिली खस
9,कोच बिराट पुर्बी तराइप्रदेश भाषा थारु खस कोच
यसरी बहु जातिय पहिचान र बहु भाषिक प्रयोगमा जानू नै आजको संघीयताको असलि मर्म हो।
नेपालको बहु बिबिधता लाई स्विकार्नु र सबैको अधिकार सुनिस्चित गर्नु नै नेपालको वास्तविक एकीकरण हुनेछ।
यकले अर्कालाइ पेलेर जानू र आफ्नै मात्र भाषा सस्कृती को बिकास गर्न खोज्नु नै निरङ्कुशता हो।
आफ्नो जाती समुदायको बिकास र देशको केन्द्रमा पहुच पुर्याउन  ती समुदयको सघन यरियामा समुदायको बनोट अनुसार  रितिरिवाज ,भेषभुषा र भाषालाई मन्यता दिनु  पर्छ यो कदम जातिबाद नभै ती समुदायको अधिकार हो भनेर बुझ्नु पर्छ।
अहिले सम्मको सरकारी आकडा लाई हेर्ने हो भने नेपालमा उच्छ पदमा नेवारी समुदाय बाट मरिचमान  सिंह श्रेष्ठ पुगेको देखियो र मदेसी मुल बाट रामवरण यादव पुगेको बहेक अरु देख्न सकिँदैन तेसैले यसलाइ समाबेसी मान्न सकिन्न ।संघीयतामा गयपछी त्यो संघ भित्र उच्च पदमा पुग्न सबैलाइ सहज देखिन्छ तर यकआपसमा सद्भावाभ अवस्य कायम राख्नु पर्छ।

[ लेखक एमाओबादी दक्षिण कोरियाका जिल्ला सचिब चुडामणि अधिकारी हुन ]

No comments:

Post a Comment