Friday, November 7, 2014

कोरियाली बच्चाहरु खुसी हुने सर्वेक्षणमा अन्तिममा परे ......भने नेदरलैंडका प्रथम

कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियाली बच्चाहरु तथा  किशोर-किशोरीहरू  कोरियाको स्वास्थ्य तथा कल्याण मन्त्रालयले सञ्चालन  गरेको एक ताजा सर्वेक्षण अनुसार, विकसित देशहरुको तुलनामा धेरै कम  खुसी हुनेमा परेका छन् l

"जीवन सन्तुष्टि" तथा खुसी रहने  मामलामा सबै भन्दा कम श्रेणीमा    रोमानिया, लाट्भिया र लिथुनिया सगै- दक्षिण कोरिया १०० मा  ६०.३ पोइन्ट  अंक मा परेको छ l  आर्थिक सहयोग र विकास (ओईसीडी)  संगठनमा सूचीबद्ध २७ देशहरुबीचमा सर्वेक्षण गरिएको थियो l   नेदरल्यान्ड्स ९४.२ पोइन्ट्सका साथ अग्र स्थानमा रह्यो भने  आइसल्याण्ड र फिनल्याण्डले  क्रमश पछ्याए l
"छोराछोरीको जीवन सन्तुष्ट हुनुमा  सबैभन्दा प्रमुख  कारक स्कूल हिंसा, इन्टरनेट लत, लापरवाही र साइबर हिंसा पछि शैक्षिक तनाव, छ," कोरियाली स्वास्थ्य मन्त्रीले बताए ।

उक्त सर्भेक्षण १८ वर्ष मुनिका कोरियाली बच्चाहरुमा  राष्ट्रव्यापी ४,000 भन्दा बढी कोरियाली परिवारमा सञ्चालन भएको थियो ,जो सर्वेक्षणबाट  ६० लाख  वार्षिक कलेज प्रवेश परीक्षाका  लागि तयार गर्ने सिनियर विधार्थीहरुहरुको तथ्यांकमा मेल खान  आउँछ।

कोरियाली  शिक्षा प्रणाली प्रतिस्पर्धामा ज्यादै प्रख्यात र उच्च छ  र आफ्ना छोराछोरीलाई प्रवेश परीक्षा मा सफलता प्राप्त गर्नका लागि आमाबाबुले  हरेक वर्ष निजी शिक्षा र प्रशिक्षणमा हजारौं डलर खर्च गर्ने गर्दछन l

कोरियाको राष्ट्रिय तथ्याङ्क  सर्वेक्षण अनुसार,  १५ - १९  वर्ष बीचका बच्चाहरु कलेज प्रवेश परीक्षा प्रतिष्पर्धाका  कारण आत्महत्या गर्ने विचार भएको स्वीकारेका छन् l

" कट्टर  प्रतिस्पर्धा र कामको लामो समय सम्म थकान , बढी  मनोवैज्ञानिक बोझ साथै  निजि शिक्षा,"  आदि कारणले असर पारेको विश्व बैंकले  परिभाषित गरेको छ l

दक्षिण कोरिया " सोख, मनोरंजन तथा रमाइला खेलकुद  गतिविधिहरुका लागि पनि फुर्सदको समयको कमी हुनुका साथै  सन्तान अभाव सुचांकमा पनि पछिल्लो स्थानमा परिसकेको छ l

No comments:

Post a Comment